spot_img

सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा साम्प्रदायिक प्रदर्शनःकर्फ्यु लागु,माेबाइल नेटावर्कम बन्द गर्न माग

spot_img

काठमाडौँ , सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा तनाव बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते (आइतबार) सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर प्रदर्शन भएको थियो ।

मुस्लिम समुदायले विरोध ¥याली निकालेपछि मंगलबार ओमकार परिवार हिन्दु समाजले पनि ¥याली निकालेको स्थानीय प्रशासनको भनाइ छ । ओमकार परिवार हिन्दु समाजले निकालेको ¥यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोडका साथै ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।

नेपालगञ्ज उपमहानगरका पूर्व मेयरसमेत रहेका सांसद धवलशमशेर जबराले नेपागञ्जमा हिंसा भड्किन नदिन तथा परिस्थितिलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै सो क्षेत्रमा मोबाइल नेटवर्क बन्द गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबारमात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पु‍¥याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभाबी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बाँकेको चेतावनी थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img