spot_img

“मल्लकालिन शासन र हालको शासन”

spot_img

मल्लकालिन समयमा पाटनमा एक राजा थिए । उनी आफ्नाे शासनकालमा शासन गर्दा प्रजा (दुनीयाँ) को धनलाई नासो सम्झन्थे । उनले प्रजाको सम्पत्तिलाई आफ्नाे लागि कहिल्यै खर्च गर्दैनथे । त्यसकारण पनि अहिलेका (राजा देखि हालसम्मका) शासनधारीको जस्तो नोकर चाकर थिएनन् । राजाले आफ्नाे लागि नोकर चाकर धेरै नराखेको हुनाले रानीले घरका सारा काम (पानी ल्याउने, खाना पकाउने, घरको सरसफाई गर्ने जस्ता) आफैले गर्थिन भने राजाले र आफुले लगाउने लुगा समेत आफै बुन्थिन । यसरी राजा र रानीमा निकै राम्रो समझदारी थियो । त्यहि समझदारी अनुसार रानीले राजाले भनेका हरेक कुरा मान्दै आएकी थिईन् । यसरी रानीले समझदारी पुर्वक काम गरेको हुनाले समझदार पूर्वक काम गरेको हुनाले राजालाई कुने पनि चिन्ता थिएन । यसरी राजाको पारिवारिक जीवन सुखः सुविस्तासंग बित्नुको साथै शासन पनि राम्रोसंग चलिरेहको थियो ।

पहिलेको नेपाल उपत्यकाका ३ जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरलाई मात्र भनिने गरिन्थ्यो । यी ३ जिल्लामा विभिन्न समयमा विभन्नि किसिमका जात्रा मनाईने चलन तत्कालिन समयमा पनि थियो र हाल पनि छदै छ । ती विभिन्न किसिमका जात्रा मध्ये पाटनको अति महत्वपूर्ण लोकप्रिय जात्रा हो मत्सेन्द्र नाथको जात्रा । त्यहि मत्सेन्द्र नाथको जात्रा हेर्न तत्कालिन राजा आफ्नाे दरवारको हःखु तिर फर्केको कुनाको झ्यालमा बसेर जात्रा हेरिरेहका थिए । जात्राको दिन भएकोले प्रजाहरु हस्याङ फस्याङ गर्दै यत उति हिडिरेहका थिए । जात्रा हेर्न हिडिरहेका प्रजाहरुले विभिन्न किसिमका बुट्टा भएका लुगा लगाएका थिए । जसमा एक अर्काका कपडाका बुट्टामा भिन्ना भिन्नै विषेशता देखिन्थ्यो । यी कपडाहरु लागएका जात्रालुहरुलाई हेर्दा लाग्थ्यो, त्यो दिन तिनीहरुको कलाको प्रदर्शनी देखाउने दिन थियो । कारण ती जात्रालुहरुले लगाएको लुगाहरु आफैले बुनेका थिए । सबै मानिसहरु आ–आफ्ना लुगा देखेर आफै दङ्ग परिेरहेका थिए । महिलाहरु पनि खाईलाग्दा (हृ्रष्ठ पुष्ट) देखिन्थे भने उनीहरुले लगाएका सुनका माक,सी,तीख,ताय,चल्या भन्ने गहनाले त नहिरु धपक्क बलेका थिए । सबै प्रजा मोटा, घाटा, चिल्ला, फुर्तिला र चनाखा देखिन्थे । कोही गरिब देखिदैनथे । जात्रामा आउका आफ्नाे प्रजालाई देखि राजा अत्यन्त खुसी भए ।

राजा रानीले दुबैले ती आफ्ना प्रजालाई हेरिरहेका थिए । ती झकी झकाउ गरगहना लागएका महिलालार्य देखि रानीको मन पनि लोभिन पुग्यो । रानी तिनै गहना लगाउन चुक चुकाई रहेकी थिईन् । दिन भरुीको जात्रा सकियो । साँझ प¥यो राजदरवारमा रानीले भोजनको व्यवस्था गरिन् । राजालाई भोजन गराईन् र आफुले पनि खाइन् । सुत्ने समय भयो । राजा कोठा भित्र पसे र विछ्यौनामा पल्टे । मल्लकालिनको समय रानीले राजाको सेवा आफै गर्थिन । रानीले राजको खुट्टा दवाउन थालिन् । राजा निदाएका थिएनन् । त्यही मौका पारेर रानीले राजालाई यसरी आफ्नो कुरा सुनाउन थालिन ।

