रूपक कुलाल,डाेल्पा
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे राैंनक मुलुकभर बढेकाे छ । आइतबार र साेमबार मुलुकभर उम्मेदवारी दर्ता हुँदैछ। यसैविच डाेल्पाकाे ठुलीभेरी नगरपालिका अर्थात सदमुकामकाे नगरपालिका कुन पार्टीकाे कुन उम्मेदवारले र कुन पार्टीले जित्ला भन्ने चर्चा शुरू भएकाे छ ।
यस्ताे छ इतिहास
वि.स २०७४ सालमा भएकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेले बहुमत सहित मेयरमा विजय हाशिल गरेकाे थियाे । एमालेकाे गढ मानिएकाे ठुलीभेरी नगरपालिकामा अहिले अवस्था परिवर्तन भएकाे छ । एमालेबाट विजयी प्राप्त मेयर देखि अधिकांस वडा अध्यक्षहरू एकिकृत समाजवादीमा लागेका छन् । त्यतिमात्र हाेइन प्रतिनिधिसभा सदस्य तथा पूर्व राज्यमन्त्री धनवहादुर बुढा,पूर्व कर्णाली प्रदेशसभा सदस्य तथा मन्त्री नन्दसिंह बुढाकाे प्रभाव बढि भएकाे मानिने यहि नगरपालिकामा हाल उनीहरू पनि समाजवादीमा लागेका छन् ।
समाजवादीबाट कसले टिकट पाउला र जित्नेसम्भावना कति ?
ठुलीभेरी नगरपालिकाकाे मेयरमा पहिले देखिनै वडा नम्वर ५ का अध्यक्ष कर्णवहादुर राेकायालाइ उम्मेदवार बनाउने चर्चा व्यापक थियाे । जिल्ला पार्टीकाे नेतृत्व पंति नै उनलाइ मेयरकाे टिकट दिएर जिताउने पक्षमा देखिएकाे थिए । तर टिकट पाउनेमा भने जिल्ला पार्टीले कर्णवहादुर राेकाया सहित,वडा नम्वर ६ का अध्यक्ष धर्मलाल बुढा र रामप्रसाद महतकाे नाम प्रदेशमा सिफारीस गरेकाे पार्टीका जिल्ला अध्यक्ष नन्दसिंह बुढाले जानकारि दिए ।
पार्टीबाट ३ जनाकाे नाम सिफारीस भएपनि जिल्ला पार्टीका इन्चार्ज धनवहादुर बुढा र अध्यक्ष नन्दसिंह बुढाले धर्मलाल बुढालाइ टिकट दिलाउन लविङ गरेपछि पार्टीमा विवाद चुलिएकाे छ । मेयर गणेश शाही र कर्णबुढालाइ बाइपास गरेर एकाएक अन्तिम समयमा आएर धर्मलाल बुढालाइ पार्टीका नेताले टिकट दिलाउन कसरत गरिरहेका छन् । धर्मलाल बुढा प्रदेशबाट आएका कराेडाैँ याेजनाहरूमा अनियमितता गरेकाे मुद्दा प्रशासन देखि अख्तियारसम्म परेकाे, याेजनाका रूपैँया जनतालाइ नबाडेकाे लगाएत अनेकाैँ विदावामा मुछिएकाे र जनताहरू उनीसँग रूष्ट भएकाले पार्टीले टिकट इमान्दार र मिलनसार कर्णवुढालाइ दिनु पर्ने चर्काे दवाफ दिदैँआएका छन् ।
यदि पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवारी घाेषणा गर्ने मेयर शाही र कर्ण पक्षकाे तयारी छ । यदि यसाे हुन गए वा जनतामा लाेकप्रिय,मिलनसार र इमान्दार नेता नपाए समाजवादी फुट्ने र चुनाव जित्ने सम्भावना न्युन देखिएकाे छ । पार्टीले बाइपास गरे मेयर शाही,रह भेगका रामप्रसाद र आफुँहरू मिलेर स्वतन्त्र रूपमा चुनावी मैदानमा जाने कर्ण राेकायले जानकारी दिए ।
कांग्रेसकाे जित्ने सम्भावना कति ?
