कर्णालीका किसानले अव दुई प्रतिशत ब्याजदरमा एक करोड रुपैयाँसम्म ऋण पाउने

सुर्खेत, कर्णालीमा किसानले सहुलियतमा ऋण पाउने भएका छन् । किसानलाई व्यसायीक बनाउन र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सहुलियत ऋण कार्यक्रम ल्याइएको छ । प्रदेश सरकारले किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा बृद्धि गर्न किसानलाई सहुलियत ऋण उपलब्ध गराउने भएको हो ।

व्यवसायीक कृषि उत्पादन गर्ने र पशुपंक्षी पालन गर्ने किसानले यस्तो ऋण पाउने छन् । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार अब व्यवसायीक कृषि तथा पशुपंक्षी पाल्न चाहने किसानलाई यस्तो ऋण उपलब्ध गराइने छ ।

मन्त्रालयका अनुसार दुई प्रतिशत ब्याजदरमा किसानले एक लाखदेखि एक करोड रुपैयाँसम्म ऋण पाउने छन् । यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र कृषि विकास बैंकबिच सम्झौता भएको छ ।

सम्झौता अनुसार व्यवसायीक खेती र पशुपंक्षी पालन गर्न चाहने किसानले कृषि विकास बैंकबाट ऋण पाउने छन् । जसमा किसानले वार्षिक दुई प्रतिशतका दरले मात्र ब्याज तिर्नुपर्ने छ । बाँकी ब्याज भने प्रदेश सरकारले नै तिरिदिने छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्,‘प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन हामीले यो कार्यक्रम ल्याएका हौं, अब किसानले सहुलियतमा उद्यम गर्न ऋण पाउनेछन् । कृषि बैंकको ब्याजदर हाल ९ प्रतिशत छ, जसमा प्रदेश सरकारले सात प्रतिशत ब्याज तिरिदिने छ ।’ प्रदेश सरकारले सात प्रतिशत ब्याज तिरिदिने भएकाले किसानले दुई प्रतिशत मात्र ब्याज तिर्नुपर्ने मन्त्री केसीको भनाइ छ ।

किसानलाई सहुलियतमा ऋण दिने सम्झौतामा प्रदेश सरकारका तर्फबाट भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र र कृषि विकास बैंकको प्रदेश कार्यालयका तर्फबाट उपमहाप्रवन्धक प्रताव सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब कर्णालीका १० वटै जिल्लामा रहेका बैंकका विभिन्न १८ वटा शाखाबाट यहाँका किसानले ऋण लिन सक्नेछन् । यद्यपी किसानले यो ऋण लिँदा धितो भने अनिवार्य राख्नुपर्नेछ । सरकारी तथ्यांक अनुसार हाल कर्णालीका आधा नागरिक गरिब छन् । हिमाली जिल्ला अहिले पनि स्थानीय उत्पादनले बर्षभरी खान पुग्दैन । यही कारण पनि यहाँका बासिन्दा छाक टार्नकै लागि भारतलगायतका मुलुकमा मजदुरीका लागि जान बाध्य छन् ।

कृषिमा आत्मनिर्भर नभएकै कारण नागरिकलाई छाक टार्नै समस्या भएको र रोजगारीका लागि भौंतारिनुपर्ने बाध्यता रहेकाले यस्तो कार्यक्रम ल्याइएको प्रदेश सरकारको भनाइ छ ।

मन्त्री केसीले भनिन्,‘सोझै अनुदान दिदा सदुपयोग भएको देखिएन, वास्तविक किसानले पनि नपाउने अवस्था देखियो । यही समस्या टार्न हामीले अनुदानको साटो ऋणको ब्याज तिरिदिने निर्णय गरेका हौं, अनुदानको साटो ब्याजमा अनुदान दिएका हौं ।’

यो कार्यक्रमले किसानलाई लगानीको समस्या नहुने र व्यवसायीक कृषिमा आकर्षण बढ्ने मन्त्री केसीको दाबी छ । साथै प्रदेश सरकारले सहुलियतमा ऋण लिएर कृषिमा लगानी गर्न र गाउँमै स्वरोजगार बन्न समेत किसानलाई आग्रह नै गरेको छ । अन्नपूर्ण पाेष्टमा खवर छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडाैँ,क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो...

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिम,जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ। आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै...

सोती घटनाका अभियुक्तलाइ १ लाख धरौटीमा छोड्न अदालतकाे आदेश

रुकुम पश्चिम,उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक...

१ करोडमा नागढुंगा-कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडाैँ,नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -