spot_img

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे गम्भीर हुन सरकारलाई अध्यक्ष नेपालको आग्रह

spot_img

काठमाडाैँ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन्। आइतबार विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको कर घटाई मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

सरकार गम्भीर बन्न नसके सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्ने उनले बताए । उनले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिनेसमेत बताए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा राजनीतिक कारण हुन सक्ने भए पनि जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए।

‘समस्याको कारण पनि खोज्नुप¥यो समाधान पनि निकाल्नुप¥यो। यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुप¥यो। सरकार गम्भीर बन्न सकेको छैन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुप¥यो,’ अध्यक्ष नेपालले भने, ‘एउटा समस्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको छ। मन्त्री भइदियो भने हुन्छ। प्रधानमन्त्री आफैँले सबै कुराहरूलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन्। त्यसको निम्ति हामीले भनिरहेका छौँ, अरू कोही नपाइए हामी छँदै छौँ नि मन्त्री दिने भनिरहेका छौँ। सुन्दैनन् !

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img