spot_img

अर्थमन्त्री पुनद्वारा पशुपित हाेमियाेप्याथिक चिकित्सालयकाे अनुगमन तथा निरीक्षणःहाेमियाेप्याथिक उपचारकाे महत्वलाइ बढाउन जरूरी रहेकाे भनाइ

spot_img

ललितपुर,अर्थमन्त्री वर्षमान पुनले पशुपित हाेमियाेप्याथिक चिकित्सालयकाे अनुगमन तथा निरीक्षण गर्नुभएकाे छ। आइतबार हरिहरभवन ललिपुरमा रहेकाे चिकित्सालयकाे निरीक्षण गर्दै मन्त्री पुनले हाेमियाेप्याथिक उपचार पद्दतिकाे महत्वबारे जनमानमा पुर्याउन जरूरी रहेकाे बताउँनु भयाे। कार्यक्रममा चिकित्सालयका कर्मचारीकाे कार्यकाे उच्च मुल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान गर्नुभएकाे थियाे। कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ पनि सहभागिता रहेकाे थियाे। 

  

होमोप्याथी उपचार पद्धति के हाे ?
होमियोप्याथी ग्रिक शब्द हो। यसको अर्थ समानले समानको उपचार भन्ने बुझिन्छ। यो विश्वको दोस्रो ठूलो र सबभन्दा नवीनतम् प्राकृतिक र वैज्ञानिक चिकित्साको समिश्रण (फ्यूजन)बाट बनेको उपचार पद्धति हो। यसमा विशेषतः लक्षणको आधारमा बिरामीलाई उपचार गरिन्छ। जस्तैः सिन्कोना अफिसिनालिस भन्ने औषधीय गुण भएको वनस्पतिको सेवन गर्दा स्वस्थ मानिसलाई ज्वरो लगायत अन्य स्वास्थ्य समस्या आउँछन् र त्यही वनस्पतिको सूक्ष्म मात्रालाई शक्तीकृत गरेर प्रयोग गर्दा उक्त ज्वरो लगायत सम्पूर्ण स्वास्थ्य समस्या निको भएर जान्छन्।

आजभन्दा २ सय २४ वर्ष पहिले अर्थात् सन् १७९६ मा यो जर्मनीका आधुनिक चिकित्सक डा क्रिश्चियन फ्रेडरिक स्यामयुल हेनिमेनले प्रतिपादन गरेको उपचार पद्धति हो। यो उपचार पद्धतिद्वारा उपचार गराउँदा कुनै पनि प्रकारको कुप्रभाव (साइड इफेक्ट) पर्दैन। किनभने कुनै पनि औषधीय वस्तुमा हुने सूक्ष्म (टिनी) औषधीय तत्वलाई मात्र लिएर शक्तीकृत गरी यसको औषधि तयार गरिन्छ। यो सूक्ष्म औषधिले शरीरलाई निको बनाउने प्रक्रिया (हिलिङ्ग प्रोसेस)लाई उत्तेजना (स्टिमुलेट) गर्छ र त्यसले शरीरको जीवन शक्ति (भाइटल फोर्स) वृद्धि गर्न थाल्छ र शरीरले रोग आफैं निको बनाउँछ।

होमियोप्याथिक उपचार गराउँदा बिरामीको शारीरिक, मानसिक र भावनात्मक लक्षणहरु समेत लिएर उपचार गराउने भएकाले मानिस शारीरिक, मानसिक र आत्मिक रुपमा पूर्ण रुपले ठिक हुन्छ। त्यसैले यसलाई समग्र (होलस्टिक) उपचार पनि भनिन्छ। त्यसैले गर्दा यसमा यो रोग र त्यो रोगको उपचार भन्ने नै हँुदैन। सम्पूर्ण शरीरको नै उपचार हुन्छ। शरीर निको हुनु भनेको सम्पूर्ण रुपमा रोगहरु निको हुनु हो। शरीरमा यस विधिबाट सबै प्रकार, सबै उमेर र सबै लिङ्गका मानिसको उपचार सरल ढंगबाट गर्न सकिन्छ। यदि औषधि सेवनले कुनै बिरामी निको नभएमा पनि यी औषधिले शरीरमा कुनै ठूलो हानि भने गर्दैन।

