spot_img

“देशकै नमुना बन्दै डाेल्पाकाे जगदुल्ला गाउँपालिका “

spot_img

संविधान जारी भएपछि मुलुक संघीयतामा गयो । स्थानीय निकायले जनप्रतिनिधि पाएको पनि साढे दुई वर्ष भन्दा बढी भइसकेको छ । ति जनप्रतिनिधिहरुबाट जनताले थुप्रै आशा र भरोसा गरेका थिए । सरकारले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको नारा पनि लगाएको छ तर के सरकारले भने झै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको छ त ? के गरिरहेको छ त विटक जिल्लाका स्थानीय सरकारहरु ? यस्तै प्रश्नको जवाफ खोज्न पत्रकार रुपक कुलालले डोल्पाको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायासँग गरेको कुराकानी संक्षिप्तमा ।

  • तपाई स्थानीय तहको जनप्रतिनिधि भैसकेपछि आफैंलाई गर्भ गर्न लायक वा भनौँ सबैले प्रशंसा गर्ने गरी कुनै काम गर्नु भएको छ ?

हजुर धन्यवाद तपाईले शुरुमै गम्भीर विषय उठान गर्नुभो । सर्व प्रथम त म जगदुल्ला गाउँपालिकाको अध्यक्ष भैसकेपछि थुप्रै कामहरु भएका छन् । तपाई जानु भयो भने देख्न सक्नुहुन्छ । जहाँसम्म तपाईले गर्भ गर्न लायक काम भन्नु भो त्यसमा म के भन्न चाहन्छु भने हरेक जनप्रतिनिधिले आफ्नो स्थानीय तहको विकास गर्नु कर्तव्य हो । मेरो जनप्रतिनिधि हुनु भन्दा पहिला र अहिले पनि दुई वटा मुख्य उद्देश्य छन् । एउटा गाउँपालिकालाई छुवाछुतमुक्त बनाउने र अर्को महिला सशक्तिकरण ।

  • छुवाछुत अन्त्य र महिला सशक्तिकरणको लागि के के काम गर्नु भएको छ त ?

छुवाछुत अन्यका लागि गाउँपालिकाभित्र विभिन्न अभियान,कार्यक्रम र विचार गोष्ठी सञ्चालन भएका छन् । छुवाछुत हटाउनलागि आफैँ गाउँ, टोलदेखि घरघरसम्म पुगे । जहाँ मुख्य कारण भनेको गरिबी देखियो । छुवाछुत अन्त्यकै लागि गाउँको नामै परिवर्तन गरिएको छ । तपाईले बुझ्दा पनि थाहा पाउनु हुन्छ । हामीले लोहारबाडालाई गैरीगाउँ,सार्किटोलको नाम हटाएर महारुद्र राखेका छौं । यस्तै शिक्षा क्षेत्र भित्रको विभेद अन्य र दलित समुदायलाई शिक्षित बनाउने उद्देश्य अनुसार छात्राबास निर्माण गरिएको छ । गरिबीकै कारण दलित समुदायका बालबालिका शिक्षाको पहुँचबाट बन्चित नहुन भनेर छात्राबास निर्माण ग¥यौ । निर्माणमा लागि १ करोड ६५ लाख व्यवस्थापन ३० लाख विनियोजन गरिएकाे छ । हाल १ सय ५० दलित समुदायका विद्यार्थी लाभान्वित भएका छन् । यस्तै महिला सशक्तिकरणका लागि पनि शिक्षा,स्वास्थ्य,आयआर्जन  लगायतका क्षेत्रदेखि सीपमुलक तालिम दिने काम अगाडि बढाइएको छ ।

  • विकट हिमाली जिल्लाकै विकट गाउँपालिकाको नेतृत्व गरिराख्नु भएको छ । काम गर्न कत्तिको सहज छ ? चुनावी बाचा पूरा गर्न सक्नुभएको छ ?

