spot_img

प्रधानमन्त्री रअध्यक्ष दुवै पद छोड्दिनँः ओली

spot_img

संखुवासभा,संखुवासभाको किमाथांकामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट नहट्ने बताएका छन् ।

संखुवासभाको किमाथांका पुगेका ओलीले पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने बताएका हुन् । आफू पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्री भएको भन्दै उनले बीचैमा राजीनामा दिन नमिल्ने बताए । उनले भने, ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न । हल्लाको पछि नलाग्नुहोस् ।’

पत्रपत्रिकाले बिहानैदेखि राजीनामा दिँदैछ, बेलुकी राजीनामा दिँदैछ भनेर लेखेको भन्दै प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग असन्तुष्टि समेत व्यक्त गरे । उनले भने, ’मैले पत्रकारहरुलाई राजीनामा दिनुपर्ने हो ?’

आफू महाधिवेशनबाट निर्वाचित भएको बताउँदै उनले अध्यक्ष छोड्न पनि प्रक्रिया पूरा गर्नुपर्ने बताए । ‘कसैको चाहना होला, तर चाहना छ भन्दैमा मैले छोड्न मिल्दैन’, उनले भने । पार्टीभित्र अहिले बढेको आन्तरिक विवादले पार्टी विभाजनसम्म नपुग्ने ओलीले बताए ।

बुधबार किमाथांका पुगेका प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको बिओपीको निरीक्षण, कोसी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी लिएर आजै काठमाडौं फर्किएका हुन् । प्रधानमन्त्रीसँगै मुख्यमन्त्री शेरधन राई, राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङलगायत नेताहरु पनि किमाथांका पुगेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img