spot_img

राजतन्त्रकाे पक्षमा किन भइरहेको छ देशभर प्रदर्शन ? के राजा फर्किएलान् त ?

spot_img

काठमाडाैँ,केही दिनदेखि देशभर विभिन्न सहरमा राजतन्त्र पुनर्स्थापना र नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने मागसहितको प्रदर्शन भइरहेका छन्। राष्ट्रिय शक्ति नेपाल अभियान लगायत विभिन्न नामका समूहको नेतृत्वमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको छ। सोमबार दिउँसो राजधानी काठमाडौंमा पनि यो समूहले प्रदर्शन ग¥यो।

नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएको १२ वर्ष बितिसकेको छ। जनताले चुनेको संविधानसभाले नयाँ संविधान जारी गरी त्यस संवैधानिक व्यवस्था अनुसार मुलुक अघि बढिरहेको छ।

संविधान निर्माणपछि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले करिब दुई तिहाइ बहुमत ल्याएर सरकार चलाइरहेको छ। देशमा गणतन्त्रसहितका परिवर्तन ल्याउन संघर्ष गरेको र परिवर्तनकारी भनिएको दलकै हातमा सत्ता छ। मुलुक संघीय प्रणालीमा गएको छ। स्थानीय तह, प्रदेश, केन्द्र सबै ठाउँका सरकारको नेतृत्व अहिलेको व्यवस्था स्थापनाका लागि संघर्ष गरेको शक्तिले नै गरेको छ।

उद्यपी वर्तमान सरकारको काम कारबाहीप्रति भने सत्तारुढ दलभित्रै तीब्र असन्तुष्टि देखिएको छ। यतिखेर सत्तारुढ पार्टी नै आन्तरिक विवादमा फसेको छ। जनताले ठूलो भरोसा गरी सुविधाजनक बहुमत दिएर पठाउँदा पनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लागिरहेको छ। आफूले ठूलो संघर्ष गरी ल्याएको व्यवस्थामा पनि पुरानै तरिकाका व्यथिति, अनियमितता, उस्तै कार्यशैली देखेर जनतामा एक किसिमको निराशा देखिन्छ।

राजतन्त्रको पक्षमा वकालत गर्दै आएका दल, समूह तथा वुद्धिजिवीहरुले पूर्वराजाले आफ्नो गुमेको शक्ति फर्काउन कदम चाल्ने उपयुक्त बेला भएको अभिव्यक्ति दिँदै आएका छन्। जननिर्वार्चित सरकारप्रति जनतामा असन्तुष्टि बढेको र सत्तारुढ पार्टी नै आन्तरिक किचलोमा फसिरहेका बेला देशभर भएका यस खालका प्रदर्शनलाई अर्थपूर्ण मानिएको छ। गणतन्त्रवादीहरु ससंकित हुने र पूरानै व्यवस्थाका पक्षपातीहरु आशावादी हुने अवस्था देखा परेको छ।

के अब साँच्चै नेपालमा राजतन्त्र फर्किएला ? के जनताले अहिलेको व्यवस्थाको विकल्पमा गद्दीच्यूत गरिएका राजा ज्ञानेन्द्र र उनीपछि पारस शाहलाई रोज्न तयार भएका हुन् त ? गणतन्त्रप्रति नै जनतामा वितृष्णा जागेकै हो र ? जस्ता प्रश्नहरु खडा भएका छन्। राजतन्त्र पक्षधरहरुले ‘सबै बेथिति गणतन्त्रले नै ल्याएको हो’ भन्ने कोणबाट जनमत निर्माण गर्न खोजिरहेका छन्। गणतन्त्र नेपाली जनताको चहाना नै नभएको र यो विदेशीले लादेको व्यवस्था हो भन्ने तर्क उनीहरुको छ।

गुटको राष्ट्रपति भन्दा राजा ठिक

अहिले देशभर भइरहेको प्रदर्शनको अगुवाइ गरिरहेको राष्ट्रिय शक्ति नेपाल अभियानका अध्यक्ष केशरबहादुर विष्ट राजसंस्था पुनर्स्थापनाको अभियानमा जनताको व्यापक साथ पाइरहेको बताउछन्। जनताको साथ, सहयोग हेर्दा चाँडै नै नेपालमा राजसंस्था, हिन्दुराष्ट्र लगायतको मुद्दा स्थापित हुने दावी विष्टको छ।

‘कहिले फर्किन्छ ? कसरी फकिन्छ ? भन्ने कुरा होइन देशलाई राजसंस्था चाहिएको छ’ विष्टले फरकधारसँग भने, ‘हामीले जनतामाझ लाने हो, त्यसमा जनताको साथ कति रहन्छ ? त्यसकैका आधारमा निर्णय हुन्छ।’ आफ्नो मुद्दामा जनताले साथ दिनेमा विष्ट विश्वस्त छन्।
कुनै एउटा पार्टीको, कुनै पनि गुटको मात्रै राष्ट्रपति हुनुभन्दा देशको राजा हुनु नै उपयुक्त भएको उनको भनाइ छ। संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य नेपाल र संघीयता खारेजी आम नेपाली जनताको चाहना भएको विष्टको दावी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img