spot_img

कर्णाली प्रदेशकै उत्कृष्ट सामुदायीक विद्यालय राष्ट्रपतिबाट सम्मानित डाेल्पाकाे जगदुल्लामा पर्ने त्रिपुरा मा.वी र प्राधानाध्यापक जयवहादुर बस्नेतकाे सफलताका सुत्रः६ प्रश्नकाे उत्तर

spot_img

“दशौं राष्ट्रिय पी.पी. प्रसाई शिक्षक पुुरस्कार वि. सं २०८० का लागि निवेदन आह्वान गर्दा साेधिएका प्रश्नकाे त्रिपुरा मा.वी काइगाउँ,जगदुल्ला,डाेल्पाका प्राधानाध्यापक जयवहादुर बस्नेतले दिनुभएकाे उत्तरहरूकाे  केही अंस”

 प्रश्न न.१ विद्यालय तथा शिक्षकका रूपमा तपाइकाे जिवनमा प्रेरणा र   चुनाैँतिहरू के के थिए ?

विद्यालय शिक्षाकाे मन्दीर हाे,जहाँ विभिन्न थिरीका मान्छेहरू अाफ्ना सपना साकार पार्नका लागि आउने गर्दछन्। त्यस्ताे पवित्र स्थलकाे पहरेदारलाइ शिक्षक भन्ने गरिन्छ। भनिन्छ शिक्षक एक मैन बत्ती हाे जाे अाफु सकिएर अरूलाइ प्रकाश छर्दछ। म डाेल्पा जिल्लाकाे विकट हालकाे जगदुल्ला गाउँपालिका वडा न.३काे छाँचु भन्ने गाउँमा निम्न वर्गिय परिवारमा मेराे जन्म भएकाे हाे। मलाइ सानै देखि गुरूहरू,बुबाअामा र अग्रजकाे प्रेरणाले शिक्षक बन्ने लक्ष्य थियाे। साेहि अनुसारकाे अक्ष्य पछ्याएर म शिक्षक बन्न सफल भए। शिक्षक बनेपछि कर्णालीकाे डाेल्पा जस्ताे भाैँगाेलिक विकट भुमीका विद्यालयमा शिक्षक पेसा निकै कठिन थियाे,राज्यले समेत साैतेनी व्यवहार गरेकाले शुरूमा निकै कठिन नै भयाे। तर हाल ति दुखका दिनलाइ फर्केर हेर्दा अचम्म लाग्छ। अहिले पहिले भन्दा धेरै फरक छ,पहिला शैक्षिक सामग्री नै हुँदैन थिए अहिले लगभग सबै किसिमका शैक्षिक सामग्रीकाे व्यवस्था छ। दुर्गमक विद्यालय अहिले परिपक्क प्रविधि र अन्य क्रियाकलापमा समेत छन्।

प्रश्न नं. २ एक शिक्षककाे हैसियतमा तपाइलाइ गुणस्तरीय शिक्षाकाे अर्थ के हाे ?सबै बालबालिकाले गणस्तरीय शिक्षा पाइरहेका छन् भनि तपाइले प्रयाेग गर्नुहुने कक्षाकाेठाका केहि शिक्षण र सिकाइ अभ्यासहरू के हुन् ?तपाइले पढाउने कक्षाहरूमा सिकाउने नतिजाहरू के हुन्?

गुणस्तरीय शिक्षाको परिभाषा व्यक्ति पिच्छे फरक फरक छन तर जस ले जे भनेता पनि वास्तवमा गुणस्तिरीय शिक्षा भनेको कुनै पनि शिक्षकले शिक्षा प्राप्त गरीसकेपछि उक्त शिक्षाले व्यवहार परिवर्तन गर्न सकोस भन्ने उदेश्यहरु पुरा गर्न सकोस मात्र त्यो शिक्षा गुणस्तरीय शिक्षा हो । कति पयले अंग्रेजि भाषा जान्नु परीक्षामा उच्च अंक ल्याउनु धरै अर्थोपाजर्न गर्ने विषयहरुको पढाइलाई गुणस्तर मान्दछन तर परीक्षामा उच्च अंकले विधार्थीको स्मरण शाक्ति लेखन शैलि र गति लाई मात्र मापन गर्दछ । कति पयले महङ्गो शिक्षामा बढी भन्दा बढी खर्च गरीएको शिक्षालाई गुणस्तरीय मान्दछन । वास्तवमा व्यक्तिको मान मस्तिक र शरीर तिनै पक्षको क्षमता चिन्ने अधिकतम उजागार गर्ने शक्तिशालि बनाउने क्षमता र शक्ति अनुसार व्यक्तिलाई आत्म निर्भर बनाउने शिक्षा नै गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षा भनेको विधार्थीले परीक्षामा राम्रो अंक ल्याउनु मात्र नभएर उनिहरुलाई व्यवहारीक ज्ञान दिनु हो । गुणस्तरीय शिक्षा त्योस्तो प्रकारको शिक्षा हो जसको सहायताले एउटा सिकारुले आफ्नो जिवन निर्वाहा गर्न सकोस । आफ्ना व्यवहारीक जीवनमा आइपरेका समस्याहरु सामधान गर्न सकोस व्यक्ति व्यवहारीक बन्न सकोस ।
गुणस्तरीय शिक्षा भन्नाले उदेश्यमुलक व्यवहारीक , व्यवसायिक शिक्षा हो । जो आजको आवश्यकता पनि हो । यदि शिक्षा गुणस्तरीय भएन भने शैक्षिक ुसंस्थाहरु शिक्षित वेरोजगार उत्पादन गर्ने केन्द्रकारुपमा चिनिन्छन । अतः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पयाप्त कक्षा कोठा पुस्तकालय ।, प्रयोगशाला , शैक्षिक सामग्रि प्रविधिक स्रोत भौतिक पुर्वाधार र दक्ष ज्ञानशक्तिको व्यवस्था हुनुपर्दछ । पुर्वधार विना सिकाइले पुर्णता नलिनुका साथै गुणात्मकता पनि प्रप्त हुनु ुक्दैन ।
सवै विधार्थीहरुले गुणस्तरीय शिक्षा उपलव्ध गराउनका लागि कक्षा काठाहरुका केही शिक्षाण र सिकाइका अभ्यासहरु ः– हाल नेपालमा गुणस्तरी शिक्षा सरकारको नारा बनेको छ । सरकारको संघीय,प्रादेसीक
एवम स्थानीय बजेट मार्फत शिक्षामा गुणस्तर बृद्धि गर्ने सैदान्तिक घोषणा गरेको छ । सरकारले उक्त घोषणलाई सत्कार पार्न कक्षा कोठामा शिक्षणका विभिन्न प्रकारका विधार्थी केन्द्रीत शिक्षण विधि अपनाउनु पर्दछ । यसक्रममा मेरो कक्षाकोठामा शिक्षणका क्रममा प्रयोग गरीएका केहि शिक्षण र सिकाइका अभ्यासहरु ।
१. विधार्थी केन्द्रीत शिक्षण विधिको प्रयोग ः– गुणात्मक शिक्षा प्राप्त गर्न र प्रदान गर्न कक्षा काठामा विधार्थी केन्द्रीत शिक्षण विधिको प्रयोग गरीयको विधार्थी लाई केन्द्रीत राखी शिक्षण गरीएको ।
२. उपयुक्त शैक्षिक समाग्रीको निमार्ण र प्रयोग ।
३. शैक्षिक सामग्री निमार्णमा विधार्थीको सहभागिता
४. समस्यामा आधारीत सिकाई
५. परियोजना कार्यमा जोड
६. स्थाीिय स्तर संग आधारीत सिकाई
७. विभिन्न समुह निमार्ण गरेर सिकाई
८. साथी तथा सहपाठि सिकाई
९. प्रयोगात्मक र व्यवहारीक सिकाइमा जोड
