काठमाडाैँ,काठमाडौंका व्यवसायीहरूलाई विप्लव समूहको नाममा धम्क्याएर तीन करोड माग्ने चार जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटका ३३ वर्षीय बिन्तोष सिलवाल ( सुनार ), रामेछापका ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेका ५२ वर्षीय तिर्थमान तामाङ र चितवनका ४२ वर्षीय नन्दुराज आचार्य छन्। उनीहरूलाई महाशाखाको टोलीले सोमबार नै पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयाे ।


