महाराज, आजको जात्रा त सारै राम्रो लाग्यो । प्रजाहरु कति आनन्दित, हसिलो मुहार लगाएर हिडिरहेका थिए । अझ महिलाहरु त कति सुन्दरी देखिन्थे । सबैसंग गहना पनि उत्तिकै थिए । यस्तो देख्दा हाम्रा प्रजाहरु त कोहि पनि गरिब देखिएनन् । २–४ जनाका गहना त सारै राम्रा लागे । ती गहनामा त्यति राम्रा राम्रा बुट्टाहरु कुद्ने हाम्रा राज्यका लुँकर्मीहरु निकै सिपालु रहेछन् । ती जात्रा हेर्नका लागि आएका महिलाहरुसंग भएका तीख, ताय, भाकसी जस्ता गहना र सुनका सिक्रीहरु त मलार्य पनि अत्यन्त राम्रा लागे । महाराज ! लुँकर्मीलाई पनि काम हुने, त्यस्ता गहना मलाई पनि बनाई दिए म पनि कति खुसी हुन्थे । राजाले रानीलाई सम्झाउँदै भने–रानी ! तिमीले त यस्तो कुरो कहिल्ये भनेकी थिइनौ । आज के भयो तिमिलाई थाहा छैन र ? हामी देशका ठूला बडा हौ । यी प्रजाहरु त हाम्रा छोरा छोरी हुन् । केटा केटीहरुलाई रुवाएर हामीले धेरै मिठो खानु र धेरै राम्रो लगाउनु राम्रो हुदैन । यिनले राम्रो लगाए, मीठो खाए हामीलाई राम्रो हुनेछ । यदी हामीले गहना लगायौं भने हामीलाई खर्च लाग्ने छ । हामीलाई धेरै खर्चको आवश्यकता पर्नु ठिक होइन । धेरै खर्च हामीलाई चाहियो भने राष्ट्रिय धनको रक्षा गर्न नसकेमा हामीलाई प्रजाले कम विश्वास गर्ने छन् । प्रजाको विश्वास विनाको राजा हुनु भन्दा त मर्नु नै बेश हुन्छ । हामी गहना लगाउन पुग्ने गरी धन कमाउन पनि सक्दैनौ । धन धेरै कमाउन काम पनि गर्नु पर्छ । हामीले धेरै आम्दानी हुने काम गर्न सकेका छैनौ । त्यसैले हामीसंग गहना लगाउन पुग्ने गरी धन छैन । हाम्रो सरकारी ढुकुटीमा भएको धन हाम्रो निजी धन होईन । त्यो धन त प्रजाहरुको हो, उनीहरुद्वारा विदेशमा निकासा गरिएको जगात तिरेको, घरकर तिरेको धन हो । त्यो धन त तिनीहरुलाई चाहिने बेलामा हामीले खर्च गरिदिनु पर्छ । त्यसको हिसाब एक एक गरी देखाउनु पर्छ । त्यो धन हामीले हाम्रा लागि खर्च गर्नु भनेको त प्रजाहरुको हत्या गर्नु बराबर हो । अतः तिमी गहना लगाउने कुरा नगर यसबाट तिम्रो हाम्रो भलो हुने कुरा छैन । आखिर नारी मन न हो, उनको मनलाई इन्द्रिय सुखले तानीसकेको थियो । राजको यो कुरालाई रानीले अस्वीकार गरिन् । रानीले गहना लगाउने जिद्दी छाडिनन् । आखिरी राजाले हार मानेर रानीलाई गहना बनाई दिन करै लाग्यो । राजाले रानीलाई गहना बनाउने कुराको सल्लाह गर्न मन्त्रीलाई बोलाउन पठाए । मन्त्रीको आगमन पछि राजाले रानीको इच्छाको कुरा सुनाए । यो कुरा सुनी मन्त्रीले ढुकुटीको धन झिक्ने कुरा उठाए । मन्त्रीको यस्तो कुरा सुनी राजाले भने – मन्त्री ढुकुटीको पैसा हाम्रो होइन, त्यो त प्रजाको पैसा हामीले जिम्मा लिइरखेको मात्र हो । यो नासो धन प्रजासंग नसोधी हाम्रो लागि त के कुनै पनि काममा खर्च गर्नु हुदैन ।

