काठमाडौँ, डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ ।नेपालगंजबाट उडेको जहाज विहान ८ः२५ मा ल्याण्ड हुने क्रममा धावनमार्ग (रनवे) मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रवक्ता प्रहरी निरीक्षक पदम रावलकाअनुसार सीता एयरको ९एन–एजे जहाज अवतरणका क्रममा रनवेमा पछाडि दाहिने पट्टीफो चक्का बाहिर निस्केको थियो । ’अहिले जहाज रनवेमै छ । मानवीय र अन्य क्षति भएको छैन,’ उनले भने ।
प्रहरीकाअनुसार चक्का खुस्किएर जहाज केही पर उछिट्टिएको थियो । पाइलटले तत्कालै इन्जिन बन्द गरेका कारण आगलागी हुनबाट जोगिएको छ ।