spot_img

माओवादीकाे केन्द्रीय कमिटि बैठकःउत्साहित नेतृत्व,वर्षमान, जनार्दन र गिरिराजमणिको एकै स्वर,कर्णालीका इन्चार्ज यादवले भनेःनेताहरू जाँड, रक्सी र जुवामा, कार्यकर्ता धम्की र घुर्कीमा

spot_img

काठमाडाैँ,नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले आफू इन्चार्ज रहेको कर्णाली प्रदेशको पार्टी कमिटीमा अनुशासनको समस्या रहेको रिपोर्टिङ गरेका छन् । पार्टी केन्दीय समितिको पाँचौँ पूर्ण बैठकमा रिपोर्टिङका क्रममा प्रदेश इन्चार्जसमेत रहेका यादवले कर्णालीमा संगठन राम्रो भए पनि कार्यकर्तामा अनुशासनको समस्या रहेको रिपोर्टिङ गरेका हुन् । ‘कर्णाली प्रदेशमा हाम्रो पार्टीको सबैभन्दा राम्रो संगठन छ । विशेषताका हिसाबले पनि फरक छ, तर साथीहरूको चिन्तनमा समस्या छ’, यादवले बैठकमा भने, ‘पार्टीको कार्यकर्ता पंक्तिमा धम्की र घुर्की देखाउने चलन देखिन्छ भने नेताहरूमा जाँड, रक्सी र जुवामा रमाउने संस्कार देखिन्छ । यस्तै लेबी शुल्क नबुझाउने समस्या पनि अन्य प्रदेशको जस्तै छ ।’

तर पार्टीका सबै कमिटीमा निर्णय भएको कुरा लागू गर्न भने सबै लाग्ने गरेको भन्दै उनले प्रशंसा पनि गरेका छन् । उनले कर्णालीमा पार्टी क्रान्तिको साधन हुन नसकेको, बरु नेता र कार्यकर्ता व्यवस्थापन गर्ने साधन जस्तो भएको उनले रिपोर्टिङ गरेका छन् ।

माओवादी बैठकमा मिलेको वर्षमान, जनार्दन र गिरिराजमणिको केमिस्ट्री

 नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाचौँ पूर्ण बैठकमा आइतबार २० जना प्रदेश इन्चार्ज र अध्यक्षले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गरेका छन् । रिपोर्टिङको सुरुमै राजधानी आसपासका क्षेत्रमा कार्यक्षेत्र परेका तीनवटा प्रदेशका इन्चार्ज र अध्यक्षले रिपोर्टिङ गरे । बाग्मती प्रदेश इन्चार्ज जनार्दन शर्मा, अध्यक्ष सरल सहयात्री, विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन र अध्यक्ष जगत सिंखडा तथा सम्पर्क समन्वय समितिका इन्जार्ज गिरिराजमणि पोखरेल र अध्यक्ष श्रीकृष्ण अधिकारीले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

पार्टीको अन्तर संघर्षमा एक अर्काका प्रतिस्पर्धी मानिएका शर्मा र पुन रिपोर्टिङका क्रममा एकअर्काप्रति नरम देखिए । सुरुमा शर्माले ‘तीनवटै प्रदेशको संयुक्त अभियान सञ्चालन भएको’ बताए । त्यसपछि रिपोर्टिङ गरेका पुनले ‘ मेरो रिपोर्टिङ जनार्दनजीले राखेजस्तै हो’ भन्दै रिपोर्टिङको सुरुवात गरे । त्यसपछि पोखरेलले पनि ‘मेरो पनि बर्षमान र जनार्दनजीले राखे जस्तै हो । हामीले संयुक्त अभियान चलाएका थियौं’ भनेर रिपोर्टिङ गरेका थिए ।

बागमती प्रदेश इन्चार्ज शर्माले राजधानी क्षेत्र भएका कारण जटिलता देखिएको बताए । उनले अभियानलाई विश्वविद्यालयका रूपमा लिएको भन्दै पार्टीमा चार प्रकारका प्रवृत्ति देखिएको बताए । ‘चारथरि कमरेडहरू पहिचान भएका छन्’, उनले भने, ‘खट्ने, खटेजस्तो गर्ने, अलिकति खट्ने र नखट्ने ।’उनले रामेछापबाट अभियान सुरु गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं गएको भन्दै माओवादी केन्द्र पनि ‘अन्य पार्टी भन्दा फरक नारा नभएको, ठूला व्यापारीसँग जोडिएको, सरकारका काम अझ प्रभावकारी नभएको, जबसहरुले जनताका मुद्दा नउठाएको, जीवनशैली बदलिएको’ विषय बैठकलाई जानकारी गराए ।

शर्माले अभियानबाट केन्द्रीय सदस्यहरूको मूल्यांकनको आधार दिएको, विगतका पार्टी सदस्य नक्कली भएको, उपत्यकामा पार्टी निर्माणबारे अनुसन्धान भइरहेको, तल्लो वर्गमा आशा पलाएको, अन्य पार्टी सतर्क भएको र तीनै तहका सरकारको बारेमा जनताबाट आलोचना भएको बताए । उनले माओवादीसँग काठमाडौं किन भड्कियो भन्ने व्याख्या समेत बैठकमा गरे । साथै, प्रचण्डले लोडसेडिङ हटाउने कुराको स्वामित्व नलिएको, काठमाडौँको १० नं निर्वाचन क्षेत्रमा चुनाव हार्दा र पशुपतिको पुजारीमाथि हस्तक्षेप हुँदा काठमाडौँमा जनमत भड्किएको शर्माको विश्लेषण छ ।

विशेष प्रदेशका इन्चार्ज पुनले ‘विशेष प्रदेशको कामको केन्द्र काठमाडौं उपत्यकामा भएको, तर यसमा सबै जिल्लाका विशेषताहरू देखापरेको’ बताए । ‘अभियानभन्दा काम थाती राखेर हिँड्ने, तर अभियान सकिएपछि फेरि हराउने र गर्नैपर्ने काम पनि नगर्ने समस्या हाम्रो पार्टीमा छ’, पुनले रिपोर्टिङका क्रममा भने ।

पुनले माओवादी फेरि पनि पहिलो पार्टी बन्ने सम्भावना रहेको धारणा बैठकमा राखे । ‘२०६४ सालमा हामीले ३० लाख मत ल्यायौं । त्यसयता १५ लाख र पछिल्लो चुनावमा १२ लाख मत ल्यायौं । अब यो हाम्रो कन्जरभेटिभ मत हो । यसबाट हामीले फड्को हान्नुपर्छ’, पुनले भने । सम्पर्क समन्वय समिति इन्चार्ज पोखरेलले ‘संयुक्त अभियान चलाउने क्रममा सबै समस्याको एकै पटक हल गर्न नसकिने र अलग–अलग बसेर हल खोज्नुपर्ने’ सुझाव दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img