spot_img

सत्ताकाे प्रतिशाेधले रवि लामिछानेलाई फेरी पठाइयो हिरासतमाःगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा नलगाउने जिल्ला न्यायाधिवक्तामाथि छानबिन हुने

spot_img

रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ। साहारा बचत सहकारीको थुनछेक बहस नसकिएकोमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

उनको मुद्दा हाल हेर्दाहेर्दैमा छ। लामिछानेलाई पुनः बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राख्ने भएको हो।बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस सुरू भएको हो।

सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित तीन जनाले बहस गरे। जाहेरवालाको तर्फबाट अधिवक्‍ता रमेश काफ्‍ले बहस गरेका थिए।अब बाँकी जाहेरवालाका तर्फका वकिल र रवि लामिछानेका वकिलहरूले बिहीबार बहस गर्नेछन्।

यसअघि बुटवलस्थित सुप्रिम सहकारी संस्थाको मुद्दा रूपन्देही जिल्ला अदालतमा दर्ता हुँदा माघ ९ गते उनलाई परिवार र वकिलको जिम्मामा छाडिएको थियो। परिवारको जिम्मामा छाडिएपछि सरकारी वकिलहरूले असन्तुष्टि समेत जनाएका थिए। त्यहाँ उनीसँग थुनछेक बहस सकेर इजलासले एक करोड धरौटी माग गरेको थियो।

त्यसअघि काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको थुनछेक जारी रहँदा पनि रवि पक्षका वकिलहरूले हिरासतमा नपठाउन अनुरोध गरेका थिए। तर न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई हिरासतमै पठाएका थिए।

रविमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा नलगाउने जिल्ला न्यायाधिवक्तामाथि छानबिन हुने
रास्वपा सभापति रवि लामिछानेलगायतमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नलगाउने चितवन जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीमाथि छानबिन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको छ ।जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयले बुधबार समिति गठन गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन्।

छानबिन समितिले चितवनको सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेलगायतविरुद्ध चितवन जिल्ला अदालतमा दायर गरेको दर्ता अभियोगपत्रको छानबिन गर्ने दाहालले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img