spot_img

गृह प्रशासनबाटै प्रताडित प्रेमिल अन्तरजातीय जोडीको बिलौनाःशान्तिसँग बाँच्न पाऔँ, यस्तो अत्याचार कसैले भोग्न नपरोस्

spot_img

अन्तरजातीय प्रेमविवाह गरेकै कारण राज्यबाटै चरम अत्याचार भोगिरहेका सर्लाहीको बरहथवा नगरपालिका– १० का सत्येन्द्रकुमार राम (चमार) र १७ की नेहा रौनियारले शान्तिपूर्वक बाँच्ने वातावरण मिलाइदिन याचना गरेका छन् । जातकै कारण आफूहरूले जस्तो यातना कसैले भोग्न नपरोस् भनेर राज्य र समाजसँग आग्रह पनि गरेका छन् । प्रहरीको डरले लुकिछिपी बसिरहेका सत्येन्द्र र नेहा बुधबार राति नयाँ पत्रिकाको सम्पर्कमा आएका छन् । उनीहरूले अदालतमा विवाह दर्ता भइसक्दा पनि प्रहरीले पक्राउ गर्ने, कुटपिट गर्ने, धम्की दिने र विभिन्न मुद्दा चलाउने काम गर्दै आएकाले लुकिलुकी बस्नुपरेको बताएका छन् । गृहमन्त्री रमेश लेखककै निर्देशनमा खटिएको प्रहरीले भारतको बम्बैदेखि काठमाडौंको टीकाथलीसम्म आफूहरूमाथि ज्यादती गरेको उनीहरूको भनाइ छ । प्रहरीले गरेको अत्याचारको बेलिविस्तार उनीहरूले यसरी सुनाएः

हामीले प्रेम गरेका थियौँ, तर त्यसमा राज्यसंयन्त्रकै आँखा लाग्यो । त्यति वेलादेखि जारी हामीमाथिको अत्याचार विवाह गरिसकेपछि पनि यथावत् छ । गत मंसिरमा हामी बम्बै घुम्न गएका थियौँ । विदेशी भूमिमा पनि हामीमाथि राज्यशक्तिको दुरुपयोग रोकिएन । नेपालबाट गएका दुई प्रहरीले हामीलाई ‘मोस्ट वान्टेड’ भन्दै लेखटी–लखेटी पक्राउ गरे । पक्राउ मात्रै गरेनन्, कुटपिटसमेत गरे । के दलित र गैरदलितबिच प्रेम हुनु, विवाह गर्नु यति ठुलो अपराध हो ? गृहमन्त्री र प्रहरीलाई हामी सोध्न चाहन्छौँ– बम्बैसम्म पछ्याएर पक्राउ गर्नुपर्ने हामीले के अपराध ग¥यौँ ?

दिल्ली हुँदै नेपाल लैजाने भन्दै हामीलाई बम्बैबाट हिँडाए । उनीहरूले आफूहरू गृहमन्त्री रमेश लेखकको आदेशमा आएको र नेपाल लगेर ‘कोर्ट म्यारिज’ गरिदिन्छौँ भनेका थिए । मनमा झन् त्रास बढ्यो– कतै लगेर दुवैजनालाई मारिदिन्छन् कि ! तर, दिल्ली पुगेपछि भाग्यले साथ दियो । केही पेपर नमिलेपछि दिल्ली विमानस्थलमा सोधपुछ भयो । उनीहरूले नक्कली पेपर बनाएका रहेछन् । त्यहाँको पुलिसले ‘बात क्या हे’ भनेर सोधे । हामीले सबै घटना सत्य–सत्य भनिदियौँ ।

फेक डकुमेन्टका कारण फस्ने डर भएपछि हामीलाई पक्राउ गर्ने नेपाली प्रहरी दिल्ली विमानस्थलबाट भागे । अब त बाँचियो भनेर हामी ढुक्क भयौँ । तर, उनीहरूले हाम्रो पैसादेखि सबै सामान लगेका थिए । धन्न नागरिकता साथमै रहेछ । अनि नेपाल फर्किन पायौँ । हामीले कपिलवस्तु जिल्ला अदालत आएर ३ पुसमा ‘कोर्ट म्यारिज’ ग¥यौँ ।