१०. आधुनिक प्रविधिको अधिक प्रयोग ११. शिक्षक एक सहयोगिका रुपमा यदि कुनै शिक्षकले माथिका सिकाईका अभ्यासहरु कक्षाकोठामा पैयोग गरेको खण्डमा विधार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौ जुन शिक्षा बालवालिकाले आफ्नो व्यवहार परीवर्तन गर्न सक्छन । जीवनमा आइपरेका समस्याहरुको समाधान गर्न सक्छन र बजारमा विकाउ अनि टिकाउ पनि हुन सक्छन । गुणस्तरीय शिक्षाको मुख्य उदेश्य हिक्षा हासिल गरि सकेपछि उक्त शिक्षा विकाउ अनि टिकाउ हुन जरुरी हुन्छ । विधार्थीहरु सफल छन भनि सुनिश्चित गर्न कक्षाकोठामा प्रयोग गरीएका केहि नविन अभ्यासहरु वा रचनात्मक रणनितिहरु १. शिक्षक र शिक्षक विधिः– कक्षाकोठामय उपयुक्त शिक्षन विधि र उत्सादित शिक्षकले नै शैक्षिक गुणस्तर वृद्धि गर्न सक्छन भन्ने हेतुले कक्षाकोठामा शिक्षकले पढाउने नभयर सिकाउनु पर्छ र विद्यार्थीले पढ्ने नभयर सिक्नुपर्छ भन्न मान्यताका साथ शिक्षक सिकाइ क्रियाकलाप सञ्चालन गरिन्छ ।
२. शिक्षकले अनुभव ज्ञान , सिप र विधार्थीकको रुचिको आधारमा विधार्थीलाई सिक्ने थलोको रुपमा लिइएको
३. सिकाइको विषय वस्तु र वातावरण ः– विधालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नकालागि उपयुक्त वातावरण भौतिक संरचना हुनुपर्दछ र सिकाइको विषयवस्तु वस्तुवादि वैज्ञानिक र व्यवहारिक हुनुपर्दछ भन्ने मान्यताका साथ शिक्षण सिकाइ क्रियाकलाप अघि वढाइएको ।
४. प्रयोगात्मक शिक्षा र व्यवहारीक शिक्षामा जोड लिइएको ५. परीक्षा मुखि शिक्षालाई मा महत्व दिइएको ।
६. विधार्थी मैत्रि वातावरण निमार्ण गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरीएको ।
७. विधाथीको शारीरीक र मानषिक संवेगात्मक विकासमा टेवा प–याउने खालका गतिविधिलाई प्राथमिक्ता दिइएको ।
८. कक्षाकोठा सिक्ने थलो भएकाले विधार्थीलाई प्रत्येक दिन केहि न केहि नयाँ कुराको ज्ञान दिने ।
९. विभिन्न प्रकारका प्रतिस्प्रत्मक कार्यक्रमहरुको कक्षा कोठामा आयोजना ।
१० शिक्षक विधार्थी प्र.अ. अभिभावक विच अन्तरक्रियाको ।
११. समस्या माथी छलफल गरी निष्कर्षमा पुग्ने ।
१२. एक विधार्थी एक समस्या र एक विधार्थी एक समस्याको समाधानको उपाय अपनाइएको ।
१३. सवै खालका विधार्थीहरुको समान पहुचको व्यवस्था ।
१४. कक्षाकोठामा नेतृत्व विकास कार्यक्रम सञ्चालन ।
अन्तत ः– गुणस्तरीय शिक्षा भन्नाले आफुले हाँसिल गरेको शिक्षाले आफुलाई जटिलता परेको वेला समस्या समाधान गर्न सक्ने शिक्षा हो । यो एक व्यवहारीक प्रयोगात्मक शिक्षा हो । गुणस्तरीय शिक्षा प्रदानका लागि राज्य पनि संवेदन शिल भएर लाग्नु पर्दछ । शिक्षकहरुले आफुलाई नविनतम प्रविधि संग परिचित गराउँदै कक्षा कोठमा बालकेन्द्रीत शिक्षण विधिको प्रयोग गरी शिक्षण गर्नु पर्छ । विधालयको वातावरण वालमैत्रि हुनुपर्छ । भरपुर शैक्षिक समाग्रिको प्रयोग हुनुपर्छ । विधालय ले प्रदान गरेको गुणस्तरीय शिक्षाले बालबालिकाको सर्वाङ्गीन विकास हुनुपर्छ । वालवालिकाको सिकाई विकाउ अनि टिकाउ हुनुपर्छ चब मात्र गुणस्तरीय शिक्षा प्रदान गरीको भन्न सकिन्छ ।

