काठमाडौँ नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा बिहीबार एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले बताए ।प्रहरीका अनुसार गुरुङ यसअघि तीन पटक लागुऔषध मुद्दामा सजाय पाएको समेत प्रहरी अभिलेखबाट खुलेको छ ।
पृथ्वीचोक स्थित महावीर पुन लगायतको टिमले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा ती व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।