spot_img

चर्चित चार मुद्दाबारे प्रधानमन्त्री प्रचण्डःसिआइबीले महरामाथि पनि अनुसन्धान गर्ने,ललिता निवासपछि अव गिरीबन्धु जग्गा प्रकरणमा पनि छानबिन हुने

spot_img

काठमाडाैँ,सरकारीनिवास बालुवाटारमा मंगलबार पत्रकारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरको संसद् अवरोध, सुन तस्करी प्रकरण, ललितानिवास जग्गा हिनामिना र भुटानी शरणार्थीका नाममा भएको ठगीलगायतका चर्चित मुद्दाबारे भने–

१. सुन तस्करी प्रकरण ः सिआइबीले एक–दुई दिनमै महराजीको विषयमा निर्णय गर्छ होला
दैनिक ठूलो परिमाणमा सुन तस्करी हुन्छ भन्ने सूचना पाएपछि नै मसँगै रहेका सचिवलाई राजस्व अनुसन्धान विभागमा पठाएको हुँ । ठूलो परिमाणमा सुन समातियो पनि । पछि यो संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिउँ भनेर पनि मैले नै भनेको हुँ । किनभने त्यससम्बन्धी अनुसन्धान गर्ने सबैभन्दा बलियो राज्य संयन्त्र त्यही हो । सुन तस्करीमा ठूला मान्छेहरूको पनि संलग्नता देखिएको छ । यो एक देशबाट तस्करी गरेर अर्को देशमा पु¥याउने संगठित अपराधको अनुसन्धानमा सघाउन सम्बन्धित देशसँग पनि आग्रह गरिएको छ । त्यस्तै, इन्टरपोललाई पनि ‘एक्टिभ्ली’ सहयोग गर्न आग्रह गरिएको छ । त्यत्रो सुन समातेर अनुसन्धान सुरु हुँदा सरकारलाई बधाई दिनुपर्नेमा संसद् अवरोध गरिएको छ ।

सुन प्रकरणमा महरा (कृष्णबहादुर)जी र उहाँका छोराको नाम पनि आयो । मैले महराजीलाई यस विषयमा आफैँ प्रस्ट पार्न पनि भनेको छु । प्रहरी प्रमुख र सिआइबीका प्रमुखलाई बोलाएर पनि सोधेँ । उहाँ (महरा)को संलग्नता देखिएको हो भने बयान लिएर अगाडि बढ्नुपर्थ्यो, संलग्नता होइन भने प्रतिवेदनमा नाम कसरी प¥यो ? एउटा त गल्ती भयो भनेर भनेँ । अर्कोपटक गृहमन्त्रीजीलाई सँगै राखेर पनि कुरा गरेँ । महराजीको ‘कनेक्सन’ छ भने अगाडि बढ्नुस् भनेको छु । संलग्नता छैन भने पनि प्रहरीले नै ‘क्लियर’ गर्नुप¥यो । दोषी हो भने चाँडो लगे हुन्छ भनेको छु । मैले त सार्वजनिक रूपमै म नै दोषी देखिए पनि समात्नुस्, कारबाही गर्नुस् भनेको छु । सायद एक–दुई दिनमै सिआइबीले यसबारे निर्णय गर्छ होला ।

२. नक्कली भुटानी शरणार्थी मुद्दा रोकिएको छैन
यसपटक प्रधानमन्त्री हुँदा देशका लागि केही गर्छु भनेर प्रतिबद्धता गरेको थिएँ । गर्दै छु भन्ने पनि लागेको छ । प्रधानमन्त्री भइसकेपछि सुशासनलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भनेर अगाडि बढेँ । भ्रष्टाचारका मुद्दामा काम गर्दा जनतामा विश्वास दिलाउन सकिन्छ भन्ने लागेको थियो । त्यही क्रममा हिँड्दा भुटानी शरणार्थीका नाममा भएको ठगीको मुद्दा फेला परेको हो । त्यसमा टेकेर जाँदा अन्यत्रका बेथिति नियन्त्रणका लागि पनि सहज हुन्छ भनेर अघि बढियो । त्यो प्रकरणमा राजनीतिक, प्रशासनिकदेखि सबै क्षेत्रका मान्छेहरू परे । अदालतले पनि म्याद थप्न मान्यो, त्यसमा सहयोग नै ग¥यो । सरकारलाई हौसला नै भयो । अहिले मुद्दा चलिरहेको छ, त्यो बीचमा रोकिएको छैन ।

३. ललितानिवास प्रकरण ः क्रमशः गिरीबन्धु लगायतमा पनि छानबिन हुन्छ
भूमाफियाले सरकारी जग्गामा कसरी दुरुपयोग गर्छन्, व्यक्तिका नाममा कसरी लैजान्छन्, नेता–कर्मचारीलाई कसरी प्रभावमा पार्छन् भन्ने एउटा उदाहरण पनि हो ललितानिवास प्रकरण । बिचौलिया र भूमाफियाको जग्गामाथिको चलखेललाई अन्त्य गर्ने यो पहिलो खुड्किलो हो । गिरीबन्धु टिइस्टेटलगायत सरकारी जग्गा दुरुपयोग गरिएका यस्ता धेरै घटना छन् । क्रमशः ती सबैको पनि छानबिन हुने हो । पुगिने त्यहीँ हो । ललितानिवासको अनुसन्धान पूर्वमन्त्रीहरूसम्म पुगिसकेको थियो । के थाहा पूर्वप्रधानमन्त्रीहरूसम्म पनि पुग्थ्यो होला । तर, यहीबीचमा ढ्याक्क अदालतको आदेश आयो । के कारणले यस्तो आदेश आयो होला, गहिरो गरी सोच्नुपर्ने भएको छ । संविधानले संसद्, सरकार र अदालतको क्षेत्राधिकार तोकेको छ । त्यसको लक्ष्मणरेखा मिचिए कार्यकारीलाई काम गर्न गाह्रो हुन्छ । अदालतले पूर्वप्रधानमन्त्रीहरूलाई भनेको होइन, वर्तमानलाई भनेको हो । किनभने उहाँहरू प्रधानमन्त्री रहेकै वेला भएका निर्णय हुन् नि त । यो सामान्य कुरा होइन, अलि गहिरो गरी हेर्नुपर्ने विषय छ । यसको अर्थ मैले अदालतको अवहेलना गरेको होइन, अदालतको निर्णयलाई सम्मान गर्छु । उता सदनको अवरोध जारी राखिएको छ ।

४. संसद्को अवरोध ः विगतको विघटनवाला मनस्थितिले काम गरेको छ
सरकारले प्रमुख प्रतिपक्षीसँग धेरै लचिलो भएर तीनवटा संसदीय समितिका सभापति दिने सहमति ग¥यो । यहीँबाट सभामुखलाई पनि फोन गरियो । शेरबहादुरजी, केपी ओलीजी पनि सुनिरहनुभएको छ । तर, बानेश्वर पुगेपछि अवरोध कायमै छ । यसमा हिजोको संसद् विघटनवाला मनस्थितिले पनि काम गरेको छ । त्यसकै निरन्तरता हो जस्तो लाग्छ । उहाँहरूको मनसाय नै सदन नचले हुन्छ भन्ने छ । राज्यका संयन्त्रहरूलाई ‘डिरेल’ गरेर अन्तै पु¥याउने षड्यन्त्र हुँदै छ । तर, त्यसलाई सफल हुन दिइन्न । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img