प्रश्न न.३ शिक्षण बाहेक तपाइले कुनै सामाजिक वा सार्वजनिक हितकाे काम गर्नुभएकाे छ?
शिक्षक पनि एक सामािजक प्राणी हो। उ पनि समाजमा बढ्न,हुर्कन र समाजमा मर्न चाहन्छ । पेसाका रूपमा शिक्षक भएपनि एक शिक्षककाे समाजमा अहम भुमिका हुन्छ। शिक्षकले समाजमालाइ अन्धकारबाट उज्यालाेतर्फ डाेर्याउँने काम गर्दछ।म पेसाले शिक्षक भएपनि मैले शिक्षण बाहेक सामाजिक र सार्वजनिक दिनकाे कामका लागि तपशिलका भुमिकाहरू निर्वाह गरेकाे छु।

१.अन्धविश्वासलाइ विश्वास गर्ने समाजलाइ परिवर्तन गर्ने प्रयास

२.विभिन्न सामाजिक कुरिति रकुसंस्कारलाइ हटाउन चनचेतना फैलाउने काम

३.समाजमा अनुशासन कायम गर्ने र समाजलाइ सहि नेतृत्व प्रदान गर्ने

४.अभिमाभवकलाइ विद्यालय प्रति जिम्मेवार बनाउने

५.विद्यालय र अभिभावककाे सम्वन्धलाइ सुमधुर बनाउने भुमिका निर्वाह गरेकाे छु।

प्रश्न नं. ४ शिक्षकहरूका लागि – तपाईंले अभिभावक र समुदायका सदस्यहरूलाई बालबालिकाको सिकाइ र भविष्यमा प्रगती र सफलतामा संलग्न गराउनु भएको केही तरिकाहरू के–के छन? तपाईलाई शिक्षकको रूपमा पाउँदा विद्यार्थीहरू र तिनीहरूका परिवारहरूले कसरी लाभ उठाएका छन? प्रिन्सिपलको लागि – विद्यालय र समुदायमा तपाईको उल्लेखनीय योगदान के छ? तपाईको नेतृत्वमा विद्यालय र समुदायमा कस्तो परिवर्तन आएको छ ? 