वास्तवमा विकटका स्थानीय तहहरुलाई काम गर्न त्यति सहज त छैन । तर तपाईले भनेजस्तो चुनावी घोषणा पत्र अथवा भनौ चुनावमा जनतालाई गरेको बाचा अनुसार यहाँको भुगोल सुहाँउदो र माटो सुहाँउदो काम मैले सकेजत्ति गरिरहेको छु । चुनावी घोषणा पत्रमा हाम्रो पहिलो प्राथमिकता भनेको सडक,विद्युत,सञ्चार खानेपाली लगायतका विषय थिए । सोही अनुसारनै काम भइरहेको छ ।

  • जस्तो यहाँले भन्नु भयो पहिलो प्राथमिकता भनेको सडक , विकासको मुल आधारनै सडकलाई मानिन्छ । के तपाईका गाउँपालिकाका प्रत्येक वडासम्म सडक पुगेको छ त ?

तपाईलाई भन्नु पर्दा अहिले मेरो जगदुल्ला गाउँपालिकामा प्रत्येक वडा र प्रत्येक बस्तीमा ट्रयाक ओपन भइसकेको छ । केही संघीय सरकार, प्रदेश र गाउँपालिकाकै लगानी सडक सञ्जालमा जोड्ने काम भएका छन् । पहिलो आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकाको पहिलो प्राथमिकता भनेको प्रत्येक बस्तीमा सडक सञ्जाल जोड्ने उद्देश्य थियो । सोही अनुसार तपाईले हेर्नुभयो भने पनि देख्न सक्नुहुन्छ । सडकमै बढी बजेट केन्द्रित गरेर पहिलो आर्थिक वर्षमै बस्ती बस्तीमा हामीले कच्ची सडक पु¥याएका छौं । प्रत्येक बस्तीमा ट्याक्टर र मोटर साइकल गुड्ने सडक निर्माण गर्न हामी सफल भएका छौं । हिमपात र पानी पर्ने समय बाहेक अन्य समयमा सवारी साधन चलिरहेका छन् । अब सबै किसिमका सवारी साधन आवत आवत गर्ने गरी मास्टर प्लान तयार भैसकेको छ । केही वर्षमै हामी सफल हुनेछौं ।

  • तपाईकै गाउँपालिका अन्तर्गतको त्रिपुरा मा.वि कर्णाली प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयमा पनि पर्न सफल भएको थियो । विकटका जिल्लाहरुमा मुख्य त शिक्षामा धेरै समस्या देखिन्छन् शिक्षक नहुनेदेखि पाठ्यपुस्तकको ढुवानीमा समस्या छ कसरी व्यवस्थापन गरिराख्नु भएको छ ?

तपाईले भने जस्तै जगदुल्ला गाउँपालिका अन्तर्गतको त्रिपुरा मा.वि एसईईको परीक्षामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउनसका साथै कर्णाली प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्न सफल भयो । यसमा हामी गर्भ नै गछौं । तर तपाईले भनेजस्तो शिक्षक नबस्ने, दरबन्दी लगायतका समस्याको विकराल रुप थियो । यहि समस्यालाई समाधान गर्न हामीले शिक्षकहरुसँग व्यापक छलफल चलायौं । हाल गाउँपालिकाले त्यस्ता समस्याको समाधानका लागि शिक्षकलाई उचित भत्ताको व्यवस्था गरेर ट्युसन कलासहरु पनि सञ्चालन गरिरहेको छौं । आर्थिक अभावका कारण विद्यालय छोड्ने विद्यार्थीहरुको समस्या समाधानका लागि हाम्रो पहल जारी छ ।

  • कृषि क्षेत्रका लागि गाउँपालिकाले कस्तो काम गरिरहेको छ ? किसानहरुलाई आत्मनिर्भर बनाउन कस्ता पहलहरु भएका छन् त ?

