रूपक यात्री,ललितपुर
ललितपुरकाे महालक्ष्मी नगरपालिका र किष्ट मेडिकल कजेलविच वार्षीक समिक्षा तथा साझेदारी कार्यक्रम रक्त सञ्चार केन्द्र (ब्लट बैंक) स्थापनाकाे घाेषणा सहित सम्पन्न भएकाे छ। बुधबार सम्पन्न कार्यक्रममा नगरपालिका र कलेजकाे सहकार्यमा रक्त सञ्चार केन्द्र स्थापना गर्ने घाेषणा भएकाे हाे।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा नगर प्रमुख हरीगाेविन्द श्रेष्ठले नगरपालिका भित्र रहेकाे सबैभन्दा ठुलाे अस्पताल अर्थात नगरकाे गहना भएकाे बताउँनु भयाे। रक्त सञ्चार केन्द्र स्थापना एक ठुलाे उपलब्धि भएकाे बताउँदै नगरवासी लगाएत सबै विरामीहरूलाइ विशेष टेवा पुग्ने नगर प्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयाे। नगरवासीलाइ किष्ट अस्पतालकाे उपचारमा १५ प्रतिशत छुट सुविधाकाे व्यवस्था रहेकाे र अन्य जटिल विरामीलाइ पनि विशेष छुट रहेकाे जानकारी गराउँदै मेयर श्रेष्ठले नगरपालिले अस्पताललाइ गर्नु पर्ने सहयाेगका लागि सधैँ तत्पर हरेने प्रतिवद्दता जनाउनु भयाे।
अस्पताल निर्देशक प्रा.डा. सुरज ज्राचार्यले नगरपालिकाले बालबालिकाका लागि निःशुल्क खाेप,क्षयराेग सम्वन्धि निशुल्क अाैंषधी,परिवार नियाेजनका सामग्री वितरण र अस्पताल जाने बाटाे निर्माण सहित ट्राफिक व्यवस्थानमा सहयाेग पुगेकाे बताउँदै अझ धेरै सहयाेगकाे अपेक्षा रहेकाे बताए।
कार्यक्रममा नगरपालिका र अस्पताल विच थप सहकार्य र समन्वयका लागि समिति नै बनाउने निर्णय भएकाे छ। कार्यक्रममा नगरपालिकाका मेयर सहित अन्य वडा अध्यक्षहरू,कर्मचारीहरू र अस्पतालका कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे।



















