काठमाडाैँ,प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति र प्रधानमन्त्री गएको कार्यक्रममा पत्रिकाका संवाददाता नपुगेको भन्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार एक सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकको शुभारम्भ गर्दै ओलीले प्रधानमन्त्रीको राजीनामा मागियो भन्ने समाचार लेख्ने पत्रिकाले मेलम्चीको पानी काठमाडौं आयो भनेर लेखेनन् भन्दै आक्रोशित भए ।
उनले भने, ‘यहाँ दिनैपिच्चे एक–एकवटाले प्रधानमन्त्रीको राजीनामा माग्छ, राजीनामा मागियो भनेर समाचार छापिन्छन्, तर मेलम्चीको पानी काठमाडौं आएको समाचार छापिँदैन’, ‘राष्ट्रपति र प्रधानमन्त्री गएको कार्यक्रममा संवाददाता पुग्दैनन्, साँढे आठ करोड लिटर पानी काठमाडौं आएको कार्यक्रम लाइभ गरेको समाचार हेर्ने रिपोर्टर छैन’ उनले आक्रोश पोखे ।ओलीले आफूलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रलाई आग्रह गरे । उनले भने ‘समर्थन फिर्ता लेऊ भन्दा पनि लिँदैनन्, तर, राजीनामा मागिरहन्छन् ।’ समर्थन फिर्ता लिए राजीनामा आउने उनले बताए ।