प्रेमविवाहलाई कानुनी वैधता दिएपछि राज्यको दुरुपयोग अन्त्य हुने आशा पलायो । अनि टीकाथली (ललितपुर) आएर डेरामा बस्यौँ । तर, हामीमाथिको अत्याचार रोकिएन । प्रहरीहरू डेरामै आएर कुटपिट गरे । हामीले विवाहको ‘डकुमेन्ट’ देखाउँदा पनि कुटपिट गर्न छाडेनन् । तेरो (नेहा) भविष्य सकाइदिन्छौँ भन्दै कुटपिट गरे । थप दुःख दिन बालविवाहको मुद्दा दायर गरे । हामीजस्ता सामान्य युवायुवतीको प्रेमविरुद्ध राज्यले नै यति ठुलो षड्यन्त्र रच्यो ।

भारतको बम्बईदेखि टीकाथलीसम्म हामीलाई कुटपिट गर्ने प्रहरी रुगम कुँवर र इन्द्रमणि पोखरेल हुन् । बम्बईमा पक्राउ पर्दा त उनीहरू प्रहरी हुन् भन्ने हामीलाई थाहा नै थिएन । टीकाथलीमा पक्राउ गर्न पनि उनीहरू नै आएपछि मात्रै थाहा भएको हो । उनीहरूले कक्षा १० र १२ को शैक्षिक प्रमाणपत्र पनि खोसे (नेहाको) । मंगलसूत्रदेखि सबै गहना पनि लुटे । प्रहरीले गहना कहाँ लगे अहिलेसम्म थाहा छैन ।

टेकुमा पु¥याएपछि रुगम र इन्द्रमणिले ‘तिमीहरूका कारण बम्बई जाँदा हाम्रो यत्रो धेरै खर्च भयो’ भनेर पैसासमेत मागे । इन्द्रमणिले ‘मेरो गृहमन्त्रीसँग पहुँच छ’ भन्थ्यो । मानव अधिकार आयोगमा पनि उसले गृहमन्त्रीकै आदेशमा पक्राउ गरिएको हो भनेर बयान दिएको सुनेका छौँ । उनीहरूमाथि कारबाही होस् ।

हाम्रो सम्बन्ध टुटाउन बुबा सुरेन्द्र रौनियार (नेहाका)को पछाडि बसेर गाउँकै रामनारायण यादव भन्ने व्यक्तिले भूमिका खेलेको छ । उसले नै जातको विषय निकालेर यस्तो गरेको हो । उसैले बुबालाई काठमाडौं लगेर गृहमन्त्रीसँग भेट गराएको पनि थाहा पाएका छौँ ।

सरकारलाई यति मात्र भन्न चाहन्छौँ कि हामीलाई शान्तिपूर्वक बाँच्न दिइयोस् । जातकै कारण हामीले जस्तो दुःख कसैले भोग्न नपरोस् । हामीले प्रहरी र समाजका कारण धेरै दुःख पायौँ । सुरक्षाकर्मीबाटै असुरक्षित भएपछि साह्रै दुःख लाग्दोरहेछ । कोर्ट म्यारिज गरेपछि सर्लाही, रौतहट, धनुषा सबैतिर हामीले पेपर पठाएका थियौँ, तैपनि सुनुवाइ भएन । ६ महिनादेखि लुकिलुकी बस्नुपरेको छ । पढ्नसमेत पाएका छैनौँ । हाम्रो परिवारले दुःख पाइरहेका छन् । परिवार र हामी सबै शान्ति चाहन्छौैँ ।

हामीले आँट गरेर यो कुरा उठायौँ, अरू भएको भए मारिन पनि सक्थे । हाम्रो समाजमा यस्ता धेरै घटना भएको सुनेका छौँ । ठिक छ, हामीले प्रेमविवाह ग¥यौँ, हामीलाई छुटाएर समाजले के पाउँछ ? प्रहरीले के पाउँछ ? दलित जातिमाथि किन यस्तो विभेद भइरहेको छ ? हामी सरकार र समाजलाई सोध्न चाहन्छौँ ।

गृह र प्रहरीको दाबी अनि यथार्थ ः अन्तरजातीय जोडीमाथि राज्यसंयन्त्रबाट गरिएको अत्याचारको समाचारबारे गृह मन्त्रालय र प्रहरीले खण्डन गरे पनि यथार्थ यस्तो छ

