spot_img

ओलीबारे माधव नेपाल– प्रधानमन्त्री पदका लागि जे पनि गर्छन्, दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरे

spot_img

काठमाडौं,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ध्यान देश र जनताप्रति नभएको आरोप लगाएका छन्। पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीलाई प्रधानमन्त्री पद लागि जे पनि गर्न तयार भएको टिप्पणी गरे।

उनले भने, ‘सरकार देश र नागरिकप्रति गम्भीर हुनुपर्ने हो। यो सरकारले अध्यादेश ल्याएको छ अचानक। यसअघि बनेको सरकार रातारात बदलियो। त्यो सरकार बदल्नुपर्ने कारण के थियो ? औचित्य के थियो ? दुई कम्युनिष्ट पार्टी मिलेर सरकार चलाइरहेको बेलामा हटाउनुपर्ने कारण के थियो ? प्रधानमन्त्री चाहिएको थियो भने त्यही पनि सम्भव थियो। प्रचण्डजीले छाड्दिनुहुन्थ्यो। उहाँले नमानेर हामीलाई भनेको भए एकपटक प्रधानमन्त्रीको संख्या थपिदिनुस् भन्थ्यौं होला।’

उनले ओलीले प्रधानमन्त्री पदको लागि दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरेको जिकिर गरे।

उनले थपे, ‘अब ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचमा को हुने प्रधानमन्त्री ? त्यसको जवाफ कसलाई थाहा छ? अहिलेका प्रधानमन्त्री ओली मुलुक सञ्चालनप्रति गम्भिर हुनुहुन्न। उहाँ देश चलाउनको लागि होइन, सत्तालाई आफ्नो स्वार्थमा केन्द्रित भएका छन्। देशलाई संकट बनाउनेतिर गइरहेका छन्।’

उनले अहिले कांग्रेस एमालेले दुई दलीय व्यवस्था बनाउने खोजेको आशंका व्यक्त गरे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img