spot_img

कार्यसम्पादन मुल्याङ्कनमा सुदूरपश्चिम पहिलो,भरतपुर महानगर उत्कृष्टमा परेकाे छ भने अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका

spot_img

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यस वर्ष पहिलो बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अङ्क पाएको छ  । आर्थिक वर्ष २०७९्०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो  ।अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यस पटक दोस्रो भएको छ । उसले ५०.९ अङ्क प्राप्त गरेको छ । यस्तै, ४५.६ अङ्क पाएको बागमती तेस्रो, ४१.६ अङ्क पाएको कर्णाली चौथो, ४०.८ अङ्क पाएको गण्डकी पाँचौँ, ३५.९ अङ्क पाएको लुम्बिनी छैटौँ र ३० अङ्क पाएको मधेश पुछारमा छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा डडेल्धुुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका बनेको छ । आयोगले विभिन्न १७ वटा सूचक राखेर १०० पूर्णाङ्कमा गरेको कार्यसम्पादन मूल्याकंनमा अमरगढी नगरपालिका ७५३ स्थानीय तहमध्ये ८१.७ अंक ल्याउँदै देशकै सबैभन्दा उत्कृष्ट पालिका बनेको हो । अमरगढीपछि उत्कृष्ट हुने पालिकामा इलामको सुर्योदय नगरपालिका रहेको छ । आयोगको कार्यसम्पादन मूल्यांकनमा सुर्योदयले ८०.२ अंक प्राप्त गरेको हो । समग्र पालिकामा नै उत्कृष्ट अमरगडी र दोस्रो सुर्योदय हुँदा २७६ नगरपालिकामा पनि उनीहरु नै उत्कृष्ट भएका छन् ।

४६० गाउँपालिकामध्ये भने सबैभन्दा उत्कृष्ट स्याङजाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिका भएका छन् । उनीहरु दुवै गाउँपालिकाले बराबर ७८.२ अंक प्राप्त गरेका छन् ।समग्र ७५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा पनि कालिगण्डकी र नेत्रावती तेस्रो उत्कृष्ट पालिका बनेका छन् ।यस्तै, स्याङजाको आँधिखोला गाउँपालिका र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका बराबर ७८ अंक प्राप्त गर्दै आयोगको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट चौथोमा पर्न सफल भएका छन् भने ७७.९ अंक प्राप्त गर्दै स्याङजाको फेदिखोला गाउँपालिका उत्कृष्ट पाचौँमा पर्न सफल भएको छ । आधिखोला ४६० गाउँपालिका मध्ये आयोगको कार्यसम्पँदन मूल्यांकनमा उत्कृष्ट दोस्रो गाउँपालिका बनेको छ ।

मुलुकभरमा रहेका ६ वटा महानगरपालिकामध्ये आयोगको कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगरपालिका सबैभन्दा उत्कृष्ट महानगरपालिका बनेको छ ।समग्र पालिकामा उत्कृष्ट ९ मा पर्न सफल भरतपुर ७६.२ अंक प्राप्त गर्दै ६ महानगरपालिका मध्ये उत्कृष्ट बन्न सपल भएको हो । भरतपुर महानगरपालिकाको प्रमुख अहिले नेकपा (माओवादी केन्द्र)काका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाल रहेकी छन् ।

यस्तै ७३.५ अंक प्राप्त गर्दै मोरङको बिराटनगर महानगरपालिका दोस्रो, ६६.७ अंक प्राप्त गर्दै ललितपुरको ललितपुर महानगरपालिका तेस्रो, ५४.३ अंक प्राप्त गर्दै काठमाडौं महानगरपालिका चौथो, ५१.५ अंक प्राप्त गर्दै पोखरा महानगरपालिका पाँचौ र सबैभन्दा कम ४३.१ अंक प्राप्त गर्दै पर्साको बिरगञ्ज महानगरपालिका छैटौ तथा अन्तिममा पर्न सफल भएको छ । आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img