spot_img

’प्रथम डोल्पो बुद्ध स्मारक कप’ काे उपाधि टिम धाे ले जित्याे। ( फाेटाेफिचर हेर्नुहाेस् )

spot_img

सिमेन, डाेल्पाकाे डोल्पोबुद्ध गाउँपालिकामा ४२ सय मिटर उचाइमा ’प्रथम डोल्पो बुद्ध स्मारक कप’ भब्यरूपमा सम्पन्न भएकाे छ । साउन २७ गते बुधवार देखि शुरू भएकाे प्रतियाेगिता ३० गते सम्म चलेकाे थियाे । प्रतियाेगिताकाे उपाधि टिम धाे ले जित्न सफल भएकाे र फस्ट रनर अप कुनख्येन फुटबल क्लब बन्न सफल भएकाे आयोजक कमिटिका अध्यक्ष निमा ग्याल्जेन गुरूङले जानकारी दिए । उपाधि विजेता टाेलि धाे डाेल्पाेबुद्द गाउँपालिका १ धाेबाट सहभागिता जनाएकाे थियाे भने फस्ट रनर अप कुनख्येन डाेल्पाे युवा क्लव सिमेन डाेल्पाेबुद्द ६ काे आयोजक टाेलि हाे ।

प्रतियाेगिता डोल्पोबुद्ध गाउँपालिका वडा नं. ६ सिमेन स्थित फाल गाउँ राकारगाङमा भएकाे थियाे । कुनख्येन डाेल्पाे युवा क्लव सिमेनकाे आयोजनामा हुन लागेकाे प्रतियाेगितामा मुख्य आयोजक डाेल्पाेबुद्द गाउँपालिका रहेकाे थियाे ।

आयोजनाकाे मुख्य उदेश्य डाेल्पाे क्षेत्रलाइ खेलकुदमा अगाडि बढाउने प्रयास अनुसारपहिलाे चाेटि प्रख्यात डाेल्पाेबुद्द ( कुनख्येन दाेल्पाे साङ्गया ) काे स्मरणमा प्रतियाेगिता आयोजना गर्न लागिएकाे डाेल्पाेबुद्द गाउँपालिकाका अध्यक्ष तेम्वा गुरूङले जानकारि दिनुभयाे । डाेल्पाे क्षेत्रका डाेल्पाेबुद्दबाट ६,शे फाेक्सुण्डाेबाट २ र छार्काताङसाेङ गाउँपालिकाबाट १ टाेलि गरी ९ टिमकाे सहभागिता रहेकाे थियाे ।

 प्रथम डोल्पो बुद्ध स्मारक कप प्रतियाेगिताकाे साथसाथै घाेडा दाैंड र ताराे हान्ने खेल समेत समावेस गरिएकाे आयोजक कमिटिका पेम्मा आङछूग गूरुङले जानकारी दिए । प्रतियाेगिताकाे मिडिया पाटनर इमान्दार खवर www.imandarkhabar.com रहेकाे थियाे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img