spot_img

कैलाश मानसरोवर दुरूस्तै डाेल्पाकाे जगदुल्ला तालसम्म खाली खुट्टा तीर्थयात्राकाे फाेटाे फिचर हेर्नुहाेस्ःमनै लाेभ्याउने जगदुल्लाकाे सुन्दरता

spot_img

रूपक कुलाल,डाेल्पा

कैलाश मानसराेवर जस्तै हुबहु मिल्ने डाेल्पाकाे जगदुल्ला ताल तर्थात जगदुल्ला तीर्थसम्म खाली खुट्टाले जगदुल्ला तीर्थयात्रा गरिएकाे छ। जगदुल्ला तीर्थमा स्थानीय र बाहिरबाट गरेर करिब यो वर्ष ४०० भन्दा बदी तीर्थालुहरु गएका थिए । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकाबाट जगदुल्ला गा.प. का हुरिकोट,काईगाउँ,थापागाउँ ,झ्याकोट लगाएतका गाउँबाट तीर्थालुहरू गएका थिए । जसमा देउता थार्पा,मस्ट,बाहनि, अउतारि र दोक्चे अन्य धेरै थिए ।

तालमा पुगेर सम्पुर्ण देउता र पुजरी हरुले ताल लाई पबित्र बनाउनको लागि होम पनि गरे । यो तिर्थ यात्रामा ६० र ७० बर्ष भन्दा मथिका पनि थिए । जगदुल्ला ताल डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा ४७०० मिटरको उचाइमा अवस्थित छ। यो ताल एक तीर्थस्थल हो जसलाई जगदुल्ला, साचोलिंग भनिन्छ। एउटा हिमाल पनि छ जसलाई गङ्चेन मेरी राल्वा,अग्लोको नाम तेनाम्थाङ र नदीको नाम निहुंझोम बालगि छु भनिन्छ ।
चार मण्डला थाङ (मण्डलाचौर) छन्। सृष्टी देखि अहिलेसम्म पग्लिएका चारवटा ठूला हिमालहरू छन्। चारवटा ठूला तालाहरू छन् जसले धेरै लामाको भक्ति र प्रार्थनाले हरेक रोगलाई निको पार्छ, त्यहाँ चार तीर्थहरू छन् । यो स्थान नौ लाख नौ हजार देबि देउताहरु र अप्सराबाट धेरै वरदान प्राप्त पाएको सबैभन्दा ठूलो तीर्थस्थल हो। पवित्र दूध पोखरी रहेको विश्वास गरिन्छ । पौराणिक मान्यता अनुसार जसले त्यो पोखरीको पानी पिउँदा मानिसको शक्ति बढ्छ,सुन्दर हुन्छ,जसको बच्चा हुँदैन उसको सन्तान हुन्छ । पूर्वज कालमा यो ताललाई दूध कुण्ड भनिन्छ। पछि यसलाई राक्षस दह भनिन्छ र पछिल्लो समय यसलाई प्रेम ताल भनिन्छ किनभने यसमा हृदय चिन्ह आकारकाे छ।

जगदुल्ला तालबाट हात मुख धुँदा पाप पखालिन्छ वा शरीर पावन भएर नागबाट आशीर्वाद प्राप्त हुन्छ र मनोकांक्षा पूरा होस् भनी नागको कामना र प्रार्थना गर्दछन् भन्ने पनि मानिसहरूको विश्वास छ। यहाँबाट बग्ने पानीलाई रोग नलाग्ने पानी भनिन्छ। पौराणिक कथा अनुसार यो ठाउँ आश्रयस्थल हो भन्ने विश्वास गरिन्छ। मानिसहरूले पछ्याउने र विश्वास गर्ने विभिन्न मिथकहरू छन्। पर्वत कैलाश मानसरोवर र जगदुल्ला ताल एउटै हुन्। उनीहरुबीच कुनै भिन्नता छैन्। प्रचारप्रसारकाे अभावमा केहि अाेझेलमा परेपनि कैलाश मानसराेबर दुरूस्तै देखियाे जगदुल्लाताल निकट भविष्यमा भुलुककै महत्वपूर्ण पर्यटकीय सम्भावना बाेकेकाे ठाउँ हाे।

 

तस्वीरःभाष्कर बस्नेत,डाेल्पा

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img