काठमाडौं, नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ।सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँ किनबेच भइरहेको छ।

















