spot_img

खनाल–नेपाल समूहको बैठक

spot_img

काठमाडाैँ, एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सम्पूर्ण सामर्थ्यसहित कोभिड– १९ विरुद्धको लडाइँमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशित गरेको छ । पार्टीभित्रको अन्तर्संघर्षका लागि अगाडि सारिएका कार्ययोजना तत्कालका लागि स्थगन गर्दै खनाल–नेपाल समूहले पार्टी पंक्तिलाई सम्पूर्ण सामर्थ्यसहित कोभिडविरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको हो ।बुधबार बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले कोभिडविरुद्धको लडाइँमा स्थानीय सरकारसँग समन्वय गर्दै सक्रिय स्वयंसेवीका रूपमा परिचालित हुन कार्यकर्ता पंक्तिलाई अपिल गरेको छ ।

‘बैठकले एमालेको सम्पूर्ण पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यलाई कोभिड– १९ को रोकथाम, नियन्त्रण र संक्रमितहरूको उपचारका लागि तीनै तहका सरकारसँग आवश्यक समन्वय गर्दै सक्रिय रूपमा स्वयंसेवी भूमिकाका साथ कोभिड– १९ विरुद्धको लडाइँमा सहभागी हुन आह्वान गरेको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘स्थानीयस्तरमा क्वारेन्टिन निर्माण तथा व्यवस्थापन गर्न, स्वास्थ्य मापदण्ड पालनाका लागि अनुगमन, समुदायस्तरमा सचेतना अभियान, संक्रमितको उपचारमा आवश्यक सहयोगलगायत काममा सक्रिय रहन सम्पूर्ण पार्टी कमिटी र सदस्यहरूलाई अपिल गरिएको छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img