spot_img

भेरी करिडाेर निर्माणकार्य तिव्रःतल्लु बगर बेलिव्रिज सञ्चाल देखि पक्की पुल निर्माण र तल्लु-दुनै पिच,ल्यासिक्याप-सिस्याेलसम्मकाे ट्याक खाेल्न अर्वाैँ बजेट पर्दैछःमन्त्री धनवहादुर बुढा

spot_img

काठमाडौँ,भेरी करिडाेरमा पर्ने जाजरकोट-रुकुम हुँदै डोल्पा जोड्ने तल्लु बगर स्थित भेरीनदीमाथिकाे बेलिब्रिज पुल निर्माण सम्पन्न भएकाे छ। सम्पन्न भएसँगै  शनिबार देखि सञ्चालनमा आउने भएको हाे। अव भेरी करिडाेरमा पर्ने अन्य पक्की पुल निर्माणकाे कामले समेत तिव्रता पाउँने अपेक्षा गरिएकाे छ।

सरकारको नीति तथा कार्यक्रममा डोल्पामा पूर्वाधार तर्फ त्रिदेशीय मार्ग भेरी करिडोर समावेश हुनुलाइ डोल्पाको विकासले फड्को मार्ने र सरकारको प्राथमिकतामा डोल्पा रहेको स्पष्ट पारेको डोल्पाका प्रतिनिधिसभा सदस्य तथा सरकारका शहरी विकास मन्त्री धनबहादुर बुढाले बताए। प्राथमिकता अनुसारनै भेरी करिडोरको तल्लु–दुनै सडक खण्ड स्तरउन्नती देखि पिच गर्ने,तल्लु बगर,खदाङ र चुँगाडमा पक्की पुल र अन्य करिडाेरमा पर्ने पुल निर्माणकाे काम तत्काल अगाडी बढ्ने  मन्त्री बुढाले जानकारी दिनुभयाे। मन्त्री बुढाले थपे “भाैतिक मन्त्रीलाइ आग्रह गरेर भेरी करिडाेरका याे काम सँगै ल्यासिक्याप–धो खण्ड ट्याक खुलाउनका लागि अर्वाैँ बजेट पर्दैछ।”

भेरी करिडोरमा पर्ने डोल्पाको ल्यासिक्याप देखि सिस्योल सडक खण्डको ट्याक खोल्नका लागि सेना पठाउँने विषयमा सहमति भैसकेकाे छ। अव चाँडै भाैतिक मन्त्रालयले सेना पठाउने विषयमा क्याविनेटमा लैजाने तयारी रहेकाे मन्त्री बुढाकाे भनाइ छ। मन्त्री बुढाका अनुसार  दुनै ल्यासिक्याप सडकखण्डको २० कि.मी ट्याक काम जारी रहेपनि चाँडो सम्पन्न गर्न ताकेता दिइरहेकाे र ल्यासिक्याप देखि सिस्योलसम्मको ३३ कि.मी कडा चट्टान रहेको सडक खन्ने काम नेपाली सेनाबाट मात्रै सम्भव भएकोले सेनालाइ जिम्मा दिने विषयमा सहमति भएकाे छ।

उत्तरी चिन देखि दक्षिणमा भारतलाइ जोड्ने मुलुककै छोटो त्रिदेशीय मार्ग भेरिकरिडोल चाँडो सम्पन्न गर्नु राज्यको दाइत्व हो। भेरि करीडोरले डोल्पा,कर्णली प्रदेशलाइ मात्र नभएर राज्यले नै ठुलो लाभ लिनसम्ने ब्यापारिक हव हुनेमा दुइमत छैन। सरकारले राष्ट्रिय सडक सञ्जालबाट बञ्चित रहेका काइके,डोल्पोबुद्द,शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका जनतालाइ राष्ट्रय सडक सञ्जालमा यस सडकले जोड्नेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img