विश्वमा होमियोप्याथी चिकित्सा पद्धतिको अवस्था
जर्मन चिकित्सक सर हेनिमेनको अन्वेषण, अनुसन्धसान र प्रयोगबाट विश्वव्यापीकरण हुँदै गएको तत्कालीन जर्मनी चिकित्सा पद्धतिमध्ये एक महत्वपूर्ण चिकित्सा पद्धति होमियोप्याथी हो। मेटाबोलिक सिद्धान्तका आधारमा औषधि अन्वेषण र अनुसन्धान हुने पद्धति नै यसको मूलस्रोत मानिन्छ।

जैविक रसायन समेतको रसायनिक प्रतिक्रियाबाट औषधि निर्माण गर्ने पद्धति छ। यसको औषधि विश्वका प्रायः सबै देशमा होमियोप्याथिक सेवा सञ्चालनमा छ। करिब ८० वटा देशमा यसलाई स्वास्थ्य नीतिमा राखेर उपचार गराइरहेका छन्। युरोपका ४० देशमा यसको प्रभाव ज्यादा छ। त्यसैगरी मेरिका, बेलायत, स्वीट्जरल्यान्ड, ब्राजिल, चिली, मेक्सिको, पाकिस्तान, श्रीलंका, भारत लगायतका देशहरुमा होमियोप्याथीलाई महत्वपूर्ण स्थान दिएको पाइन्छ।

विश्व २०० मिलियन मानिस निरन्तर रुपमा होमियोप्याथिक उपचार गराइरन्छन्। भारतमा मात्र १४५ वटा होमियोप्याथिक मेडिकल कलेज र २ लाखभन्दा बढी होमियोप्याथिक रजिष्टर चिकित्सक छन्। स्वास्थ्य क्षेत्रमा भारतमा होमियोप्याथीले महत्वपूर्ण योगदान गरेको छ। आयुष मन्त्रालय अन्तर्गत होमियोप्याथिक, आयुर्वेदिक, युनानी, सिद्धा, योग र प्राकृतिक चिकित्सालाई उच्च प्राथमिकताका साथ व्यवस्थापन गरिएको छ।

नेपालको अवस्था
नेपालमा होमियोप्याथिक चिकित्सा पद्धतिको सुरुवात जर्मनीबाट भारत आएका होमियोप्याथिक चिकित्सकहरुबाट राणा शासनकालमा नै भएको देखिन्छ। नेपालमा पहिलो होमियोप्याथिक उपचार गर्ने व्यक्ति खुसबहादुर थापा हुन्। उनी भेटनरी डाक्टर थिए। उनलाई होमियोप्याथी सम्बन्धी थोरै मात्रामा ज्ञान थियो। त्यसैको भरमा उनले उपचार गरेका प्रमाणहरु छन्।

प्रथम पटक निजी क्षेत्रबाट डाक्टर पुस्कल शर्माले सञ्चालन गरेको पशुपति होमियो चिकित्सालय २००७ सालमा स्थापना भई उपचार सेवा दिएका थिए। त्यही अस्पताल अहिले नेपाल सरकारद्वारा सञ्चालित एक मात्र होमियोप्याथिक अस्पताल हो। जो ललितपुर पुल्चोकको हरिहरभवनमा स्थापित छ।

हाल आएर नेपालभरि लगभग १५ वटा जति निःशुल्क होमियोप्याथिक वितरण गर्ने क्लिनिक छन्। जुन विभिन्न संघ, संस्थाद्वारा सञ्चालित छन्। देशभरि निजी क्षेत्रबाट सञ्चालन भएका ५०० जतिको हाराहारीमा निजी क्लिनिक छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img