काठमाडाैँ, ” Toilet, A Place for Peace”भन्ने मुल नाराका साथ विश्व शौचालय दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।
यसैविच डोल्पा जिल्लामा नेपाल सरकार , फिल्याण्ड सरकार, योरेपिली युनियन र त्रिपुरासुन्दरी नगरपालिका को संयुत साझेदारीमा सञ्चालन भएको सबैको लागि दिगो खानेपानी तथा सरसफाई तथा स्वच्छता परियोजना सुस्वा संस्थाले “ट्वाइलेट अ प्लेस फर पिस” भन्ने मुल नाराका साथ नगरपालीका वडा नं ९ र १० मा विश्वव शौचालय दिवश र्याली सहित गाँउ परिक्रमा गरी मनाएकाे छ।
नगरपालिकाकाे चुँ र दापु गाउँमा स्थानीय,खानेपानी उपभाेक्ता समिति,शिक्षक र विद्यार्थीहरू कार्यक्रममा सहभागि थिए। घरघर मा चर्पि बनाअाैँ,चर्पी सधैँ सफा राखाैँ,जथाभावी दिसा पिसाव नगरौ,स्वच्छ वातावण को निर्माण गरौ,सकरात्मक सोच बौकौ,जताभावि दिशा गर्ने बानी रोकौ,मन को मन्दिर देवालय,तनको मन्दिर शौचालय लगाएतका नारा समावेश गरिएको वास संयाेजक धनप्रसाद बुढाले जानकारी दिए। संस्थाले हरेक वर्ष शाैंचालय सहित अन्य सरसफाइ दिवसहरूमा जनचेतामुलक कार्यक्रम गर्ने गरेकाे छ।
शौचालयको प्रयोगपछी नछुटाइ गर्नुपर्ने पहिलो काम भनेको साबुनपानीले हात धुने र साबुन नभएमा खरानीपानीले धुनुपर्ने हुन्छ। अझैपनि शौचालय प्रयोग गरिसकेपछी पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरु सार्वजनिक शौचालयहरुमा लेखिएको पाइन्छ, यसअर्थमा शौचलय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बन गर्न जरुरी छ ।