spot_img

माफियागिरी गर्ने हजारौं केसका फाइल खोलिँदै छःप्रधानमन्त्री दाहाल

spot_img

गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवासजस्तै सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर माफियागिरी गर्ने हजारौं केसको फाइल खोल्ने बताएका छन् । सिरानचोक गाउँपालिकामा शनिबार भएको जनप्रतिनिधि तथा सिरानचोकवासीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अनेक जालझेल गरेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने माफियागिरी देशभर नै रहेको बताए । ‘देशका विभिन्न ठाउँमा सरकारी जग्गालाई जाली फटाहाहरुले अनेक जालझेल गरेर सरकारी कर्मचारी प्रलोभनमा पारेर वा कुनै तरिकाले सरकारी जग्गा व्यक्तिको नाममा आउने माफियागिरी देशभर नै छ,’ उनले भने ।

ललिता निवास सुरुआतमात्र भएको उनले बताए । ‘त्यो केन्द्रको जग्गाको कुरो भयो, त्यहाँ हाम्रो उद्देश्य कसैलाई फसाउने होइन,’ उनले भने । जालझेल गरेर सरकारको जग्गा कसैको लगेको छ भने कारबाही हुने दाहालले बताए । ‘यस्ता हजारौं केस आउँदैछन्, त्यसको फाइल खोल्दै जानुपर्छ, राज्यको दुरुपयोग गर्ने जालीझेलीलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।

सुन तस्करीको जालो तोड्न आफ्नै विशेष अभिरुचीका साथ अनुसन्धान प्रक्रिया सुरु भएको पनि उनले बताए । ‘अनुसन्धान प्रक्रिया सुरु गर्दै जाँदा सेटिङमा संलग्न भएका २७÷२८ जना गिरफ्तार भएका छन्, यो पार्टी त्यो पार्टी भन्ने छैन, जुन पार्टीका जुनसुकै स्तरका नेता कार्यकर्ता भए पनि कर्मचारी भए पनि उनिहरुमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ,’ उनले भने ।

ललिता निवास प्रकरण, सुन तस्करी तथा मिटरब्याज पीडितको आवाजलाई सम्बोधन गर्ने सँगै लघुवित्त वा सहकारीका वेथितिविरुद्ध पनि नयाँ अभियान सुरु भएको उनले बताए । गरिब र निमुखालाई मात्र कानुन लाग्छ, ठूला नेता, मन्त्री, सचिव पदाधिकारीलाई लाग्दैन भनेजस्तो बुझाईलाई बदल्ने जमर्को गरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘यदि कोही दोषी छ भने मन्त्री, नेता भए पनि, पदाकारी भए पनि छुट पाउन सक्दैन,’ उनले भने, ‘मानिसहरुलाई भष्टाचारविरुद्ध र सुशासन पक्षमा सुरु गरेको अभियान प्रचण्ड सरकारले आफ्ना मान्छे बचाउँछ, आफ्ना मान्छे परे भने कारबाही नगर्ने अरुलाई गर्ने भनेर पनि प्रचार भयो, अनुसन्धानकर्तालाई मैले भनिसकेको छु, दोषी पत्ता लगाउँदै जाँदा अनुसन्धान गर्दै जाँदा प्रधानमन्त्री देखिए पनि नछाड्नु, बयान लिन जरुरी परे, गिरफ्तार गर्नुपर्छ भने पनि गर्नु भनेर निर्देशन दिएको छु ।’

न्याय र समानताको आन्दोलनलाई कमजोर बनाउने काम भष्टाचारले गरेको उनले बताए । ‘यो सुरुआतमात्र हो, निरन्तर अघि लानुपर्छ । माथिदेखि तलसम्म भष्टाचारको जालो जबसम्म तोडिँदैन, सुशासन स्थापित हुँदैन,’ उनले भने, ‘सुशासनको अभियान रोकिन हुँदैन, तलबाट आवाज उठाइदिनुभयो भने सरकारको लागि उर्जा हुन्छ, मनोबल पैदा हुन्छ ।’

प्रधानमन्त्री दाहालले शनिबार नै पालुङटार नगरपालिका–२ आपपिपलमा भएको जनयुद्धका सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको २४ औँ स्मृतिसभालाई सम्बोधन गरेका थिए । दाहालले शनिबार अजिरकोट, सिरानचोक र आपपिपलमा भएको तीनवटा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img