spot_img

पाल्पाबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु, चालक गम्भीर घाइते

spot_img

बुटवल,पाल्पाकै नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरोलो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको हो।

स्कुटरमा तीन जना सवार थिए। स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

मंगलबार साँझ पौने ७ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएकोमा निशा र पूर्णिमालाई चिकित्सकले मृत घोषणा गरेको थिए।

पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको नुवाकोटबाट–बुटवल झर्ने कालोपत्रे र फराकिलो बने पनि अत्यन्त ओरालो र छिन छिनमै आउने घुम्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ।

बिशेषगरी चाडपर्व, उत्सव वा सार्वजनिक बिदाको दिन युवा युवतीहरु घुमफिरको लागी नुवाकोट नजिकको गन्तव्य बनिरहेको छ। तर अत्यधिक ओरालो र घुम्ति सडकका कारण नुवाकोटको यात्रा जोखिमपूर्ण पनि बनेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img