काठमाडौं,आज पनि देशका केही भू–भागमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मध्य र पूर्वी तराईका जिल्लाहरूमा हुस्सु÷कुहिरो लागेको छ । जसका कारण जनजीवन केही प्रभावित भएको छ ।
यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने देशका अन्य भागमा मुख्यतया मौसम सफा छ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।