spot_img

रेखाका दुई फिल्मको सुटिङ वैशाखमा

spot_img

अभिनेत्री रेखा थापाले चलचित्र ‘मल्लिका’ रिलिजपछि २ वटा सिनेमाको घोषणा गरिन् । तर, निर्माण घोषणाको २ वर्ष बितिसक्दा पनि उनका चलचित्र निर्माण हुन सकेका छैनन् ।रेखाले रेनशा बान्तवा राईको निर्देशनमा एउटा चलचित्रको घोषणा गरिन् । उनीसँगको औपचारिक सम्झौताको फोटो समेत सार्वजनिक भयो । तर, घोषणाको लामो समय निर्माण सुरु नभएपछि रेनशा आफ्नै घरेलु ब्यानर तिर लागिन् । उनको ‘आइ एम ट्वान्टी वान’ को झण्डै ८० प्रतिशत सुटिङ सकिएको छ ।अर्को फिल्म सवीर श्रेष्ठको निर्देशनमा बन्ने खबर सार्वजनिक भएको थियो । जुन चलचित्रमा रेखा आफैंले शीर्ष भूमिकामा

रहेर अभिनय गर्ने बताएकी थिइन् । चलचित्रका लागि सौगात मल्ल र दयाहाङ राई अनुबन्ध भएको खबर सार्वजनिक भयो ।यी दुवै फिल्म अहिलेसम्म हल्लामा मात्रै सीमित छन् । रेखाले अब आउने वैशाखमा चलचित्र निर्माण सुरु गर्ने बताएकी छन् । उनले वैशाखबाट फ्लोरमा जाने फिल्ममार्फत् आफू फरक अवतारमा देखा पर्ने पनि बताएकी छन् ।

बाँकी कलाकार र चलचित्र निर्माणको औपचारिक जानकारी दिने तयारीमा रहेकी रेखाले भनिन्, ‘इन्डस्ट्रीमा न
याँ कलाकारको धमकेदार इन्ट्री हुँदै छ ।’ दुई वर्षदेखि सुटिङ डेट तोकिँदै रोकिँदै गरेका रेखाका २ फिल्म आगामी वैशाखमा फ्लोरमा जान्छन्रजाँदैनन् त्यो भने त्यतिबेला नै थाहा हुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img