रुपक यात्री,सिद्धिपुर
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर-६ को सिद्धिपुर जेष्ठ नागरिकलाइ सम्मान सहित ब्लाङ्केट बितरण कार्यक्रम सम्पन्न भएको छ। सम्मान पाउँदा जेष्ठ नागरिकहरु हर्षित भएका छन्।
ब्लाङ्केट बितरण कार्यक्रममा नगर प्रमुख हरिगोबिन्द श्रेष्ठ,उप-प्रमुख लक्ष्मी महर्जन,वडा अध्यक्ष धर्म महर्जन,वडा सदस्य सुरेन्द्र महर्जन,वडा सदस्य सुसान महर्जन,वडा सदस्य लक्ष्मी तिखत्री,जिल्ला समन्वय समिति सदस्य शोभा महर्जन
र वडा सचिव हितलाल श्रेष्ठ लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियोे।
६८ वर्ष माथिका जेष्ठ नागरिक महिला 294 र पुरुष 196 गरि जम्मा 4 सय 90 जना लाई सम्मान गर्ने कार्यक्रममा आज ३ सय ५० जना सम्मान लिन आएको र बाँकीलाई अरु दिन र बिरामीलाई घरमै गएर बितरण गरिने वडा अध्यक्ष महर्जनले जानकारी दिनुभएयो।
वडाको नियमित बजेटबाट सामाजिक शाखा अन्तर्गत ८ लाख रुपैयाँ बराबरको जेष्ठ नागरिकलाइ ब्लाङ्केट खरिद गरेर बितरण गरेको उहाँको भनाइ छ।
यस्तै वडा सदस्य सुरेन्द्र महर्जनले जेष्ठ नागरिक सहित एकल महिला र बालबालिकाको क्षेत्रमा पनि काम गरेको र यसलाओ निरन्तरता दिने जानकारी दिनु भयो।
जाडो मौसममा ब्लाङ्केट पाउँदा जेष्ठ नागरिकले खुशी व्यक्त गर्दै जनप्रतिनिधिलाई धन्यवाद सहित निरंतरता दिन सुझाव दिए।