यतिसम्म की मेरो राज्यभिषेकलाई समेत त्यो धन खर्च गरेनौ । त्यो धन खर्च गर्नु पर्ला भनेर राज्यभिषेक नै स्थगित गर्न लगाएका थियौ तर यो कुरा पछि प्रजाहरुले थाहा पाएर आफैले चन्दा दिई राज्यविषेक गरि दिए । त्यस बेला हाम्रो कत्रो नाम रह्यो । कति देशले प्रसंशा गरे । कति राम्रा राम्रा काम भएका थिए त्यति बेला । प्रजाहरुले कति खुसी भई काम गरेका थिए । देशमा देशबासीले आफ्नाे ठानी काम गरे मात्र राजा र राज्यको हित हुन्छ । राजाले मन्त्रीलाई सरकारी कोषको बारेमा यसरी भन्छन् – सरकारी कोषको पैसा सुटुक्क झिकेर रानीलाई गहना बनाइ दिए पछि कसरी प्रजालई हिसाब देखाउने ? त्यसो गर्नु त देशको धन चोर्नु हो । देशको धन सुटुक्क् लिनेलाई चोर भन्छन् । के हामी चोर बन्ने ? चोरलाई दण्ड दिने अधिकार चोरलाई नै हुदैन । के तिमीले मलाई राज्य छोडेर जाउ भनेको हो ? सरकारी ढुकुटीबाट पैसा निकाल्ने काम म बाट हुन सक्दैन । आइन्दा यस्तो कुरा उठायौं भने या तिमी म काहाँ आउन पाउने छैनौ या म राज्य त्याग गरी हिड्ने छु । त्यसकारण तिमीले अर्को उपाए सोच । राजाको यस्तो कुरा सुनी मन्त्रीले बिन्ती गरे – “महाराज” त्यसो भए हाम्रो राज्यका जेठा पाकाहरुलाई भेला गर्नु प¥यो । उहाँहरुले जसो भन्नु हुन्छ त्यसै गर्नु पर्ला । यो प्रस्ताव राजाले स्वीकारे । राजाको आदेशले सबै गन्य मान्य व्यक्तिहरु भेला गराईयो । मन्त्रीले सबै गन्य मान्य व्यक्तिहरुको अगाडी रानीको इच्छा र राजको विचार सुनाए । यो कुरा सुनी टोल टोलका थकालीहरुले परस्पर सल्लाह गरी विन्ती गरे – महाराज ! महारानी हामीहरुका राजमाता हुन् । उहाँको इच्छा जसरी भए पनि हामीहरले पुरा गरी दिनु पर्छ । त्यसकारण छिमेकीहरुबाट दिन इच्छुक जस्ले जे दिन्छन्, उनीहरुबाट ६–६ पैसा चन्दा उठाई गहना बनाएर चढाउन ल्याउने छौ । यस निर्णयलाई राजाले विवस भई मान्यता दिनु प¥यो । भोली पल्टै प्रजाहरुले गहना बनाई राजा र रानीलाई चढाउन ल्याए । रानी ती गहना लिएर आफ्नाे खापी (कोठा) मा पसिन् । तिनले गहना लगाईन र अघि पछि जस्तै गाग्रो लिएर उनि दरवारको हाता भित्र रहेको भण्डारखालको धारा तिर लागिन् । धारा पोखरी पारी थियो । रानीको साथमा राजाले एउटी संगिनी पठाई दिएका थिए । रानी पनि राजाले भनेको मान्ने र प्रजाप्रति राम्रो सोचराख्ने भएको हुनाले पतिव्रता थिईन् । पानी लिन जाँदा पोखरीको विचमा फुलेको कमलको फुलमा टेकेर जाने गर्थिन तर रानीलाई केहि हुदैन थियो । रानीले पानी भरेर ल्याउथिन् । उनी गहना लगाएर पानी लिन सधै झै कमलमा टेकेर जान लाग्दा कमलको फुल पानी भित्र डुब्यो । रानीसंग गएकी संगिनीले हत्त र पत्त समाते रानीलाई पोखरीबाट डुब्नबाट बचाईन् । यस घटनाबाट रानीलाई आफुले आफ्नाे राजाले प्रजा प्रति कहिल्यै पनि नराम्रो नसोचेको र शासनमा पनि नराम्रो नगरेको हुनाले उन्ले आफुले राजाले भनेको कुरा नमान्दा आप्mनो धर्ममा तल माथि हुन गयो की भनेर चिन्तित भई विषाद ग्रस्त भएर डाको छोडेर रुन लागिन । यो कुरा राजाले थाहा पाई रानी रोएको स्थानतिर गए । जब राजा त्यहाँ पुगे, रानीले राजाको कुरा नमानेर जिद्दि गरी गहना बनाउन लगाएको हुनाले या घटना भयो भनी राजाको पाउँ समाति रुदै त्यो घटना बताउँदै मन थाम्न नसकेर रोएको कुरा जाहेर गरिन् । रानीको कुरा सुने पछि राजाले भने–रानी । बिषय वास्ना, रतिरागात्मक काम वासनामात्र होईन । यो त त्यसको प्रधान अंगमात्र हो । तिनका धेरै अरु उपाङ्गहरु छन् । रुखको मूख्य अंग जरा हो भने काण्ड, शाखा पात ईत्यादी उपाङ्ग हुन् । उपाङ्ग बिना त्यसको पूर्ण रुप हुन सक्दैन । त्यसै गरि कामवासनाबाट अलग हुदैमा पतिव्रत्य धर्म पनि पूर्ण हुन होईन । यो त त्यसको प्रधान अंगमात्र हो । तिनका धेरै अरु उपाङ्गहरु छन् । रुखको मूख्य अंग भनेको जरा हो भने काण्डा, शाखा, पात ईत्यादी उपाङ्ग हुन् । उपाङ्ग बिना त्यसको पूर्ण रुप हुन सक्दैन । उपाङ्ग बिना त्यसको पूर्ण रुप हुन सक्दैन । त्यसै गरी कामवासनाबाट अलग हुदैमा पतिव्रत्य धर्म पनि पूर्ण हुने होईन । पतिव्रात्यका उपाङ्ग मध्ये पतिको कुरा मान्नु पनि एक हो । मैले तिमीलाई गहना लगाउनु उचित छैन भने तर तिमीले मानिनौ । सत्या सत्यको विवेक गरि पतिका कुरा मान्नु पर्छ । त्यसैले गर्दा तिम्रो मात्र होईन, मेरो सत्यमा समेत भुईचाले आईरहेको छ । तिमीले गहना लगाउनाले हामीमा परिग्रहको दोष आएको छ । परिग्रह भनेको व्त बिरुद्दको कार्य हो । हामीले सार्वभौम महाव्रतके पालना गर्नु पर्छ । सार्वभौम व्रतमध्ये परग्रह पनि एउटा हो । यो व्रत भएन भने हाम्रो सिद्धि कम हुदै जाने छ । त्यसैले व्रतबन्ध गर्दा हामीलाई यो उपदेश दिईएको थियो ।