श्री त्रिपुरा माध्यमिक विधालय २०२४ सालमा स्थापना भएको डोल्पा जिल्लाको जठे ो विधालय हो । यस विधालयमा छिमेकि जिल्लाबाट अध्ययन गर्न आउँदथे । म पनि यस विधालयमाको विधार्थी देखि यस विधालयको प्र.अ. सम्मको यात्रा तय गदै गर्दा यस विधालय ल धरै आरोह र अबरोधहरु पार गरेको छ । त्यस कार्यका लागि म स्वयम पनि प्रत्येक्ष र अप्रत्यक्ष संलग्न छु ।
म यस विधालयमा नवनियुक्त शिक्षकको रुपमा नियुक्ति लिएर आउदै गर्दा यस विधालयको अवस्था दयनिय थियो । विधार्थीको संख्या कक्षा ६–८ सम्म जम्मा ४०–४५ जना सम्म मात्र थिए । विधालयमा शिक्षकको विचमा गुड उपगुड थियो । अभिभावक हरुमा विधालय प्रति को भावना नकरात्मक थियो । त्यसवेलाको जतिजा लगातार २ बर्ष सुन्य भएको थियो । सबै सबैमा निराशा थियो । विधालयको हविगत देख्दा यस विधालयमा नियुक्ति लिएर आएको कता कता पछुत्तो लागेको थियो । यस विधालयलाई यस अवस्थामा प–याउनको लागि विधालयको प्रधानाध्यापकको अपादर्शिताका े कारणले नै हा े। जब म यस विधालयमा नियुिक्त लिएर आए त्यस वले ादेखिन ैविधालयका वि.व्य.स. भित्र रहेका केहि वुद्धिजीविहरुको सरसल्लाह वाट मलाई विधालयको प्रधानाध्यापकमा नियुक्ति लिनुपर्नेमा जोड दिनु भयो र तयसको लागि मलाई विधालय सञ्चालनको लागि प्रस्तावाना माग गरीयो र मईले प्रस्तावना पेश गरे र विधालयको प्र.अ.जस्तो पदमा रहि यस विधालयको प्र.अ. भई नेतृत्व लिए तब देखि मैले विधालयको सेवा क्षेत्र भित्रका सम्पुर्ण अभिभावक संग परामर्स सर सल्लाह लिने र विधालयको यथार्थ चित्रण गर्दै भविष्यमा यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रीत गरे अभिभावक संग नजिक भए विधालयका शिक्षक स्टाप सर सल्लाह लिएँ वि.व्य.स. लाई सक्रिय पार्दै विधालयको शैक्षिक पाटोलाई अगाडी बढाउदै विधालयमा गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चितताको लागि म अघि बढेँ फलस्वरुप विधालयमा विधार्थीहरुको संख्या वृद्धि हुदै गयो । विधालयलाई सफलातापुर्वक सफलताको शिखरमा चढाउने सपना दखेको मईले राज्यका हरेका निति नियम भित्र रहि काम गर्दै आएँ राज्यको निति अनुसार देश भित्र १००० प्राविधिक विधालय सञ्चालन गर्न मइले पनि यस क्षेत्रका जनताकोलागि र यस क्षेत्रका विधार्थीको लागि आवश्यक बनि प्राविधिक धार समेत विधालयमा सञ्चालनको लागि अनुमति पाउँदा विधार्थीको उत्साहाजनक सहभागिता भयो विधार्थी भर्ना दर पनि वृद्धि भयो आसपासका जिल्ला बाट पनि विधार्थी भर्ना हुन पुगे विधार्थी संख्या बढेर ४०–४५ बाट ३८० जना पुग्न गयो । विधालयमा शिक्षकको प्रविधिक धारको शिक्षकहरु थप भए । विधालयमा विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न थालियो । यसै परिमाण स्वरुप २०७५ सालको क्भ्भ् परिक्षामा कार्णाली प्रदेश उत्कृस्ट नतिजा ल्याउन सफल भएको छ । हाल यस विधालयमा विधार्थी संख्याको चाप दिनानु दिन बढदै गइरहेको छ । अभिभावको रोजाइमा यस विधालय परेको छ । विधालयमा नमुना विधालय कार्यक्रम सञ्चालन भएको छ । विधालयमा नमुना विधालयको भवन निमार्णाधिन अवस्थामा छ जुन डोल्पा जिल्लाकै नमुना भवनको रुपमा रहने छ । हिजोको त्यस रित्तो ÷खालि विधालयबाट आज विधालय भरिपुर्ण छ । विधालयमा विज्ञान ल्याव , कम्प्युटर ल्याव गणित ल्यावको व्यवस्था छ । प्रयाप्त पस्तकको व्यवस्था रहेको छ । विधालयमा प्राविधिक धार ८ साधारण धारका विषयहरुको अध्यापन गराइन्छ । यस विधालयका उत्पादित जनशक्तिहश्रले विभिन्न पदमा पुगिसकेका छन । उसले के प्रष्ट पार्दछ भने एक प्रधानाध्यापकको अठोट र लगनशिलताले कस्तो अवस्थाको विधालयलाई कस्तो अवस्थामा पु–याउन सक्छ भन्ने ज्योलनत उदाहरण हो । विधालयको शैक्षिक संग –संगै भौतिकरुपमा पनि ठुलो फट्को मारेको छ । हाल विधालय संग ११ वटा भवन छन भने १८ कोठे पक्की भवन निमार्णाधिन छ । विधालका २ वटा आवस सञ्चालनमा छन । महिला छाात्राबासमा सम्पुर्ण सेवा सुविधा सहित सञ्चालनमा छ भन्ने जहाँ ४५ जना छात्रा वसि रहेका छन । भाने पुरुष छात्राबास पनि विधार्थीहरु भरीभराउ छन । विधालयमा शिक्षकको लागि पनि आवशाको सुविधा रहेको छ । विधालय ले मारेको यस छलाङमा मेरो प्रत्यक्ष संलग्नता रहेको छ । हाल अभिभवकहरु विधालय प्रति सकरात्मक रहेका छन । विधालयले वर्षको एक फरक अभिभावक भेला गर्ने गरेको छ । अभिभावकहरुलाई विधालय प्रति जिम्मेवार बनाइएको छ । सकरात्मक भावनाको जागृत गरिएको छ । अभिभावक , शिक्षक र विधार्थी विच समधुर सम्बन्ध कायम गरीएको छ । विधालयको हरेक कार्यमा अभिभावकलाई सहभागिता गराइन्छ । विधालयको हरेक कार्यमा अभिभावकलाई सहभागिता गराइन्छ । शि.अ.सं. लाई सक्रियता बनाइएको छ । वि.व्य.स. , शि.अ.सं. ८ अभिभावकलाई विधालयको महत्व र त्यस प्रति उनिहरुको दायित्तो के भन्ने बझाइएको छ ।
मेरो नेत्तृत्वमा विधालय अइसके पछि विधालयमा गुणात्मक र परिमाणत्मक परिमाण आएका छन जनु प्रष्ट देख्न पाइन्छ । समाजले विधालय प्रति हेर्ने नजर बदलिएको छ । विधालयले पनि गाुणत्मक शिक्षा प्रदान गर्दै आएको छ । र भविष्यमा उक्त देशकै उत्कृष्ट विधालयमा पु–याउने लक्ष्य राखिएको छ । यी माथिका कार्य नै मइले विधालय र समुदायमा गरको उल्लेखनिय योगदान र मेरो नेतृत्वमा विधालय र समुदायमा आएका परिवर्तन हुन

