spot_img

ठुलीभेरी नगरपालिका डाेल्पाकाे कुल ४१ करोड ९६ लाख ९३ हजारको बजेटमा एम्बुलेन्स र डाेजर खरिद गर्ने लगाएत यस्ता छन् लाेकप्रिय याेजनाहरू

spot_img

डाेल्पा, ठुलीभेरी नगरपालिका डाेल्पाकाे नवौं नगर सभा आर्थीक वर्ष  २०७९/०८० काे बजेट प्रस्तुत गर्दै आइतबार भव्यरूपमा सम्पन्न भयाे । “शुद्ध खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पुर्वाधार,सुशासन सहितको समृद्धि नगरपालिकाको मुल आधार” भन्ने मुल नारालाइ साकार पार्ने उदेश्यका साथ नगरसभा सम्पन्न भएकाे छ ।

नगरपालिकाले आर्थीक वर्ष  २०७९/०८० का लागि कुल ४१ करोड ९६ लाख ९३ हजारको बजेट प्रस्तुत गरेकाे छ । जिल्ला सदरमुकामकाे नगरपालिकाले प्रस्तुत गरेकाे निती तथा कार्यक्रममा सबैकाे ध्यान केन्द्रीत गरेकाे छ । नयाँ जनप्रतिनिधिहरूकाे पहिला याेजनाहरू यस्ता छन् ।

१.नेपाल सरकारले निर्धारण गरेको ८ वटा कडा प्रकृतिका रोगहरुको उपचारका लागि कुल उपचारको २५% व्ययभार नगरपालिकाले ब्यहोर्नुका साथै एम्बुलेन्स खरिद गर्ने

२.स्काइभेटर खरिद गरि यसै आ.व. मा ११ वटै वडामा मोटरबाटो निर्माण गरि नियमितरुपमा सार्वजनिक यातायात साधनहरु संचालन गर्ने 

३.फलफुल, जडिबुटी, दलहन बाली, उन्नत जातका पशुपालनका साथै नश्ल सुधार कार्यक्रममा जोड

४.बिपन्न, दलित तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्तिको ब्यवस्था  क्षमता/ सीप विकास, सशक्तीकरण तथा सचेतनामुलक कार्यक्रममा जोड 

५.नगर उज्यालो कार्यक्रम मार्फत सोलार बितरणका साथै ठुलीभेरी नगरपालिकामा संचार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन एनसेल नेटवर्किङ सेवा संचालनमा ल्याइ 4G नेटवर्कको सेवा बिस्तार गर्ने

६.खानेपानी तथा शौचालयहरु निर्माण र मर्मतका लागि ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ स्वच्छता आयोजना’ ( SUSWA ) मार्फत नगरपालिकाको २२% साझेदारी गर्ने

७.नगरपालिकाको विकास र समृद्धिका लागि आर्थिक अनुशासन कायम राख्दै छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाइ नगर प्रमुखज्युको निर्देशन  लगाएतका अन्य याेजना समावेश छन् ।

८.माेतिपुर,जुलाल र माझफाल सडक निर्माणका लागि १२ कराेड ५० लाख विनियाेजन गरिएकाे छ ।

९.वडा नम्वर ३ काे वडा कायार्लय निर्माणका लागि  १ कराेड २५ लाख विनियाेजना

१०.ताताेपानी पाेखरी संरक्षणकाे लागि १ कराेड ५० लाख विनियाेजन

१२.दुनै रंगशाला निमार्णका लागि ७ कराेड ५० लाख विनियाेजन

१३. दुनै र जुफालमा वसपार्क निर्माणका लागि २ कराेड २५ लाख विनियाेजन 

नगर प्रमुख सुवर्ण बुढाले थप्नुभएकाे छ,”नगरपालिका भित्रआएको कुल बजेट सहित संघ र प्रदेशबाट जति सकिन्छ बजेट भित्र्याएर नगरवासीका तत्कालीन समयमा देखियका समस्याहरुलाइ समाधान गर्दै दीर्घकालीन योजनाको सरुवात गर्ने प्रतिवद्दता जनाएका छन् । अव समय खेर नफालेर निरन्तर जनताको सेवामा लाग्ने मेयर बुढाकाे भनाइ छ ।

नगरसभाका तस्वीरहरूः

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img