१. सुरुमा नेहाका बुबा सुरेन्द्रले सत्येन्द्रविरुद्ध प्रहरीकहाँ ‘छोरीलाई अपहरण’ गरेको उजुरी लगेर गएका थिए । पछि २५ कात्तिकमा बालविवाहको मुद्दा दर्ता गरे । प्रहरीले सत्येन्द्रलाई फसाउने नियतसहित तत्काल मुद्दा लियो र हतारमा त्यही दिन जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी पनि जारी गरायो । जबकि, सत्येन्द्र र नेहाले त्यतिवेला विवाह नै गरेका थिएनन् ।

२. नेहाका बुबा सुरेन्द्रको ‘माथि’सम्मै राजनीतिक पहुँच थियो । सत्येन्द्र र नेहा घुम्न मुम्बई गएका वेला गृहमन्त्री रमेश लेखकसँग उनले मिटिङ नै गरे । त्यसपछि गृहमन्त्रीले आइजिपीलाई निर्देशन दिए र अपराध अनुसन्धान कार्यालय टेकुबाट तत्कालीन डिएसपी रुगम कुँवरको नेतृत्वमा विशेष टोली नै उनीहरूलाई पक्राउ गर्न भारत पठाइयो । जबकि, गम्भीर अपराधका फरार अभियुक्त पक्राउ गर्न गृहमन्त्री र आइजिपीको निर्देशनमा मात्रै यस्तो टोली पठाइने गरिन्छ । तर, प्रेमविवाह गर्न खोजेका जोडीलाई छुट्याउन मात्रै होइन, फसाउने नियतसहित राज्यसंयन्त्रको चरम दुरुपयोग गरियो ।

३. भारत पठाइएको प्रहरी टोलीको सम्पूर्ण खर्च नेहाका बुबा सुरेन्द्रले व्यहोरेका थिए । त्यति मात्रै होइन, सत्येन्द्र र नेहालाई पक्राउ गरेपछि प्रहरी टोलीले ‘हाम्रो यत्रो खर्च भयो, त्यो पैसा पनि चाहिन्छ’ भनेर उनीहरूसँग पनि रकम माग ग¥यो । नियत सफा थियो भने सुरेन्द्रको खर्चमा किन प्रहरी टोली पठाइयो ?

४. प्रहरीले मुम्बईदेखि दिल्लीसम्म उनीहरूलाई ल्याई पनि सकेको थियो । तर, दिल्ली विमानस्थलमा कागजात मिलेको नदेखिएपछि भारतीय प्रहरीले सोधपुछ ग¥यो । त्यही क्रममा नेहाले हल्ला गरेपछि सम्भवतः ‘विवादमा आउने’ डरले प्रहरी पछि हट्यो । र, उनीहरूलाई उतै छाडेर नेपाल फर्कियो ।

५. सत्येन्द्र र नेहाले ३ पुसमा जिल्ला अदालत कपिलवस्तुमा विवाह दर्ता गरे । त्यति मात्रै होइन, जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई लिखित जानकारी गराउँदै ‘आफूहरू असुरक्षित रहेको र सुरक्षाको वातावरण बनाइदिन’ आग्रहसमेत गरे । यस्तै लिखित आग्रह छिमेकी जिल्लाहरूलाई पनि गराए । तर, नियोजित रूपमा गृह प्रशासन नै परिचालन गरिएकाले त्यसको सुनुवाइ हुने कुरै भएन ।

६. राज्यसंयन्त्रको दुरुपयोग गर्दै कति अत्याचार गरियो भने अदालतमा विवाह दर्ता गरेपछि र स्थानीय प्रशासनलाई लिखित जानकारी गराउँदासमेत प्रहरी रोकिएन । ९ पुसमा प्रहरीले जिल्ला अदालतमा सत्येन्द्रविरुद्ध बालविवाहसम्बन्धी मुद्दा दायर ग¥यो । रोचक त के छ भने अदालतले पनि कुनै कागजपत्र नहेरी सत्येन्द्रसँग ३० हजार धरौटी माग्यो ।

७. त्यसपछि पनि अरू मुद्दामा फसाउने भन्दै प्रहरीले धाकधम्की दिइरहेकै छ । त्यसैले सत्येन्द्र र नेहा भूमिगत रूपमा बसिरहेका छन् । राष्ट्रिय मानव अधिकार आयोगमा घटना विवरण सुनाउन पनि उनीहरू बुधबार लुकी–लुकी जानुप¥यो । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img