spot_img

पहाडी क्षेत्रमा बढे दुर्घटनाः “जनयुद्धमा भन्दा धेरै सर्वसाधरणले ज्यान गुमाउदै छन् सडक दुर्घटनामा”

spot_img

रूपक यात्री,काठमाडाैँ

रोकिएन दुर्घटना, लगातार मानवीय क्षति

मंसिर २१ गडोटीमा शनिबार राति भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने घटनामा अन्य ४ जना घाइते भएका छन् । दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ मा दुर्घटना भएको थियो । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यस्तै मंसिर २० गते मात्रै हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका थिए । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यि त केवल पछिल्लो समय भएका केहि प्रतिनिधि दुर्घटना मात्रै हुन् । आखिर पहाडि इलाकामा किन बढिरहेका छन् सवारी दुर्घटना ?

दुर्घटनामा दैनिक ७ जनाको मृत्यु, पहाडी क्षेत्रमा बढे दुर्घटना

बितेका ५ वर्षको सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा भयावह स्थिति देखिन्छ ।

६ वर्ष  ४ महिनामा नेपालमा ६० हजार दुर्घटना भएको प्रहरी तथ्याङ्क छ । दुर्घटनामा १४ हजार  ६ सय ३४ भन्दा बढीको मृत्यु भएको छ । प्रहरीका अनुसार, २०७१ र ०७२ मा ९ हजार १ सय ४५ सवारी दुर्घटनामा २ हजार ४ जनाले ज्यान गुमाए । २०७२ र ०७३ मा १० हजार १३ सवारी दुर्घटनामा २ हजार ६ जनाको ज्यान गयो । यस्तै २०७३ र ०७४ मा १० हजार १ सय ७८ दुर्घटनामा भए र २ हजार ३ सय ८४ जनाको मृत्यु भयो । २०७४ र ७५ मा २ हजार ५ सय ४१ जनाको मृत्यु भयो । यस्तै २००७ र ०७६ मा १३ हजार ३ सय ६६ दुर्घटनामा २ हजार ७ सय ८९ जनाको मृत्यु भयो । २०७६,७७ मा २२ सय ५५ को मुत्यु भयो । चालु आर्थिक वर्षको ४ महिनामै ५ हजार ६ सय ४ दुर्घटनामा ६ सय ५ को मृत्यु भैसकेको छ ।

स्राेत नेपाल प्रहरी

नेपालमा हरेक दिन ३७ देखि ४० सम्म दुर्घटना हुने गरेका छन् । उसो त हरेक दिन नेपालमा सवारी दुर्घटनामा ७ जना नागरिकको मृत्यु हुने गरेको छ । १२ जना गम्भीर घाइते हुने गरेका छन् । नेपाल प्रहरीको यो तथ्याङ्क हेर्दा वार्षिक १४ हजार भन्दा बढी सवारी दुर्घटना भइरहेका छन् । वार्षिक सवारी दुर्घटनामा २ हजार ५ सय ५५ जनाले ज्यान गुमाउनु परेको छ भने ४ हजार ३ सय भन्दा बढी घाइते हुने गरेका छन् ।अझ मृत्यु हुनेमा ३० प्रतिशत बालबालिका अर्थात् देशका कर्णाधार छन् । देशलाई चाहिने असल नागरिक भकाभक सवारी दुर्घटनामा परेका छन्–मरेका छन् । देश हाँक्ने अशल नागरिक अकालमा मृत्युवरण गरिरहेका छन् ।

चालककै कारण दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय त पहाडी इलाकामा ठूला सवारी दुर्घटना भइरहेका छन् । सडकको अवस्था र तीव्र गतिका कारण पहाडी इलाकामा अत्यधिक दुर्घटना हुने गरेका छन् । ट्राफिक प्रहरी पनि शहरमा मात्रै केन्द्रित देखिन्छ । समयमै पहाडको ट्राफिक व्यवस्थापनमा ध्यान नदिने हो भने निकट भविष्यमा यस्ता दुर्घटना नदोहोरिएलान् भन्न सकिन्दैन । पहाडी इलाकामा सोचेअनुसार ट्राफिक प्रहरी राख्न नसकेको प्रहरी पनि स्विकारोक्ति छ । तर चालकले ट्राफिक नियमको पालना गरे निकै हदसम्म दुर्घटना कम गर्न सकिन्छ भन्नेमा शंका छैन ।

