रूपक कुलाल,डाेल्पा
आसन्न मंसिर ४ मा हुने संघीय र प्रदेश सभा निर्वाचनकाे राैंनक मुलुकभर बढेकाे छ । विशेष गरि उम्मेदवार मनाेनयनकाे काममा सबै उम्मेदवार लागिरहेका छन् । यसैविच हिमाली जिल्ला डाेल्पामा पनि चुनावी सरगमिले छाएकाे छ । प्रमुख राजनीतिक दलहरू नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र ),नेपाली कांग्रेस,नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले,एकिकृत समाजवादी र राप्रपाका उम्मेदवारहरूले पनि मनाेनयनकाे काम टुङ्ग्याएका छन् । डाेल्पामा केन्द्रीय राजनीति जस्तै गठबन्धन अनुसार टिकट वितरण भएकाे छ । जसअनुसार संघकाे टिकट एकिकृत समाजवादी पार्टीबाट सांसद समेत रहेका धनवहादुर बुढा चुनावी मैदानमा छन् । यस्तै क्षेत्र नम्वर “क” मा कांग्रेसबाट जिल्ला पार्टी सभापति दिपेन्द्रवहादुर शाही र “ख” क्षेत्र नम्वर मा माओवादीबाट कर्णाली प्रदेश सांसद तथा पर्यटन मन्त्री समेत रहेका विरवहादुर शाही चुनावी मैदानमा छन् ।
यसैगरि नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि गणेशवहादुर शाही चुनावी मैदानमा उतारेकाे छ । यस्तै प्रदेशसभा(क) क्षेत्रका लागि शेरबहादुर बुढा र (ख) निर्वाचन क्षेत्रका लागि धनचन्द्र बैजी चुनावी मैदानमा हाेमिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा अंगतकुमार बुढा प्रदेश (क) मा नारायण बुढा र ख प्रदेशका लागि बाैद्दसिंह कठायत चुनावी मैदानमा छन् ।
कहाँ कसले मार्ला त बाजी ?
गत स्थानीय तहकाे चुनावमा खसेकाे मतलाइ आधार मान्दा डाेल्पामा माओवादी केन्द्र पहिलाे,एमाले दाेस्राे र कांग्रेस तेस्राे पार्टी बनेकाे थियाे भने चाैंथाे दल समाजवादी बनेकाे थियाे । यसरी हेर्दा डाेल्पामा कम्युनिष्ट बलियाे अवस्थामा देखिन्छ । केन्द्रीय गठबन्धनलाइ हेर्ने हाे भने गठबन्धन बलियाे देखिन्छ मत हेर्ने हाे भने यदी गठबन्धन भए गठबध्नका उम्मेदवारहरूले जित्ने सम्भावना बलियाे छ । तर गत स्थानीय तहकाे चुनावमा डाेल्पामा गठबन्धन भएकाे थिएन अहिले पनि जिल्लामा भित्रि चुनावमा गठबन्धन हुने देखिदैन ।
चर्चा गराैँ संघकाे राेचक चुनावी भिडन्त
डाेल्पामा गठबन्धन अनुसार माओवादी,कांग्रेस र समाजवादीले टिकट ल्याए पनि आफ्नै दाउमा उम्मेदवारहरू लागेका छन् । जिल्लामा गठबन्धनबाट संघकाे टिकट पाएका सांसद धनवहादुर बुढा २ पटक अत्याधिक वहुमतका एमालेबाट जितेका उम्मेदवार हुन् । अहिले उनकाे भिडन्त त्यहिँ दलसँग हुनेछ जुन दलले अत्याधिक मतले विजय गरायाे । स्थानीयतहकाे चुनावमा डाेल्पामा समाजवादीका उम्मेदवार धनवहादुर बुढाले गठबन्धन हुन नदिएकाे र जिल्लाभर माओवादी हराउन ठुलाे चलखेल गरेकाे आराेप लागेकाे छ । साेहि घाउलाइ आधार मान्नेहाे भने जिल्ला पार्टीका नेताहरू गठबन्धनका लागि सकारात्मक भएपनि कार्यकर्ता र जनताले साेचे अनुसार साथ नदिने देखिन्छ । त्यतिमात्र नभएर गठबन्धन दल भन्दा एमालेसँग बुढाकाे साँठगाठ धेरै रहेकाे अन्य दलकाे बुझाइ छ । प्रदेशमा एमालेबाट भतिजा र विश्वास पात्र उठेकाले प्रदेशमा बुढाले अान्तरिक हिसावमा उनैलाइ सघाउने गठबन्धन दलहरूकाे आशंका छ । स्थानीय चुनावमा पनि सबै दल मिलेर जिल्लामा माओवादी विरूद्द गठबन्धन गरेका थिए । गठबन्धन विचकाे अविश्वास,जनताले नयाँ अनुहारकाे खाेजि गरिरहेकाे,सांसद बुढाले ब्यक्तिगत स्वार्थका लागि एमाले छाेडेर समाजवादी जानु र समाजवादी जिल्लामा कमजाेर पार्टी भएकाले बुढालाइ एसपटक चुनाव जित्न फलामकाे चिउरा चपाए सरह हुनेछ ।
