“सांसद काेषकाे रकम काट्नु भन्दा ३ वर्ष बराबरकाे तलव भत्ता दिन तयार छाैँ ” सांसद बुढा

काठमाडाैँ,विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभाव नेपाली अर्थतन्त्रमा पर्ने देखिन्छ । यदि नेपालमा संक्रमण नै फैलिएमा मुलुकको अवस्था नाजुक हुने अवस्था आउँने सम्भावना छ । यस्तो परिस्थिसितमा संघीय संसद् प्रतिनिधिसभाका सांसदहरूले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत प्राप्त गर्दै आएको रकम सरकारलाई आवश्यक परकेकाे खण्डमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा राख्दा हुने चर्चा शुरु भएको छ ।

सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्राप्त हुने ६ करोड रकम बराबरको योजना छनोट गर्छन् । आफ्नो निर्वाचन क्षेत्रमा ती ६ करोड बराबरका योजना छनोट गरेर उक्त रकम खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । जनताको सेवाका लागि खोलिएको कोष भएकाले सांसदहरुले सरकारलाई चाहिए लगे हुन्छ भन्ने तर्क गरेका छन् तर दुर्गमका सांसदले भने सुगम र दुर्गमलाइ एउँटै नजरले हेर्न नुहुने बताएका छन् ।

पूर्व पर्यटन राज्यमन्त्री तथा डोल्पा जिल्लाका प्रतिनिधिसभा सांसद धनवहादुर बुढाले दुर्गमका जिल्लाहरुको विकासका लागि कोष अत्तिआवश्यक रहेको बताउँदै दुर्गम र सुगमलाइ एउँटै नजरले र्हेन नहुँने तर्क गर्छन् । दुर्गमका जिल्लाहरुमा १ वडाबाट अर्को वडामा जान घण्टौँ लाग्छ,विकासको लागि संसदकोष आवश्यक छ । उनले भने सरकारले चाहेमा ३ वर्षकै तलव र भत्ताको सेवासुविधाबाट दिन तयार छौँ तर सांसद विकास कोषबाट काट्नु हुँदैन ।

सांसदहरुले लिएको कोषको रकम दुरुपयोग गरेको छ भने कडा भन्दा कडा कारबाहि हुनुपर्छ तर सांसद बुढाले भने “जनताले हामीलाइ तलव भत्ता खाउँ भनेर पठाएका हाेइनन् ,विकास गर,जनताकाे सेवा गर र नितिनियम बनाउ भनेर पठाएका हुन् त्यसकारण हामीलाइ तलव भत्ता भन्दा डाेल्पाली जनतालाइ विकास चाहिएकाे छ ।” त्यसैले  ३ वर्षकै तलब र भत्ता बराबरको रकम सरकारलाइ सहयोग गर्न आफु तयार रहेको समेत सांसद बुढाले स्पष्ट पारेका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -