डाेल्पाकाे रह भेगकाे सुन्दरताः यहाँका पीडा र दुख दर्शाउने उत्कृष्ट १० फाेटाेहरू पनि हेर्नुहाेस् ।
रह डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिका वडा नम्वर १० मा पर्ने परिला र वडा नम्वर ११ मा पर्ने रह गाउँमा पर्ने याे भेग सदरमुकाम दुनैबाट करिव ३ घण्टा पैदल हिडेर पुग्नुपर्छ । मुलुक संघियता गएपछि केहि राहतकाे महशुस गरेपनि विकासले भने फड्काे मार्न सकेकाे छैन । फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जभित्र पर्ने रह भेगमा माेटर बाटाे पुग्न सकेकाे छैन । नगरपालिकाले शुरूमा बाटाे पुर्याउने लक्ष लिएपनि निकुञ्जकाे निरन्तर अवराेधका कारण अाधिसम्म मात्र सडक खनिएकाे छ । यहाँका जनता विकासकाे प्रतिक्षा गरिरहेका छन् ।