सर्बेसामेषमेव शौचानामर्थ शौंचं परम् स्मृतं ।
योऽर्ये शुचिःसशुर्नि मृघारिशुचिःशुचिः ।।
सबै शौच मध्ये अर्थ शौच ठूलो छ । जुन मानिस धनमा पवित्र हुन्छ, त्यसलाई पवित्र भन्नु पर्छ । केवल माटो र पानीले चोख्याउदैमा पवित्र होईदैन । त्यसैले हामी धनमा पवित्र हुनु पर्छ । पवित्र भावनाले पवित्रकार्यद्वारा आफैले परिश्रम गरि कमाउनुलाई अर्थशौंच भन्दछन् । अरुले दुःख गरि कमाएको धनलाई छलकपट गरि लिनुलाई स्तेय भन्दछन् । स्तेयको अर्थ चोर्नु हुन्छ । विना परिश्रम अरुको धन लिनु नै चोर्नु हो । नचोरी नढाटी एउटा मानिसले करौडौ रुपैया कहिल्यै कमाउन सक्दैन । त्यसरी मानिसले धेरै रुपैया जम्मा गर्नुलाई परिग्रह भन्छन् । यो योगको एक बाधक अंग हो । यसबाट योगमा भ्रष्टता आउने छ र सिद्दि कमी हुदै जानेछ ।

 तिमीमा आएको परिग्रहको हेतु यहि गहना हो । त्यसैले तिम्रो सिद्दि हराएको हुनाले तिमी कमलको पूलमाथि अड्न सकिनौ र पानीमा डेब्न लागेकी हौ । यदि यहिचाल रहिरह्यो भने समाजको दृष्टिबाट पनि गिर्ने छौ । समय अझै पनि बाँकी छ, गहना फुकाल मन शुद्ध गर, तिमीमा त्यो सिद्धि तुरुन्त आउने छ । सिद्धिबिना तिमीमा महत्व आउन सक्दैन । रानी रहिरहन तिमीमा चारित्रिक महत्व हुनुपर्छ । गहना भनेको महत्वको चिन्ह होईन । त्यो निचतिर धकेल्ने साधनमात्र हो । साधारण व्यक्तिले गर्न नसक्ने पुरुषर्थ भनेको योगबाट आएने सिद्धि हो । यहि हामे कूल परम्परामा सबैले पाई आएको फल हो । यो फल भएन भने कूलबृक्ष बेकार हुनेछ । कूल वृक्ष बेकार भए पछि हाम्रो राज्य पनि रहने छैन । त्यसैले हामीले नित्य सिद्धिरुप फल पाईने कार्य गर्नु पर्छ । त्यस फलको रस अरुलाई पनि चखाउनु पर्छ । अनि मात्र हामी माननीय हुने छौ र हामीलाई सबैले मान्नुमा सार्थकता रहन्छ । मेरा गुरुले व्रतबन्ध गर्दा र गुरुकूलमा रहँदा यहि सिकाउनु भएको थियो । यसको पालना नगरे गुरुको आज्ञाको उल्लंघन हुने छ र दोष लाग्ने छ जसको परिणाम समेत हामीले भोग्नु पर्ने छ । यी सबै देशका प्रधान हेतु स्तेय र परिग्रह हुन् । राजाको उपदेशलाई ग्रहण गरि रानीले सबै गहना फुकालिन र गाग्रो लिएरपानी लिन धारातिर पहिले कै बाटो कमलको फुलमा टेकेर गईन । तर यसपालि पहलेको जस्तो घटना घटेन ।