    तपाईले भने जस्तो किसानलाई आत्मनिर्भर बनाउने सवालमा हामीले एक घर एक व्यवसाय नीति अघि सारेका छौं । एक घर एक व्यवसायको कार्यविधि निर्माण गरेर कार्यक्रम अघि बढाइएको छ । कार्यक्रमलाई कृषि,पशुपालन र अन्य व्यवसाय भनेर विभाजन गरेरै अगाडि बढाएका छौं । प्रत्येकको घरमा गएर किसानले जुन व्यवसाय गर्न चाहन्छ सोही अनुसार कृषकको समूह बनाउने,पशु व्यवसाय गर्नेलाई पनि समूह बनाएर र अन्यको समिति बनाएर कामहरु भइरहेका छन् । कृषि क्षेत्रको सुधारका लागि गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६को बजेटमा कुल बजेटको ६० प्रतिशत बजेट विनियोजन गरेका थियौं । कृषि क्रान्ति गर्ने हाम्रो लक्ष्य छ ।

  • विकटमा जिल्लामा स्वास्थ्य उपचारको अवस्था पनि निकै जोखिम छ । तपाईको गाउँपालिकामा के छ जनताले आधारभुत स्वास्थ्य सेवा पाउन सकेका छन् त ?

हामी निर्वाचित हुनुभन्दा पहिला निकै समस्याहरु थिए ,जब हामी निर्वाचित भएर आयौं अनि हामीहरुले स्वास्थ्य कर्मीहरुसँग छलफल गरेर आधारभूत सामानहरु गाउँपालिकाकै बजेटबाट व्यवस्थापन गर्ने कामहरु भए । अझैं सुधार गर्नु पर्ने थुप्रै कामहरु छन् गाउँपालिकाले गम्भीरताका साथ लागिरहेको छ । अहिले भन्नु पर्दा आभारभूत स्वास्थ्य सेवामा कुनै समस्या छैन ।

  • गाउँपालिकाभित्र सञ्चार र विद्युतको अवस्था के छ ?

सञ्चारको कुरा गर्दा पहिले १ मात्र टावर थियो । गाउँपालिकाको पहलमा टु जी चल्ने इन्टरनेटको व्यवस्था गरेका छौं । कर्णाली प्रदेशका सांसद वीर वहादुर शाहिकाे पहलमा २ वटा टावर निर्माणको क्रममै छन् निर्माण भए सञ्चारको समस्याबाट पीडित हुनुपर्ने छैन । यस्तै विद्युतको कुरा गर्नुहुन्छ भने आधारभूत आवश्यकता परिपूर्ति गर्ने खालको मात्र छ । विद्युतको समस्या समाधानका लागि गाउँपालिकाले पहिलो आर्थिक वर्षमै ५० लाख विनियोजन गरेर ८ वर्षसम्म अलपत्र परेको पावर हाउस जिम्मा लिएर सम्पूर्ण सामानको मर्मत गरेर सञ्चालनको तयारी छ । अझ भनौ २१ किलोवाटको विद्युत निकाल्ने काम शुरु भएको छ ।

  • अहिले स्थानीय तहहरु कर उठाउने नाममा, विदेश भ्रमणदेखि भ्रष्टाचारको नाममा निकै चर्चामा आएका छन् । तपाईको गाउँपालिकामा चाहिँ कर उठाउने देखि सुशासनको अवस्था के छ ?

यो करको कुरा गर्नु भो यसमा हामीले करको दायरा त निर्माण गरेका छौं । तर समस्या के छ भने हामीले कुनै पनि शिर्षकमा कर लिन सकेका पनि छैनौं र लिएका पनि छैनौं । सुशासनको विषयमा हामी निकै गम्भीर छौं । कसैले प्रश्न गर्ने ठाउँ नै नराख्ने गरी हामी काम गर्न लागिरहेका छौं ।

  • विकटकाे स्थानीय तह भएर पनि यति धेरै काम गर्नु भएछ,काम गर्नका लागि केके चाहिने रैछ त ?

वास्तवमा काम गर्नकाे लागि त सबैभन्दा पहिलाे कुरा इच्छाशक्ति चाहिन्छ । इच्छाशक्ति भए जस्ताेसुकै काम पनि गर्न सकिन्छ तपाइ विकट हाेस् या सुगम । अर्काे भनेकाे भिजन चाहिन्छ भिजन विना काम गर्न सकिन्न,हामिले भिजन बनाएर काम गरेका छाैँ ।

 

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img