आर्थिक वर्ष २०७९/०८० काे बजेटमा संघ देखि प्रदेशसम्मकाे पेलानमा डाेल्पाःमाेटरेवल पुल देखि वहुवर्षिय याेजनाहरू कटाैँति भएः सांसद शाही
आर्थिक चलखेलका आधारमा ठुला याेजना बाँडफाड भए
डाेल्पा, आर्थिक वर्ष २०७९/०८० काे बजेटमा हिमाली जिल्ला डाेल्पालाइ संघ देखि कर्णाली प्रदेश सरकारले समेत ठुलाे विभेद गरेकाे देखिन्छ । डाेल्पाका ठुला याेजना देखि महत्वपूर्ण वहुवर्षिय याेजनाहरू नै कटाैंति भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले भेरी करिडाेर र हिमालमा शुख्खा बन्दरगहवामा अर्वाैँकाे बजेट हालेका छन् । तर अन्य पूर्वाधारमा भने बजेट साेचे अनुसारकाे पर्न सकेकाे छैन । संघिय सरकारले डाेल्पालाइ नयाँ र ठुला याेजनामा कुनै खासै बजेट दिएकाे देखिदैंन ।
यस्तै कर्णाली प्रदेश सरकार पनि डाेल्पा प्रति अनुदार भएकाे देखिन्छ । मन्त्रीहरूले आफ्ना जिल्लाहरूमा अर्वाैकाे बजेट हालेका छन् तर डाेल्पालाइ भने सबैभन्दा बढि पेलिएकाे छ । यसकाे ज्वलन्त उदाहरण हाे डाल्पाका क्षेत्रनम्वर ख बाट निर्वाचित प्रदेशसभा सदस्य विरवहादुर शाहीले शुक्रबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको प्रदेश सभामा छलफलमा भाग लिदैं ठुलाे आक्राेश पाेखे ।
संसदमा सांसद विरवहादुर शाहीले बाेलेकाे केहि अंशः भिडियाे सहित
हाम्राे कार्यकालकाे अन्तिम बजेट माथि छलफल गर्दै छाैँ । प्रदेश सरकारकाे निति तथा कार्यक्रममा क्रमागत र बहुवर्षीय आयाेजनाहरूलाइ प्राथमिकता दिने र याेजना अलपत्र नपरून् भन्ने हाम्राे सुझाव थियाे । मैले मेराे जिल्लामा हेर्दा बहुवर्षीय माेटरेवल पुल काटिएका छन् । हिजाे भन्ने गरिएकाे थियाे माननियहरूकाे सिफारिसका आधारमा याेजना आउने छन् त्याे भन्दा बाहिरबाट आउने छैनन् तर मेराे जिल्लाकाे हकलाइ भाैतिक पूर्वाधार र सडकमा एउटै बाटाेमा ३ वटा याेजना भएकाे छ,नाम पनि एउटै छ,याेड एउटै हाे । त्याे कसरि भयाे ? कमिसन विनात गएन हाेला,भाैतिक पूर्वाधारले सडक निर्माण गर्ने हाे,तर जंगलमा जाने शिकारी बाटा खन्ने हाेइन । शिकारी बाटाे हालिएकाे छ।
खानेपानी र सिंचाइमा हेर्दा एउटै वडाकाे एउटै गाउँमा ८ वटा याेजना गएकाे छ । कृषी र जलस्राेत मन्त्रालयबाट याे काम भएकाे छ । डाेल्पा जिल्लामा भाैतिक पूर्वाधारमा पहिले ३० कराेडकाे बजेट थियाे तर अहिले त्याे घटाइएकाे छ । डाेल्पालाइ भुगाेले त ठग्याे ठग्याे,के प्रदेश सरकारले पनि ठग्ने नै हाे त ? डाेल्पालाइ कर्णाली प्रदेशबाट अन्याय भयाे,डाेल्पालाइ कर्णाली प्रदेशबाट अलग गर्दिन पराे । ४ वर्षकाे अन्तरालमा अन्य जिल्लाका गाउँपालिकामा जाने बजेट पनि गएकाे छैन । सभामुख महाेदय ।
बाहिरबाट गठबन्धनकाे सरकार,म गठबन्धनकाे प्रतिनिधि हुँ तर मेराे सिफारीसका याेजना नै परेका छैनन् । कितावमा हेराैँला कति याेजना बाहिरबाट आएका छन् ।मैले याेजना भाग्न खाेजेकाे हाेइन तर विचाैंलियाबाट कसरी याेजना आए । कर्णालीकाे नमुना भालुलेक चाैरि फर्ममा कति बजेट गएकाे ध्यानाकर्षण गर्न चाहन्छु । ४ सय चाैरी फर्म हुने हाे कि हाेइन ? बजेट कितावमा आयाे कि आएन ? त्रिपुरासुन्दरी वडा नम्वर ११ मा रहेकाे चाैंरी फर्ममा समेत बजेट किन आएन ? पर्यटन क्षेत्रमा शे गुम्वा देखि शे फाेक्सुण्डाे,तालहरूकाे नाम खै ? यार्सागुम्वाकाे संरक्षकाे पटक पटक माग राख्दा पनि किन सुनुवाइ हुँदैन ? चाैरिकाे चिज उद्याेग शे फाेक्सुण्डाे गाउँपालिकामा भिजेरमा छ ,अन्तराष्ट्रिय स्तरमा चिज निर्यात हुन्छ त्याे कर्णाली प्रदेश सरकारले हेर्याे कि हेरेन ? जसले अधिकार पायाे उसले मात्रै याेजना लिने अरूलाइ केहि छैन ? डाेल्पा भुगाेलले ठगेकाे,राजनीतिले हिसावले पछि परेकाे र विकासका हिसावले लुटिएकाे जिल्ला । उपल्लाे डाेल्पाका ३ पालिकाका चामल ढुवानी हुन नसक्दा भाेकमरीकाे अवस्था छ,प्रदेश सरकारले हेर्ने कि नहेर्ने ? भुगाेलका आधारमा विकास गर्ने कि नगर्ने ? सबैभन्दा संसदमा नबाेल्ने मै हाे ६ महिना पछि बाेल्दै छु । अहिले बजेट हेर्ना किताव हेर्नुस् मैले दिएकाे निवेदश हेर्नुस् र सिफारीस हेर्नुस् अन्य १० जिल्लाकाे बजेटसँग तुलना गर्नुस् । धन्यवाद