यो देखेर रानीले मनमा गहना लगाउने विचार कहिल्यै पनि गरिनन् । राजाले भने अनुसारको काम रानीले गर्दै गईन् र समय विताउन थालिन । यसपछि राजाको परिवारमा कहिल्यै पनि परिग्रह दोष हुने घटना कहिल्यै आई परेन । राजा र रानी सत्यतापुर्वक सरकारी कामकाज चलाई सुविस्ता साथ दिन बिताउन थाले । यसरी सिद्धि र योगलाई आफ्नाे अभिन्न अंग बनाई शासन चलाउने राजाहरु धेरै थिए । ती राजाले आफु सत्यमा बसी शासन चलाउने र प्रजा (हालका जनता) पनि राजाको शासनदेखि खुसी थिए । त्यतिबेलाका राजा प्रजा अहिलेका जस्ता धनी थिएनन् । तर समाजमा किर्ती राख्ने, जीवनपयोगि हुने काम गर्थे । त्यसको ज्वलन्त उदाहरणको रुपमा अहिले पनि टोल टोलमा भएका धारा, पोखरी, पाटी, पौवा, सत्तल, मन्दिर आदी कृतिलाई लिन सकिन्छ । हेरचाह गर्न सकिएको भए दशौ हजार बर्षसम्म टिक्ने ढुङ्गाका बाटोहरु अहिलेसम्म पनि छदैछन् । तर धेरै नष्ट भएर गए । यसरी प्रजालाई सुखी र खुसी राख्न आफ्नी रानीलाई समेत गहना लगाउन बन्चित राख्ने ती राजा हुन् तत्कालिन पाटनमा राज्य सत्ता सञ्चालन गर्ने राजा सिद्धिनरसिंह मल्ल । यसरी देश र जनता प्रति शुद्ध, राम्रो, स्वच्छ, भष्ट्राचार विरुद्ध, आफु भन्दा जनता ठूला हुन् भन्ने र जनता धनी भएमा हामी पनि स्वतः रुपमा धनी हुन्छौ भन्ने सोच विचार राखी हालको प्रजातान्त्रिक गणतन्त्र नेपालका नेताहरुले राज्य सत्ता सञ्चालन गरेमा निश्चित रुपमा नेपाल संसार कै सुन्दर, धनी र सुखी देशको रुपमा विश्वले अहिले भन्दा पनि अझ बढी रुपमा हेर्न र चिन्न पाउने थिए । यसको लागि हालका नेपाली राजनितिक दल जस्ले शासन सत्ता चलाएका छन्, उनीहरुले देश प्रति चिन्तन मनन गरि देश भक्ति भावना जागृत हुन पर्ने अति जरुरी देखिएको छ ।

 यदि यी कुराहरुलाई ध्यानमा राखी शासन संचालन गरेमा अवश्य पनि नेपाललाई पहिलो प्राकृति रुपले सजिएको र विकाशको क्रममा सबैतिर हुनु पर्ने बिकाश भई सकेको भएमा वास्तव मै नेपाल विश्वको एक नम्बर सुन्दर देशमा पर्ने थियो र नेपाली जनताले गर्वका साथ भन्न पाउँथे “हामी नेपाल हाम्रो नेपाल” भने विश्वले सानो भए पनि देश भनेको त नेपाल जस्तो सौन्दर्यताले भरिपूर्ण हुनु पर्छ भनि संसारको जुनसकै कुनामा गए पनि नेपाल वर्णन गर्न पछि पर्दैनथे होला । अन्यथा अहिलेको अवस्थाबाट पनि विग्रेर भताभुङ्ग र लथालिङ्ग भएर जान सक्ने अवस्था नआउला भनेर भन्न सकिन्न ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img