spot_img

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बस्दै

spot_img

काठमाडौं,मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठक।मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठक।पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको नेकपा एमालेले आज बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठक राखेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो।तर एमालेले पूर्वनिर्धारित महाधिवेशन आयोजक कमिटी बैठकलाई निरन्तरता दिएको छ।आजका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। आज बिहान ११ बजेका लागि उक्त बैठक बोलाइएको छ।

साथै एमालेले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने पनि बताएको छ।एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेका थिए। यो मागमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पहिले सकारात्मक थिएन।तर अध्यक्ष ओलीले एकलौटी रूपमा गठन गरेको १९ सदस्यीय स्थायी कमिटी बैठकले नै पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ।यो निर्णयलाई नेपाल पक्षका नेता भीम रावलले छलफलविनै आएको निर्णय भन्ने प्रतिक्रिया दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img