काठमाडौँ,देशभर दलित समुदायमाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू दिनहुँ बढिरहेको भन्दै दलित अधिकारकर्मीहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
केही दिन अगाडि बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको तस्बिर राख्दै उनीहरूले न्यायको माग गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले दलित समुदायमाथि भइरहेको विभेद र हिंसाका घटनाहरू रोक्न सरकारसँग कडा कदम चाल्न माग गरेका थिए। उनीहरूले दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका थिए।