spot_img

सांसद बुढाद्वारा संसदमा बाेल्दै चिनसँग सिमा जाेडिएका उपल्लाे डाेल्पामा पर्ने मोरिम्ला र क्याटो नाका खाेल्नका लागि पहल गर्दिन सरकारकाे ध्यानाकर्षण

spot_img

रूपक कुलाल,डोल्पा

हिमाली जिल्ला डोल्पाको उत्तरी भेगमा पर्ने चिनसँग सिमाना जोडिएका मोरिम्ला र क्याटो नाका कोभिड–१९ को संक्रमण देखि बन्द छन्। बन्द नाका खाेल्न डाेल्पाका प्रतिनिधिसभा सदस्य धनवहादुर बुढाले पहल गर्दिन सरकारका परराष्ट्र मन्त्रीलाइ भेटेर ज्ञापनपत्र बुझाउने देखि संसदमा सम्म बुलन्द आवाज उठाइ राखेका छन्।

विहिबार संसदमा बाेल्दै सांसद बुढाले मोरिम्ला र क्याटो नाका खुलाउन पहल गर्दिन संसदबाटै सरकारकाे ध्यानाकर्षण गरे। चिनको स्वसासित क्षेत्र तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टिले ब्यापारीक नाका केही दिनकालागि खुल्नकाे लागि पहल गर्दिन र यताका मोरिम्ला र क्याटो नाका १ महिनाका लागि भएपनि खोलिदिन सांसद बुढाकाे आग्रह छ।

इतिहास देखि उपल्लो डोल्पाका जनता चिनबाट नुन,तेल,चामल, मोटरसाइकल,लत्ताकपडा लगायतका बस्तुहरु लगाएतका सामग्री ल्याउने र यार्सागुम्वा लगाएतका जडिजुटी बेखाद्यान्न,लत्ताकपडाच्ने गर्दथे। निश्चित समयका लागि खुलेपनि जनतालाइ निकै राहत मिलेको थियो । तर कोरोना संक्रमणपछि नाकाहरू नखुल्दा स्थानीयले खाद्यान्न संकट झेल्नु परेको छ।

लामो समय देखि नाका नखुल्दा उपल्लो डोल्पाका जनताले खाद्यन्न लगायतका दैनिक उपभोग्य खाद्यान्नका सामग्रीको भाउ बुढानी खर्चका कारण महंगीको मार खेप्नु परेको छ भने सामान ढुवानीमा समेत चरम सास्ती खेप्नु परिरहेकाे छ। विशेष गरी डोल्पाबासीले नुन,तेल,चामल, मोटरसाइकल,लत्ताकपडा लगायतका बस्तुहरु आयात गर्ने गरेको र जडिबुटी लगाएतका सामग्री बेच्ने गरेका छन्। नाका खुले उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो,डोल्पोबुद्व र छार्काताङ्सोङ् गाउँपालिकामा जनतालाइ केहि राहत हुनुका साथै ब्यापारिक नाका भएकोले राज्यलाइ समेत टेवा पुग्ने देखिन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img