प्रश्न नं. ५ शिक्षण पद्धतिलाई रोचक बनाउँदै विषयवस्तुबारे छात्रछात्रालाई बुझाउन पाठ्यपुस्तकबाहेक अन्य शैक्षिक सामग्री पनि प्रयोग गर्नुभएको छ ? छ भने कस्तो विधि र प्रविधि प्रयोग गर्नुभएको छ ? उल्लेख गर्नुहोस् ?

नेपालको विधालयको हालको अवस्थामा जनु सुकै विधालयकमा पाठ्यपुस्तक द्धारा नै शिक्षण गरिएको अवस्था छ । शिक्षाको हातमा पनि पाठ्यपुस्तक र विधार्थीको हातमा पनि पाठ्यपुस्तक भएमात्र शिक्षण भएको मानिन्छ । पाठ्यपुस्तक विना शिक्षण सिकाइ अधुरो रहने साधुरो सोच हिक्षक र विधार्थीमा रहेको छ । यस्तो अवस्थामा विधार्थीहरूको शिक्षण सिकाईलाई रोचक बखाउदै सिकाइमा दिगोपन ल्याउन पाठ्यपुस्तक बाहेक अन्य शैक्षिक समाग्री प्रयोग मार्फत विधार्थीलाई सम्बन्धीत विषय बस्तुको ज्ञान दिन सकियो भने विधार्थीहरूमा उत्सुक्ता पैदा हुनुका साथै उनिहरुमा नयाँखालको जोस जाँगर आउने एकाले यस्ता समाग्रीको प्रयोग प्रभावकारी हुन्छ । यस्ता सामग्री प्रयोगद्धारा गरीएको शिक्षण दिगो हुन््छ । र व्यवहारीक पनि हुन्छ । मईले कक्षा कोठामा पाठ्यपुस्तक बाहेक अन्य शैक्षिक सामग्री आवीश्यकता अनुसार पाठको प्रकृतिहेरी प्रयोग गर्ने गरेको छु ।
 कक्षा शिक्षण गर्दा उक्त कक्षासंग मिल्दाजुल्दा शैक्षिक सामग्री खोजेर शिक्षण गर्ने ।
 सुचना तथा प्रविधि संग सम्बन्धीत पाठको शिक्षण गर्दा आवश्यक सुचना प्रविधिहरुको प्रयोग गरी शिक्षण गर्ने, विधार्थीको लेखन सिपको विकास गर्नका लागि विभिन्न लेख रचनाहरु पत्रपत्रिकाबाट संकलन गरी शिक्षण गर्ने ।

