spot_img

स्याङ्जा प्रहरीको ‘आई लभ यु बुढी गुट नाइट’ नयाँ अभियान शुरू

spot_img

स्याङ्जा,काम गर्ने प्रेरणाको पहिलो स्रोत घर–परिवार हो भन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँगको मायालाई अझ गाढा बनाउन नौलो अभियान शुरु गर्नुभएको छ ।

परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह गर्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप बढ्दै जान्छ । समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुधारको पाटोतिर लम्कनुपर्ने भन्दै यस्तो अभियान लगाएको एसपी बोगटीले जानकारी दिनुभयो । बोगटीले ल्याउनुभएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर–परिवारसँग कम्तीमा पनि एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आई लभ यु बुढी वा छोराछोरी’ भन्नै पर्ने अभियान शुरु गरिएको छ ।

परिवारसँगै हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उहाँले बताउनुभयो । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर–परिवारसँगको सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ । घर–परिवारसँग राम्रो सम्बन्ध भएन भने उत्साहका साथ काम गर्ने जाँगर नआउने भन्दै यसो गरिएको उहाँले दाबी गर्नुभयो । यति मात्रै होइन, यसरी घर–परिवारसँगको सम्बन्ध कस्तो छ, नियम पालना गरिएको छ कि छैन भनेर बेला–बेलामा प्रहरी कर्मचारीको घर–परिवारलाई फोन गरेर सोध्ने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिनैपिच्छे दुई दिन बिदामा घर जान पाइने र घर टाढा हुनेले बढीमा ६ महिनामा घर बिदामा जानैपर्ने, एकमुष्ट ६ महिनामा जाँदा १८ दिन बिदा पाइने पनि उहाँको कथन छ । दुई÷तीन वर्ष घर जान नपाउने र कहिलेकाहीं मात्रै फोन गर्दा परिवारसँगको सम्बन्धमा निकटता नहुने भन्दै पारिवारिक निकटताका लागि यसो गरिएको बोगटीको तर्क थियो ।

‘यहाँ म आउँदा कोही दुई÷तीन वर्षदेखि घर जान नपाएको भन्दै बस्नुभएको थियो । अहिले सकेसम्म प्रत्येक महिना वा बढीमा ६ महिनाभन्दा बढी घर बिदामा नगएको कोही हुनुहुन्न ।’ –बोगटीले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो । कर्मचारीलाई उत्प्रेरित गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको उहाँको तर्क छ ।

पारिवारिक सम्बन्ध राम्रो भए÷नभएको दैनिक फोन गरेको÷नगरेको वा बिदामा घर गएको नगएको चेक गर्ने जिम्मेवारी सम्हाल्नुभएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार जिल्लामा कार्यरत प्रहरी कर्मचारीको पारिवारिक सम्बन्ध राम्रो पाएको बताउनुभयो ।

पारिवारिक सम्बन्ध राम्रो नहुँदा हातहतियार आफैसँग हुने प्रहरीहरुले ती यन्त्र आफैमाथि प्रयोग गरेका समाचार कहिलेकाहीं सुनिने गरिन्छ । पारिवारिक सम्बन्धका कारण प्रहरी जवानहरुले आत्महत्या गर्ने प्रवृत्ति पनि रोकिएर जाने उहाँले बताउनुभयो ।

‘शुरु–शुरुमा त निकै लाज लाग्थ्यो तर अहिले त बानी परेको छ ।’ –स्याङ्जामा कार्यरत एक प्रहरी जवानले भने । पहिलो दिन त बुढीले अचम्म मान्दै के भनेको यस्तो भन्न लाज लाग्दैन भन्दै गाली गरेको ती जवानले बताए ।
आजभोलि त घर–परिवार पनि फोन कुरेर बस्ने गरेका र कहिलेकाहीं बाहिर गएर फोन गर्न अलि ढिला भयो भने घर–परिवार नसुत्ने गरेको भन्दै यो अभियानले पारिवारिक सम्बन्ध निकै दरिलो बनाएको ती जवानले तर्क गरे ।

काठमाडौं प्रहरी परिसर टेकुमा बस्दा अब्बल प्रहरी अधिकृतको छवि बनाउनुभएका एवं महानगरीय अपराध महाशाखामा समेत काम गरेको अनुभव बटुलेर स्याङ्जाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै बोगटीले यहाँका आपराधिक क्रियाकलापमा सक्रिय फरार अभियुक्तलाई पक्राउ गर्ने काममा तीव्रता दिनुभएको छ ।

जिल्ला आएदेखि नै ऐतिहासिक काम गर्न सफल हुनुभएका बोगटीले एकै दिन १ सय ११ जना फरार अभियुक्त पक्राउ गरेर जिल्लामा मात्रै होइन, देशकै लागि नमुना प्रहरी प्रमुख बन्नुभएको छ । नेपाल समाचार पत्रमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img