डाेल्पा,उत्तरी चिन देखि दक्षिण भारतकाे जमुनाह नाकासम्म जाेडिएकाे सबैभन्दा छाेटाे त्रिदेशीय मार्ग कर्णालीकाे लाइफ लाइनका रूपमा हेरिएकाे भेरी करिडाेर निर्माण कार्यलाइ चाँडाे पूर्णता दिने उदेश्यका साथ पूर्व पर्यटन राज्यमन्त्री तथा डाेल्पाका प्रतिनिधिसभा सदस्य धनवहादुर बुढा र भेरी करिडाेर कार्यालयका डिभिजन इञ्जिनियर सुजन अधिकारीबिच छलफल भएकाे छ।
सांसद बुढा र डिइ अधिकारी बिचकाे छलफलमा भेरीकरिडाेरका समस्या र समाधानका लागि राज्यका सबै निकायमा पहल गर्ने सहमति पनि भएकाे छ। करिडाेरमा हाल तल्लुबगरमा,रूपगार्ड लगाएत अन्य खाेलामा बेलिबृज चाँडाे भन्दा चाँडाे निर्माणका लागि पहल गर्ने,करिडाेरमा पर्ने जाजरकाे-डाेल्पा सडक खण्डकाे स्तराेन्नती र कालाेपत्रे चाँगाे गर्ने,दुनै ल्यासिक्याप सडक खण्ड निर्माणलाइ तिव्रता दिने र ल्यासिक्याप देखि सिस्योल सडक खण्ड निर्माणकाे जिम्मा सेनालाइ दिने लगाएतका विषयमा छलफल भएकाे थियाे ।
छलफलका क्रममा सांसद बुढाले भेरी करिडाेर पूर्णताका लागि राज्यका निकायमा धाइरहेकाे र सबै किसिमका पहल गर्न तयार रहेकाे बताए । यस्तै डिइ अधिकारीले निकै महत्वपूर्ण करिडाेर भएकाले निर्माणकार्य भैरहेकाे र अझै कामलाइ तीव्रता दिने तल्लुबगरकाे बेलिबृज निर्माण चाँडाे गर्न पहल गर्ने लगाएतका काम भइरहेका बताए। चाँडाे पूर्णताका लागि सबै पक्षकाे सहयाेग आवश्यक पर्ने डिइ अधिकारीकाे भनाइ थियाे।


