 बोलाई सीपको विकासका लागि विभिन्न प्रकारका विषय छनोट गरी कक्षामा सञ्चालन गर्ने । छलफल विधिको प्रयोग

  खेल विधिको प्रयोग ।

 परियोजना कार्य ।
 शब्दकोषको प्रयोग ।
 मोबाइलको उचित प्रयोग ।
 कम्प्युटर र प्रोजेक्टर द्धारा शिक्षाढा ।
 चित्र प्रर्दशन ।

पाठ्यक्रमले राखेका उदेश्य हासिलका लागि पाठ्यपुस्तक बाहेकका अन्य साधनहरुको उपयुत्त विधि र प्रविधिको प्रयोग गरी शिक्षण गर्ने र शिक्षण सिकाइमा प्रभावकारी र दिगोपन आउँछ।

प्रश्न नं.६.विद्यार्थीको सिकाइ प्रगति परीक्षण गर्न कुन मूल्याङ्कन विधि प्रयोग गर्नुहुन्छ ? कक्षामा कमजोर विद्यार्थीको स्तर उकास्न कुनै खास विधि प्रयोग गर्नुभएको छ ? छ भने उदाहरणसहित लेख्नुहोस् ?

आफुले राखेका उद्देश्यहरु पुरा भए वा भएनन के कति बाँकि छन भनि थाहा पाउनका लागि गरीने कार्य मुल्याङ्कन हो । मुल्याङ्कनको विधार्थीले अपेक्षित लय हासिल गरेकी गरेनन भनि थाहापाउन सहयोग गर्दछ । मुल्याङ्कन भन्नाले कुनै चिजको मुल्य निर्धारण गर्नु हो । विधार्थीमा अपेक्षित लक्ष्य हाँसिल भए वा नभएको थाहाँ पाउनको लागि गरीने कार्य मुल्याङ्कन हो । ख् शिक्षण सिकाई क्रियाकलापको एक अभिन्न अङ्ग हो । यसले शिक्षक लाई विधार्थीलाई मार्ग दर्षन गर्दछ । आफु संग भएका कमी कमजोरीहरु थाहापाउन सहयोग गर्दछ । मुल्याङ्कन द्धारा कक्षा कोठामा सम्पुर्ण विधार्थीको अवस्था थाहा हुन्छ

