डोल्पाको ठाँगे लेकमा यार्सा संकलन गर्न गएका दुई गाउँका स्थानीयबीच झडप भएको छ । शनिबार दिउँसो सिमाना विवाद उत्पन्न भएपछि काइके गाउँपालिका–२ र ठुलिभेरी नगरपालिका–१ थालाका स्थानीयबीच झडप भएको हो । दुई गाउँका स्थानीयले भीरबाट ढुंगा खसालाखसाल गरेर झगडा गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गर्नुपरेकाे छ।
प्रहरीका अनुसार अनुसार वनमा कसले कहाँसम्म यार्सा संकलन गर्न पाउने भन्ने विषयमा दुई गाउँले बीच विवाद भएको हो । पूर्वी रुकुम जिल्लाकाे मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठूली भेरी नगरपालिकाका स्थानीहरूबीच विवाद भइ आपसमा झडप भएको हो। पहिले देखिनै वनकाे विषयमा पूर्वि रूकुम,काइके र थाला गाउँविच विवाद हुँने गरेकाे थियाे।
डीएसपी थापाका अनुसार, सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सुरक्षाफौजले एसएलआर बाट २ राउण्ड हवाई फायर गरेको थियो । अहिले त्यहाँको अवस्था सामान्य रहेको थापाले बताए । ६÷७ सय जनाको संख्यामा लेखमा यार्सा संकलक रहेका छन्।