स्थानीय तहमा भएका आर्थिक अनियमितता (भ्रष्टाचार)का उजुरीको चाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा छ । डाेल्पाका स्थानीय तहविरुद्ध पनि उजुरी अख्तियारमा परेका छन् । अख्तियारको कार्यालय सुर्खेतका अनुसार डोल्पाका ८ स्थानीय तहबाट जम्मा ९ वटा उजुरी परेका छन् । तीमध्ये २ वटा उजुरी फर्छ्यौट भई ७ वटा फर्छ्यौट हुन बाँकी छन् । जिल्लाका चारवटा स्थानीय तहविरुद्ध एउटा उजुरी पनि परेको छैन । ठूलीभेरी नगरपालिकाबाट अख्तियारमा परेका ३ वटा उजुरीमध्ये एउटा उजुरी फर्छ्यौट भई २ वटा बाँकी छन् ।
त्रिपुरासुन्दरी नगरपालिकामा ४ वटा उजुरीमध्ये १ वटा उजुरी फर्छ्यौट भई ३ वटा उजुरी अनुसन्धानकै क्रममा रहेका छन् । डाेल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका जनताकाे भ्रष्टाचार भएकाे भन्दै व्यापक जनगुनासाे छ । जिल्लामा सबैभन्दा धेरै पनि यी २ नगरपालिकाबाट अख्तियारमा उजुरी परेका छन् अख्तियारमा उजुरी गरेपनि कुनै सुनुवाइ नभएकाे स्थानीय बताउँछन् । जनप्रतिनिधि र कर्मचारीकाे मिलेमताेमा भ्रष्टाचार बढिरहेकाे छ ।
डोल्पोबुद्ध गाउँपालिका,काइके गाउँपालिका,शे–फोक्सुन्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकाविरुद्ध भने अख्तियारमा उजुरी छैन । यस्तै छार्कातोङसोङ गाउँपालिकाविरुद्ध एउटा पनि उजुरी परकोे छैन । मुड्केचुला गाउँपालिका विरुद्ध एउटा उजुरी परेकोमा फछ्र्योट भएको छैन तर याे याेजना प्रदेशकाे भएकाे बताइएकाे छ ।
अख्तियार भन्छ “ठुला याेजनामा ध्यान केन्द्रित गर्छाैँ”
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख तथा सह सचिव नारायण प्रसाद रिमालका अनुसार डाेल्पाबाट भष्ट्राचारका व्यापक जनगुनासा छन् । गत आर्थिक वर्षमा मात्रै ठुलासाना गरि ४९ उजुरी आयाेगकाे कार्यालयमा परेकाे रिमाल बताउँछन्। जसमध्ये २५ फर्चाैट भएका छन् भने २४ उजुरीमा छानविन हुन बाँकि छ । २४ उजुरी ठुला आयाेजनाका मुद्दामा गहन अनुसन्धान भइरहेकाे रिमालले इमान्दार खवरलाइ बताए । अव रिजल्टकाे पर्खाइमा रहेकाे अख्तियार सुर्खेतकाे दावी छ । बाँकी श्रृखला २