डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर श्वबर्ण कुमार बुढा र उपमेयर छिरिङ टाेल्मा महतले पदभार ग्रहण गर्नुभएकाे छ । साेमबार नगरपालिकाकाे कार्यालय जुफालमा दुवैले पदभार ग्रहण गर्नुभएकाे हाे । पदभार ग्रहण गर्दै नगर प्रमुख बुढाले जनताकाे सेवालाइ चुस्त बनाउनुका साथै नगरकाे विकासमा दिनरात नभनेर खट्ने बताउनु भयाे । ५ वर्षे कार्याकालमा नगरकाे विकासले फड्काे मार्ने गरि काम गर्ने उहाँकाे दावी छ ।
डाेल्पामा नेपाली कांग्रेसले जितेकाे १ मात्र स्थानीय तह ठुलीभेरी नगरपालिका हाे । ३५ वर्षे युवा मेयरबाट जनताले ठुलाे विश्वासका साथ विजय गराएका छन् । सबै पक्षलाइ मिलाएर नगरकाे विकास गर्ने र प्रशासनलाइ चुस्त बनाउनु नगर प्रमुख बुढासामु चुनाैंति छ ।


