यस्तै नेकपा एमाले संघकाे चुनावमा इतिहास देखि जिल्लामा बलियाे पार्टीका रूपमा छ । अहिले एमालेबाट संघकाे चुनावमा गणेशवहादुर शाही चुनावी मैदानमा उत्रिएका छन् । शाही यस भन्दा पहिले जिल्लाकै ठुलीभेरी नगरपालिकाका मेयर समेत हुन् । पछिल्लाे समय डाेल्पामा आटिला,निडर,शाहसी र आफै निर्णय गर्न सक्ने नेताका रूपमा शाही जिल्ला भर परिचित छन्। चुनावी मैदानमा जिल्ला पार्टीकाे मात्र नभएर जाे परिवर्तन चान्छन्,सबै राजनीतिक दल,समग्र जिल्लावासीले व्यक्तिवादी राजनीतिकाे अन्त्य र विकसीत नयाँ डाेल्पा निर्माणकाे मुद्दा लिएर शाही चुनावी मैदानमा हाेमिएका छन् । उनलाइ एमालेकाे सैद्दान्तिक मत पुरै र परिवर्तनका आवाज उठाउने जनताकाे मत पाए उनले जित्ने सम्भावना बलियाे छ । तर उनकै पार्टीका अधिकांस नेता पार्टी र विचार भन्दा व्यक्तिवादमा खुलम्खुल्ला लागेकाेले उनलाइ पार्टीबाटै अन्तरघातकाे सामना गर्न निकै हम्मे हम्मे देखिन्छ । अन्य पार्टी र जनताकाे साथ रहन्छ रहन्न त्याे त चुनाव पछि मात्रै थाहाँ हुनेछ । दुइ पटक चुनाव जितेकाे सांसद विरूद्दकाे लडाइ शाहीलाइ पनि सहज हुने छैन तर पार्टी भित्रकाे अन्तरर्घात राेक्न सकेर अन्य पार्टी पनि भाेट तान्न सके भने उनले जित्ने धेरैले आकलन गरेका छन् ।
राप्रपाबाट अंगतकुमार बुढा चुनावी मैदानमा छन् । जिल्लामा राप्रपाकाे संगठन त्यति बलियाे नभएकाले उनले जित्ने आकलन गर्न गाह्राे छ तर उम्मेदवारका हिसावले हेर्ने हाे भने बुढाकाे जिल्लामा छुट्टै पहिचान छ । व्यक्तिगत भाेट धेरै भएकाले उनले जित्ने पनि कतिपयकाे विश्लेषण छ ।
यसैगरी (क) प्रदेशमा गठबन्धनका कांग्रेस उम्मेदवार दिपेन्द्र वहादुर शाही र एमालेका शेरवहादुर बुढाविच राेचक भिडन्त हुने देखिन्छ । गठबन्धन बलियाे देखिए पनि कडा भिडन्त हुने भएकाले कसले बाजि मार्ला यसै भन्न सकिने अवस्था छैन । राप्रपाका नारायण बुढाले पनि दुवैलाइ कडा टक्कर दिने पनि आभाष दिलाएका छन् ।
यस्तै (ख) प्रदेशमा गठबन्धनबाट माओवादीका कर्णाली प्रदेशका पर्यटन मन्त्री विरवहादुर शाही र एमालेका धनचन्द्र बैजिविच चुनाैँति दिनेछन् । शाही मन्त्री भएकाे पछिल्लाे समय जिल्लामा राम्राे प्रभाव भएकाे नेता र त्यसैमाथि ख क्षेत्रमा २ पालिका माओवादी बलियाे भएकाेले पनि उनले जित्ने धेरैकाे विश्लेषण छ । गठबन्धनकाे भाेट आए सहज जित पनि हुन सक्छ तर साेचे अनुसार नआए एमालेले एउटा नगरपालिका र अर्काे गाउँपालिकापनि स्थानीय चुनावमा ठुलाे मतान्तरले जितेकाे छ । बैजी पनि निकै चतुर र बलिया नेता भएकाेले उनलाइ कमजाेर सम्झनु अरूका लागि भुल हुन सक्छ । यहि प्रदेशमा राप्रपाबाट पुराना विरासत बाेकेका र बलिया उम्मेदवार बाैद्दसिंह कठाएत पनि चुनावी मैदानमा छन् । आफ्नाे नगरपालिकाबाट भरपुर मत ल्याउने धेरै आकलन छ उनलाइ जित हाशिल गर्न कठिन भएपनि दुइ जनालाइ जिताउने र हराउने मत उनले काटेकाे भाेटमा पनि भरपर्नु पर्ने हुनसक्छ।
बाँकी कसले जित्छ यतिकै भन्न सकिने अवस्था छैन,त्यसका लागि चुनाव पछिकाे नतिजासम्म कुर्नै पर्ने हुन्छ ।
निष्पक्ष चुनावका लागि सबै चनाखाे हुनुपर्ने छ
डाेल्पाकाे तल्लाे भेगमा खासै चुनावमा समस्या नदेखिएपनि उपल्लाे डाेल्पाकाे दुर्गम भेगतिर इतिहास देखि बुथ नै कब्जा हुने गरेकाे छ । यसलाइ राेकेर निष्पक्ष चुनाव गराउन सबै राजनीतिक दल लाग्नु पर्ने छ,यसले संघ र प्रदेशकाे चुनावमा समेत फरक पर्न सक्छ । पैसाकाे पनि ठुलाे चलखेल हुने देखिन्छ,अधिकांस उम्मेदवार निर्माण व्यवसायी भएकाेले पनि पैसा धेरै खर्च हुन सक्छ । डाेल्पामा अर्काे भनेकाे गाउँ गाउँका धामी र डाङ्गयाहरू उम्मेदवारबाट पैसा खाएर जनताकाे भाेट धेरै तलमाथि गरेकाे अाराेप लाग्ने गरेकाे छ । रत्तेहाल हाल्न लगाउने,धजा छुने जस्ता चुनावमा हुने गलत हर्क राेक्न पनि सबै पार्टीका उम्मेदवारहरू र निर्वाचन कार्यलय पनि चनाखाे हुनुपर्ने देखिन्छ । यस समस्याका विषयमा केन्द्रीय निर्वाचन अायाेगकाे कार्यालयसम्म सम्म समेत विषय उठान भएकाे छ ।