spot_img

नेकपा एमाले डाेल्पाः”स्थानीयतह २०७४ को चुनावमा पहिलो,अहिले पत्तासाफ हुने चिन्ता” कुन स्थानीयतहमा के हुँदैछ ?

spot_img

काइके,छार्काताङसाेङ र शे फाेक्सुण्डाेका भावि अध्यक्ष समाजवादी जान सक्ने

रूपक कुलाल,डाेल्पा

नेकपा एमाले डाेल्पामा स्थानीय तह निर्वाचन २०७४ को पहिलो दल बन्न सफल भएकाे थियाे । डाेल्पाका ८ वटा स्थानीयतह मध्ये जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा  २ वटामा  माओवादी केन्द्र विजय भएकाे थियाे । अन्य ६ वटा स्थानीय तहरहरू त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिका,काइके,शे फाेक्सुण्डाे गाउँपालिकामा राम्राे मतान्तरले जित हाशिल गर्न सफल भएकाे थियाे । डाेल्पाेबुद्द र छार्काताङसाेङ गाउँपालिका अध्यक्षहरू स्वतन्त्र उम्मेदवारबाट जित हाशिल गरे पनि उनीहरूकाे एमालेलाइ समर्थन निरन्तर रहँदै आएकाे थियाे ।

त्यतिमात्र नभएर प्रतिनिधिसभा सदस्य र प्रदेश क्षेत्रनम्वर क मा स्पष्ट जित हाशिल गरेकाे थियाे । एमाले र माओवादी केन्द्र पार्टी एकता पछि बनेकाे नेकपाले त जिल्ला कब्जा नै गरेकाे भन्दा फरक नपर्ला । नेकपा विभाजन पछि भने जिल्लाकाे राजनीतिले अर्कै माेड लियाे । तत्कालिन एमाले पार्टीबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी निमार्णपछि डाेल्पा एमालेलाइ ठुलै धक्का लाग्याे । तत्कालिन एमालेका केन्द्रीय सदस्य हंशवहादुर शाही,डाेल्पाबाट प्रतिनिधिसभा सदस्य धनवहादुर बुढा,प्रदेशसभा सदस्य नन्दसिंह बुढा र ठुलीभेरी नगरपालिकाका मेयर गणेश बहादुर शाही लगाएत  अधिकांस वडा अध्यक्ष सहित धेरै जसाे एमालेका नेता कार्यकर्ता समाजवादीमा लागेपछि एमालेलाइ धक्का लागेकाे हाे ।

तर अहिले अवस्था परिवर्तन भएकाे छ । समाजवादीका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य धनवहादुर बुढाले धमाधम नेताकार्यकर्ता एमालेका जनप्रतिधि सहितका नेता कार्यकर्ता पार्टी प्रवेश गराइरहेका छन् । पछिल्लाे समय १३ सय भन्दा बढि नेताकार्यकर्ता काइके लगाएतका स्थानबाट प्रवेश गराएकाे समाजवादी डाेल्पाले दावी गरिरहेकाे छ ।

काइकेमा एमालेलाइ ठुलाे धक्का

काइकेबाट धमाधम निर्विराेध चुनिएका वडाअध्यक्षहरू विच भागबन्डा भएकाे छ । जसअनुसार एमालेकाे भागमा १ र ३ नम्वर वडा परेकाे एमाले जिल्लाका पार्टी अध्यक्ष शेरवहादुर बुढाले जानकारी दिए । कांग्रेसकाे भागमा ४ र ६ नम्वर वडा अध्यक्षहरू परेकाे कांग्रेसका केन्द्रीय सदस्य कर्णवहादुर बुढाले जानकारि दिए । ७ वडा रहेकाे काइकेमा अन्य २,५,७ गरि ३ वटा वडाहरू समाजवादीकाे भागमा परेकाे बताइएकाे छ । स्राेतका अनुसार भावि गाउँपालिका अध्यक्ष पनि समाजवादीले पाउने भएकाे छ भने उपाध्यक्ष कांग्रेसले पाउने पक्कापक्की भएकाे छ । एमालेकाे बलियाे गढ काइके पनि बिभाजन हुँदा एमालेलाइ ठुलाे धक्का लागेकाे हाे ।

त्यतिमात्र नभएर छार्काताङसाेङ र शे फाेक्सुण्डाे गाउँपालिका भावि अध्यक्ष समेत समाजवादीमा प्रवेश गर्ने विषयमा छलफल चलिरहेकाे जिल्ला कमिटीका एक सदस्यले जानकारी दिए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने अव केहि दिनमा वा दरखास्त दिने दिनसम्म ३ वटै गाउँपालिका अध्यक्षमा पार्टीले टिकट दिने गरि छलफल भइरहेकाे छ । यदि एसाे भए यी ३ वटै पालिकामा एमाले साइड लाग्नुपर्ने देखिन्छ ।

समग्र जिल्लामा हेर्दा डाेल्पाेबुद्द  गाउँपालिका अध्यक्ष सहित अधिकांस जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश गरिसकेकाेले त्यहाँ एमालेले जित्ने सम्भावना देखिदैन । डाेल्पाकाे २ वटा नगरपालिकामा गठबन्धनका उम्मेदवार खडा हुने देखिन्छ भागवन्डामा ठुलीभेरी समाजवादी र त्रिपुरासुन्दरी कांग्रेसले टिकट पाउने देखिन्छ । गठबन्धनलाइ हराउन एक्लाे एमालेलाइ फलामकाे चिउरा चपाउनु सहर मात्रै देखिएकाे छैन जित असम्भव देखिन्छ ।

तल्लाे डाेल्पामा पर्ने जगदुल्ला र मुड्केचुलामा एमालेले माओवादी केन्द्रलाइ कडा टक्कटर दिने देखिन्छ । माओवादीकाे गढ मानिएकाे मुड्केचुलामा संगठन विस्तार ब्यापक रूपमा गरिरहेकाे माओवादीले नै गठबन्धनकाे तर्फबाट जित्ने देखिन्छ भने जगदुल्लामा पनि अवस्था उस्तै हुनेछ । केहि वडाहरूमा भने एमालेले जित हासिल भने गर्ने देखिन्छ । यसरी समग्र विषय केलाउँदा डाेल्पामा एमालेले अहिलेकाे कुनै पनि स्थानीय तहमा जित्न नसक्ने देखिन्छ तर नतिजा हेर्न भने चुनावसम्म कुर्ने पर्ने हुन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img