शैक्षिक उद्देश्य कुन हद सम्म हाँसिल भए भनि लेखाजोखा गर्ने प्रकृयालाई मुल्याङ्कन भनिन्छ । यसको सम्बन्ध गुणको परीनात्मक र लेखा जोखा साथै त्येसको मुल निर्धारण गर्ने कार्य संग हुन्छ । मुल्याङ्कन मापन र मुल्य निधारण मिश्रित स्परुप भएकाले यसमा परीक्षा र परीक्षणका साधनको प्रयोग गरीन्छ । विधार्थीको सिकाई प्रगति परीक्षण गर्नका लागि प्रयोग गरीने मुल्याङ्कन विधिहरु ः–
(क) निर्माणात्मक मुल्याङ्कन (ख) निर्णयात्मक मुल्याङ्कन विशेष गरी विधार्थीको सिकाई प्रगति परीक्षण गर्नका लागि निमार्णत्मक मुल्याङ्कन विधिको प्रयोग गरिन्छ । यस मुल्याङ्कनको मुख्य उद्देश्य विधार्थीको कमि कमजोरी पत्तालगाई त्यसको सुधार वा निराकरण गर्नु हो कक्षामा कमजोर विधार्थीको स्तर उकास्न प्रयोग गर्ने विधि नै निर्माणात्मक मुल्याङ्कन विधि हो । यस विधि माफर्त कक्षा सञ्चालनका बेला क कस्ता कमजोरी भइरहेका छन पत्ता लगाई ति कमी ानवनरे ी तत्कलै सुधार गरीने मुल्याङ्कन निमार्णात्मक मुल्याङ्कन हो । यस बाट शिक्षकले आफुले पढाएका कुरा पुगेको छ छैन रु कुन कुरामा बढी जोड दिनुपर्ने हो ? भन्ने बारे आत्म मुल्याङ्कन गर्न अवसर मिल्दछ कमजोर विधाथीको स्तर उकास्नका लागि तपसिल बमोजिमका विधिहरुको प्रयोग गरिएको छ ।
१. कक्षा कार्यमा बढी जोड दिने ।
२. गृहकार्य दिनर चेक जाँचगरी वारम्वार पृष्ठपोषण दिने ।
३. एकाई परिक्षा सञ्चालन गर्ने ।
४. भौतिक परीक्षा गर्ने ।
५. लिखित परीक्षा गर्ने । ६. घटनाबृद्धि अभिलेख ।
७. अवलोकन ।
८. अभिभावक संग छलफल÷भेटघाट

प्रश्न नं.७ आफूले सिकेको ज्ञान, सीप र अनुभव सहकर्मी शिक्षकसँग आदानप्रदान गर्नुभएको छ ? छ भने कसरी आदानप्रदान गर्नुभएको छ, उल्लेख गर्नुहोस् ?

 कुनै पनि व्यक्ति कुनै पनि तबरले पुर्ण हुन सक्दैन पुर्ण हुनको लागि विभिन्न तत्वको आवश्यक पर्दछ । शिक्षक पनि एक पेशा कर्मिका हिसावले आफ्नो पेशामा दक्ष पुर्ण हुन सम्दैन समय र परीस्थिति अनुसार आफुलाई परिमार्जन गदै जानु पर्दछ । पेशागत सिप ज्ञान र अनुभवको विकास गर्नु प्रर्दछ । एक शिक्षकले आफ्ना बालबालिकाको आवश्यक्ता पुरा गर्न र शिक्षण सिकाई क्रियाकलाप उदेश्य पुर्ण बनाउन पेशागत दक्षताको विकास गर्न नितान्त जरूरत छ । शिक्षकले आफ्नो पेशागत दक्षताको विकास गर्ने विभिन्न माध्यमहरु छन । जस मध्येको एक हो आफुले सुकेको ज्ञान,सिप र अनुभव सहकर्मि शिक्षक संग आदान प्रदान गर्नु ।
मईले आफ्नो शिक्षण सिकाइका क्रममा प्राप्त गरेका ज्ञान सिप र अनुभव तपसिल बमोजिम मेरा समकर्मि संग आदन प्रदान गर्दछु ।
१.विषयगत ज्ञान, सिप र अनुभवको आदन प्रदानका लागि विषयगत टिमको निमार्ण (आधारभुत ६–८) मा.वि. (९–१०) र उ.मा.वि. (११–१२) विधालय भित्र ।
२.मुल्याङ्कनमा देखिएका समस्या सामधानका उपायहरु खोज्न ।
३.अन्तर विधालय शिक्षक विच अनुभव सारासार (पालिका भित्रका विषय शिक्षकहरु)
४.मोबाइलको माध्यमबाट ।
५.इन्टरनेटमा खोज अनुसन्धान गरेर ।
६.विभिन्न प्रकारका सेमिनार तथा बैठकको आयोजना गरेर ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img