spot_img

रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग नेपालकाे २ रनकाे झिनाे हार

spot_img

काठमाडौँ,त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बुधवार खेलिएको खेलमा पाहुना टोली नेदरल्यान्ड्सले नेपालमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपाललाई अन्तिम बलमा जितका लागि चार रन आवश्यक थियो । तर, नेपालले एक रन मात्र बनाउन सक्यो ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८२ रन मात्र बनाउन सक्यो ।

खेलको अन्त्यतिर दीपेन्द्रसिंह ऐरीले नेपाललाई जितको नजिक पु–याएका थिए । तर, २०औँ ओभरको तेस्रो र चौथो बलमा नेपालले क्रमशः करण केसी र दीपेन्द्रलाई गुमाएपछि नेपाल हारतर्फ उन्मुख भएको थियो । अन्तिम ओभर फाल्न आएका डच बलर रेलोफ भान डर मर्वेले आक्रामक बलिङ गर्दै नेपाललाई जितसम्म पुग्न दिएनन् ।

नेपालका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्रले अर्धशतकीय पाली खेले । उनले ३४ बलमा तीन छक्का र ६ चोकाको मद्दतले ६३ रन बनाएका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो आठौँ अर्धशतक हो ।

कप्तान रोहित पौडेलले पनि अर्धशतक बनाएका थिए । उनले ३६ बलमा दुई छक्का र ६ चौका प्रहार गरे । ओपनर आसिफ शेखले पनि टोलीको खातामा ३४ रन थपे । नेदरल्यान्ड्सका बलर मर्वे र साइब्रान्डले दुई–दुई विकेट लिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img