चालक, सडकको अवस्था र पुराना सवारी साधन सडक दुर्घटनाको मुख्य कारण
सडकलाई देश विकासको सबैभन्दा महत्वपूर्ण पूर्वाधार मानिन्छ । विकासक्रमसँगै नेपालमा सडक विस्तारको क्रम पनि तीव्र छ । तर सडकमा सवारी दुर्घटनाको संख्या बढिरहेको छ । सवारी सञ्चालन, यात्रुको दौडधुप, सडकको अवस्था र यसको नियमन जुनसुकै क्षेत्रमा लापरबाही छ । सडकको दूरावस्था, सवारी धनी, चालक र यात्रुको लापरबाही तथा सरकारी गैरजिम्मेवारीपनाका कारण सवारी दुर्घटना र त्यससँग सम्बन्धित घटना बढिरहेका छन् । सानो होस् या ठूलो दुर्घटना नभएको दिन नै छैन ।

अत्यधिक गति, मादक पदार्थ सेवन, सवारी चलाउँदाचलाउँदै निदाउने चालकका देखिएका कमजोरी हुन् । चालकपछि दुर्घटनाको अर्को कारक होः थोत्रा सवारी साधन । चालकले चाहेर पनि सवारी साधन नियन्त्रणमा ल्याउन सक्दैन । अर्कातिर यिनै थोत्रा सवारी साधनले रुट परमिट पाएका छन् र यात्रुलाई गन्तव्यमा पुग्नै पर्ने बाध्यता छ । थोत्रा सवारी साधनमा क्षमता भन्दा बढी भारवहनले पनि दुर्घटना हुने गरेको छ । नेपालका अधिकांश रुटमा कुनै नै कुनै यातायात कम्पनीको सिन्डिकेट जीवितै छ । त्यसैले दुर्घटना नरोकिएको पोखरेलको भनाइ छ ।

चालक, सवारी साधनपछि दुर्घटनाको अर्को प्रमुख कारक होः नेपालका जिर्ण सडक । सडकमा कहीँ कतै देखिने अलकत्राको कालो टाटोले भन्छः यो सडक कुनै कालखण्डमा पिच भएको थियो । ठेकेदारले समयमा काम नगरिदिने, गर्दा पनि गुणस्तरहीन गरिदिने र पछिल्लो पटक बाढीपहिरोको चपेटामा जनता झैँ नेपाली सडक पनि परेर जिर्ण बनेका छन् । भारबहन क्षमता भन्दा बढी चापका सवारी साधन र तनावमा रहने सवारी चालकका कारण सर्वसाधारणको एकै चिहान अर्थात् हत्या नै हुने गरेको छ भन्दा अन्यथा नहोला ।

सरकारको उदानिता,सडक दुर्घटनामा जादैँन ध्यान
२१ महिनाअघि सरकारले सबैभन्दा ठूलो फड्को मारेको भनेर घोषणा गरिएको क्षेत्र हो सिन्डिकेट अन्त्य । यातायात व्यवसायीले राजमार्गमा कब्जा गरेका छन् र थोत्रा सवारी साधन २० वर्ष नपुगी थन्कने छैनन् । घ्याच्चघ्याच्च गर्दै, क्षमता भन्दा बढी यात्रु बोक्दै गाडी चलिरहन्छन् । पहाडमा तिव्रगती,मापासे र ओभरलोडका कारण सवारी दुर्घटना बढिरहेका छन् ।

स्मरण होस् १0 वर्ष युद्ध हुँदा १७ हजार मान्छे मारिए राज्यपक्ष र विद्रोही पक्षबाट । त्यो मरण व्यवस्था परिवर्तनका लागि थियो । तर पछिल्लो पाँच वर्ष सात महिनामा १२ हजार ६ सय मानिस मरेका छन् सवारी दुर्घटनामा । १० वर्षे सडक दुर्घटनाको अवस्थालाइ हेर्ने हो भने १० वर्षे जनयुद्धमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

यस विषयमा राज्य पनि सम्वेदनशील बनेको देखिदैन । हरेक दिन सवारी दुर्घटनामा ७ जनाको अनाहकमा मृत्यु हुन्छ र १२ जना घाइते हुन्छन् । अझ भनौँ घाइते परिवारको जिन्दगी कसरी चलिरहेको होला भन्ने विषयमा राज्यको चासो गएको देखिदैन । सवारी दुर्घटना बारे राज्य बेलैमा सचेत नभए निकट भविष्यमा अवस्था भयावह हुनसक्छ र देश कुनै ठूलो युद्धमा हारेर बाँचेका घाइते अपाङ्गहरूको बस्ती हुने खतरा छ ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img