नेपाल राष्ट्रिय दलित समाज संघद्वारा आयाेजित दलित तथा विपन्न लक्षित छात्रवृतिकाे कार्यन्वयनकाे अवस्था र सराेकारवालाकाे भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। शुक्रवार काठमाडाैँमा सम्पन्न कार्यक्रममा विभिन्न सराेकारवाला व्यक्तिहरूकाे सहभागिता हाे।
शिक्षामा दलितकाे अवस्था कस्ताे छ,राज्यले के के काम गरेकाे छ,अव गर्न पर्ने कामहरू केके हुन् लगाएतका विषयमा व्यापक छलफल भएकाे थियाे। कार्यक्रममा पूर्व सांसद हर्कमाया विश्वकर्मा,रणेन्द्र बराइली,सम्भु हजारा पासवान,राष्ट्रिय सभा सदस्य भुवन वहादुर सुनार र डा.सुरेन्द्र केसी लगाएतकाे उपस्थिति रहेकाे थियाे।
यस्तै राष्ट्रिय दलित आयाेगका प्रतिनिधि,विश्व विद्यालय अनुदान आयाेगका प्रमुख कृष्णहरी प्रजापति,राष्ट्रिय परिक्षा वाेर्ड शिक्षा क्षेत्रका अन्य निकायका प्रतिनिधिहरूकाे पनि सहभागिता रहेकाे थियाे। सेभ द चिर्लड्रेनका कार्यक्रम संयाेजक डिलकमल क्षेत्रि,नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी लगाएत विभिन्न सराेकारवाला संघसंस्था र व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे। उपस्थित सबैले कसरी दलित समुदायका मुद्दा मागलाइ अगाडी बढाउन सकिन्छ र मुख्य समुदाय माथि उकास्ने शिक्षा नै भएकाे बताएका थिए।
कार्यक्रमका अध्यक्ष तथा संघका अध्यक्ष त्रिलाेकचन्द्र विश्वास वि.केले संस्थाले हालसम्म ८ हजार बढीले छात्रवृति पाएकाे जानकारी दिए भने ७ सय ९१ लगाएत नेपाल सरकारकाे उच्च तह पुग्नुका साथै विभिन्न स्थानमा राेजगार भएकाे बताउँदै पछिल्लाे जेन जी युवाहरूकाे आन्दाेलन र परिवर्तनलाइ मध्यनजर गर्दै साेहि अनुसार दलित समुदायका जेन जी युवाहरूलाइ छात्रवृत्ति अव संस्थाले वितरण गर्नेमा ध्यान दिने उहाँकाे भनाइ छ।