गत स्थानीयत तहकाे निर्वाचनमा प्रतिपक्ष बनेकाे कांग्रेसले यसपालि सबैलाइ चक्मा दिन सक्ने धेरैकाे आकलन छ । कांग्रेसमा मेयरकाे टिकट पाउनेमा धेरै विवाद छैन । मेयरपदका लागि हिक्मत शाहीकाे दावेदारी भएपनि युवा नेता तथा पूर्व मेयरका उम्मेदवार सुवर्णकुमार बुढाले पाउने पक्कापक्कि भएकाे छ ।
६४ मतले पराजित भएकाे युवामाझ लाेकप्रिय इ नेताले यसपालि सबैलाइ चकित पारेर उनले जित्ने आकलन अधिकांसले गरेका छन् । नगरपालिकाकाे सदरमुकामकाे वडा लगाएत माझफाल र जुफाल समेतमा कांग्रेस बलियाे मत छ । पार्टी र सहानुभुति भाेट,भेगकाे राजनीति गर्न सके भने बुढाले जित्ने सम्भाना निश्चित जस्तै देखिन्छ ।
एमालेकाे टिकट पाउने सम्भावना र जित्ने अवस्था कति ?
पार्टी विभाजन भएपनि ठुलीभेरीमा एमालेकाे संगठन निकै बलियाे भएकाे मानिन्छ । पार्टीका नेताहरू गएपनि जनताहरू काे कता भन्न सकिने अवस्था छैन । एमालेमा अहिले मेयर पदमा पूर्णवहादुर डाँगीलाइ बलियाे दावेदार र टिकट पाए जित्ने उम्मेदवारका रूपमा हेरिएकाे छ । तर पार्टीमा युवा बाैँदिक नेता डम्बर बुढाकाे बलियाे दावेदारी प्रस्तुत गरेका छन् । युवा पंतिमा लाेकप्रिय नेता बुढालाइ टिकट दिन युवापंतिकाे ठुलाे दवाफ पार्टीलाइ छ । मेयर पदका लागि पार्टीमा लामाे समय देखि याेगदान गरेका व्यक्तित्व हाल जिल्ला समन्वय समितिका उपप्रमुख नरवहादुर बुढाकाे पनि दावी रहेकाे छ ।
पार्टीले कसलाइ टिकट दिने भन्ने टुङ्गाे छैन तर मेयर पदमा एमालेले बलियाे टक्कर दिन सक्ने र राम्राे नेताले टिकट पाए भने यदि समाजवादी विभाजनकाे फाइदा उठाउँदै एमालेले बाजि मार्न सक्नेछ ।
माओवादीकाे संम्भावना कहाँ कति ?
माओवादी केन्द्रमा ठुलीभेरीबाट मेयर पदका लागि विरेन्द्र डाँगी,कमल क्षेत्रि र रणवहादुर कार्कीकाे नाम चर्चामा छ । पार्टीले विरेन्द्र डाँगीलाइ बलियाे दावेदारका साथ हेरेर टिकट दिने अन्तिम तयारी भएकाे बताइएकाे छ । पुरानाे छुट्टै विरासत बाेकेका डाँगीले भावि मेयरका रूपमा समेत हेरेका छन् । ठुलीभेरीमा माअाेवादीकाे त्यति बलियाे संगठन र मतदाता छैनन् । माजझाफ दुर्गाउ र लाेचा,थालामा राम्राे मत भएकाे र डाँगीले पुरानाे विरासत फर्काए जित्ने आशा गर्न सकिन्छ ।
स्वतन्त्र उम्मेदवार बाेहराकाे सम्भावना
जनता समाजवादी पार्टी जसपामा जिल्ला संयाेजक,लेखक तथा जिल्लाका चर्चित युवा नेता प्रेमबहादुर बाेहराले पनि ठुलीभेरी नगरपालिकाकाे मेयरपदमा उम्मेदवारी पहिले नै घाेषणा गरिसकेका छन् । पार्टी संगठन भन्दा फरक सुशासन,शिक्षा र विकासलाइ मुख्य मुद्दा बनाएका बाेहाेराले डाेल्पाम युवा पुस्ताकाे लडाइकाे सुरूवात गरेका छन् । जित हार अाफ्नाे ठाउँमा हाेला तर युवाकाे चुनाैंति पार्टी र बुढापाका नेतालाइ फलामका चुउरा चपाए सरह हुन पनि सक्छ । बाेहराले राजनिति क्षेत्रमा डाेल्पामा युवा लडाइकाे सुरूवात गरेका छन् ।
उपमेयरमा राप्रपाकाे समेत बलियाे दावेदारी
नगरपालिकाकाे उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दिने भएकाे छ । यस नगरपालिकामा राप्रपाकाे पुरानाे र छुट्टै विरासद छ । वडा नम्वर ९ का अध्यक्ष तथा चर्चित युवा नेता विमल कुमार भण्डारी उपमेयर पदका लागि यस नगरपालिकामा सबैभन्दा बढि आशा र सम्भावना देखिन्छ ।
अव चुनावमा कसले बाजी मार्छ त्याे त नतिजा आउन्जेल कुर्नैपर्ने हुन्छ ।