spot_img

रवि लामिछाने देखि रास्वपाकाे कोर टिम नै सहकारी ठग भएकाे भन्दै कांग्रेसद्वारा संसदमा हंगामा अन्य के के भने विश्वप्रकाशले?

spot_img

काठमाडाैँ,नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले रास्वपाका सहमहामन्त्री विपिन आचार्य समेत सहकारीको रकम अपचलनमा मुछिएको बताए । ‘रास्वपाका एक जना आचार्य थरका सहमहामन्त्रीजीको नाममा गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको देखिन्छ । सूर्य दर्शन सहकारीबाट एक करोड प्रवाह भएको देखिन्छ,’ सांसद शर्माले भने ।

यसअघि, प्रतिनिधि सभाकै बैठकमा कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको थियो ।

रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा आरोपित रहेको भनी संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले मंगलबार कांग्रेसका सांसदद्वय रामकृष्ण यादव र कान्तिका सेजुवालले अन्य दुई नेता समेत आरोपित रहेको भनी प्रश्न उठाएका थिए ।

बुधबारको बैठकमा कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले रास्वपाका सहमहामन्त्री आचार्यको नामै लिएर सहकारीको रकम अपचलनको प्रश्नमा रहेको बताए ।

साथै, रास्वपाको कोर टिम नै सहकारी ठगीमा आरोपित रहेको बताए । ‘नयाँ बनेर आएको दलको सम्मान गर्दैगर्दा देश दुनियाँले सुन्नेगरी आग्रह गर्न चाहन्छु– त्यहाँ भित्र एउटा कोर टिम रहेछ । जो यो (सहकारी ठगी) समग्र गतिविधिमा सामेल छ,’ महामन्त्री शर्माले भनेका छन्, ‘त्यहाँ (रास्वपा)भित्र कोर टिम छ भित्र गएर काम गर्छ । डोर टिम ढोकामा बसेर ढाकछोप गर्छ । पुअर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ ।’

कांग्रेसको दाबीः जीबी राई गृहमन्त्रीको सम्पर्कमा छन्

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहे पनि पक्राउ गर्न नचाहेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राई मलेसियामा रहेको सूचना आफूहरुसँग रहेको र गृहमन्त्री लामिछाने उनीसँग सम्पर्कमा रहेको जिकीर गरे । तर, जीबी राईलाई नेपाल ल्याउन किन ढिलाइ भइरहेको छ भनेर उनले प्रश्न गरे ।

संसदीय समितिको बैठकमा प्रहरी प्रमुखले सुपुर्दगी सन्धि नहुँदा जीबी राईलाई नेपाल झिकाउन नसकिएको अभिव्यक्ति दिएको प्रसंग जोड्दै महामन्त्री शर्माले भने, ‘म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु । मलेसियाको कानुनमा भनिएको छ कि कुनै पनि देशको कोही अभियुक्त छ भनेर सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्यो भने सुपुर्दगी गर्न सकिन्छ । जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिपक्षमा रहँदा सभापति लामिछानेले सरकारले जीबी राईलाई पक्राउ गर्नै नचाहेको भनेर आरोप लगाएको स्मरण गर्दै कांग्रेस महामन्त्री शर्माले अहिले आफू सरकारमा रहँदा गृहमन्त्री लामिछानेले राईलाई पक्राउ गर्न नचाहेको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img